२०७९ माघ १३, शुक्रबार

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता, दाङमा नदिन दाउपेच

चैत्र ०६, २०७५  | १३६१ पटक पढिएको

साक्षी खबर,
वहुप्रतिक्षित आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केहि खेलहरु तथा समापन दाङमा हुन नदिने दाउपेच सुरु भएको छ । यसले दंगाली खेलाडीहरुको उत्साह र आकांक्षामै आघात पुग्ने चिन्ता खेलाडीहरुले व्यक्त गर्न थालेका छन् । यद्यपि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परीषदको समन्वय नहुंदा प्रतियोगिताको मिति अझै निश्चित भएको छैन ।
यस अघि खेलकुद परीषद र मन्त्रालयबिच आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन नेपालगन्ज रंगशालामा फागुन २५ गते हुने र केही खेल सहित प्रतियोगिताको औपचारिक समापन कार्यक्रम दाङको बेलझुण्डी रंगशालामा फागुन २९ गते सम्पन्न हुने मोटामोटि सहमति भएको थियो तर उद्घाटन खेलको स्थानमा कुनै विवाद नआए पनि समापनको स्थलका विषयमा भने माथिल्लो निकायले विभिन्न वाहनामा समापन कार्यक्रम दाङमा हुन नदिने प्रपन्चमा लागेको बुझिएको छ ।

पटक पटक अनुगमनमा आएको राष्ट्रिय खेलकुद परीषदको टोलीले निर्माणाधीन रंगशालाको निर्माणको काम सम्पन्न भए मात्रै दाङमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन सम्भव हुने बताउंदै आएको छ । ‘सबै कुरा अझै अन्तिम निर्णय त भएको छैन, तर यहांको रंगशाला निर्माणको काम पुरा भएमा मात्र यहां खेलकुद प्रतियोगिताको समापन हुने छ’–राष्ट्रिय खेलकुद परीषदका सदस्य सचिव केशव विष्टले भने । सदस्य सचिव विष्ट सहितको टोली शनिबार रंगशालाको स्थलगत अनुगमनका लागि बेलझुण्डी आएको थियो । अनुगमनका क्रममा रंगशालामा प्याराफिट निर्माण, ट्र¥याक निर्माण, दुबो रोप्ने काम लगायत भिआइपि व्लक र नर्मल व्लकको निर्माणको काम समेत संपन्न नभएको बताइएको छ । 

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला भलिबल, फुटबल, एथलेटिक्स, करांते तथा क्रिकेट प्रतियोगिता दाङमा हुने भनिएको थियो तर रंगशालामा दुबो रोप्ने काम समेत सम्पन्न हुन नसकेको अवस्थाले अनुगमन टोलीले आधिकारिक निर्णय गर्न नसकेको बताइएको छ । त्यसैगरी तुलसीपुरमा निर्माणाधीन मल्टिपर्पोज कभर्ड हल निर्माणको काम समेत सम्पन्न हुन सकेको छैन । निर्माणको अन्तिम मिति सकिए पनि निर्माण व्यवसायीले तोकिएको समयमा काम गर्न नसक्दा समस्या भएको बताइएको छ ।

बेलझुण्डी स्थित रंगशालाको स्तरीय निर्माणका लागि नेपाल सरकारले ३४ करोड ३४ लाख रुपैयामा निर्माणको ठेक्का लगाएको थियो । डिजाइन र निर्माणको काम एउटै कम्पनीले गर्दा निर्माणमा केहि ढिलाइ भएको कम्पनीले जनाएको छ ।

समापन खेलका लागि केन्द्रमा पहुंच पु¥याउन नसक्दा दाङमा हुन नदिने दाउपेच सुरु भएको हो । तर जिल्ला खेलकुद विकास समितिले भने बेलझुण्डीको निर्माणको काम नसकिएको अवस्थामा पनि दाङका अन्य क्षेत्रमा समापन संभव रहेको दावी गरेको छ । ‘हामीले धनगढीमा भएको राष्ट्रिय खेलकुद प्रतियोगिता पनि हेरेको हो, नेपालगन्जको पनि हेरेको हो, रंगशालाको निर्माणलाई मात्र वाहना बनाउनु हुंदैन’–दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डांगीले भने, बेलझुण्डी वाहेक अन्यत्र पनि खेलकुद प्रतियोगिता र समापन कार्यक्रम सम्भव छ ।’

समापन खेलका लागि अब २३ दिन मात्रै बांकि रहेको छ । कम्तिमा तीन दर्जन खेलहरु समावेश हुने राष्ट्रिय खेलकुद खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि मुलुकका सातै प्रदेशमा छनौट प्रतियोगिता सम्पन्न भैसकेका छन् । छनौटमा परेका खेलाडीहरु राष्ट्रिय खेलकुद प्रतियोगिताको अन्यौलपूर्ण प्रतिक्षामा रहेका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस