‘एक उदाहरण !’

मंसिर २९, २०७६  |  ४३२ पटक पढिएको  |   साक्षी खबर

”’कोही सन्तानविहिन भएर समाजमा अपहेलित भएर बाँच्नुपर्छ भने म बाध्य भए मेरो पेटमा हुर्किदै गरेको निर्दोष बच्चालाई संसार नदेखाएरै मार्न । म कस्तो परिबन्धमा अल्झिरहेकी छु आफै सँग प्रश्न गर्थे । यदि जन्म दिए भनेपनि उक्त सन्तानलाई मैले सहजै हुर्काउन सक्ने थिइन । र उ बिना बाबुको छोरा हुन्थ्यो । जगतले स्विकारे पनि त्यो राक्षस जस्तो बाबू सँग कति गाह्रो हुने थियो । त्यो सम्झिदा त बेसै गरेछु भन्ने लाग्यो । केही खुसी थिए भने केही दुःखी पनि ।

यहि कारणले भोलि बाँझोपनाको समस्या त आउने होइन म धेरै आत्तिए । जब जब भविष्यको कल्पना गर्थे आङ सिरिङ्ग हुन्थ्यो । म यहाँ सर्वप्रथम तिमीलाई नै सम्बोधन गरिरहेकी छु । बहिनी तिमिले आफ्नो सबै घटना सुनाउँदा पनि मैले त्यति ठूलो अपराधीलाई कुनै सजाय दिलाउन सकेकि छैन । तिमी नै चाहन्नौं । चाहन्नौँ त नभनु बाध्य छौ तिमी उसलाई निर्दोष झै त्यत्तिकै छाडिदिन । तिमी बाध्य छौ उसको अपराध लुकाउन अनि आफ्नो पीडा आफै भित्र गुम्साएर राख्न । यसकारण मैले पनि कुनै आँट गर्न सक्दिन । भन्न त भनिन्छ अपराध गर्ने मान्छे भन्दा ठूलो अपराधी उसको अपराधलाई लुकाउने मान्छे हो । यसकारण हामी अपराधी भित्र पर्छौ या पर्दैनौ । तर हामी त बाध्य छौ उसको अपराध लुकाउन ।

गैर कानुनी काम गरेको छ तर त्यो बारे कानुनलाई थाहा छैन । फलस्वरूप उसलाई कानुनले सजाय दिदैन । न त समाजले कालो मोसो दलेर जुत्ताको माला लगाइदिएर गाउँभरी डुलाएर उसको अपमान गर्छ । किनकी समाजले उसको दोष देखेको छैन । न त तिमी भित्रको कहाली लाग्दो अवस्था देखेको छ ।

बहिनी यो सबै भनेर मैले तिमिलाई निरुत्साहित पार्न खोजेकी भने होइन । तिमी ढुक्क हौ, उसको गल्ती अथवा उसले तिमी माथि गरेको अन्याय भगवानले देख्नु भएको छ । तिमिले कति ठूलो पीडा भोग्नु पर्यो अनि यो सहन तिमिलाई कति गाह्रो भईरहेको छ बहिनी देखिरहनु भएको छ भगवान ले । र आशा छ यसको सजाय एक दिन दिएरै छाड्नु हुनेछ । भगवानले तिमिलाई अवश्य पनि न्याय दिलाउनु हुनेछ ।

तिमिले म माथि ठूलो विश्वास गरेर आफ्नो घटना सुनाएकी थियौ । तिमिले रुदै हल्ला भयो भने त म बर्बाद हुन्छु भनेकी थियौ । तर मलाई जरुरी लाग्यो यो घटनालाई बाहिर ल्याउन । अनि अरु नारीहरु सचेत हुनेछन्, साथै आउँदा दिनमा कुनै महिलाले यस्तो समस्या भोग्नु नपरोस् भन्ने उद्देश्यले । मलाई आशा छ मलाई मात्र होइन क्यारे तिमिलाई पनि आशा छ । यो कथाले समाजलाई केही हद सम्म परिवर्तन गर्न सक्नेछ । अन्त्य हुनेछ पुरुषवादी समाजको र समान रूपले हेरिने छ महिला र पुरुषलाई । आशा त सबैमा जाग्नु जरुरी छ, आशा जाग्नु मात्र होइन पूरा हुनु पनि जरुरी छ । एउटा बालकलाई जन्मेदेखि नै महिलाहरुको सम्मान गर्न सिकाओस परिवारले । यस्तै आशा उद्देश्य र समाज परिवर्तन गर्न सक्नेछ भन्ने विश्वासले नै यो घटनालाई बाहिर ल्याउन जरुरी लाग्यो ।

बहिनी मैले तिम्रो स्वीकृतिमा नै यो सत्य घटनालाई बाहिर ल्याउने प्रयास गर्दैछु । तिम्रो व्यथालाई सबैसामु पुर्याउने जमर्को गर्दैछु । तिमिलाई आश्वस्त पारेकी थिए । यो तिमी नै होउ भन्ने कसैलाई थाहा हुने छैन म तिम्रो बदनाम गर्ने छैन भनेर । तिमिले कुनै बदनाम हुने काम त गरेकी होइनौ तर यो समाज यस्तै छ । तिम्रो कुनै दोस नहुँदा पनि दोषि देख्छ । त्यसैले तिम्रो लगायत सबैको नाम परिवर्तन गरेकी छु । र ठाउँ पनि परिवर्तन गरेकी छु ।

एउटा संयोगले तिमिसँग भेट भयो । राम्रो संयोग हो त्यो । हामी धेरै आत्मीय भयौं । तिमी भन्थ्यौ झमेरा दिदी बहिनी छैनन हजुरले त्यो कमिलाई पूरा गरिदिनु भयो । त्यस्तै मेरो पनि बहिनी छैनन तिमिले पनि मेरो बहिनिको कमिलाई पूरा गरिदियौ । तिमी एउटा मिल्ने साथी झैँ थियौ हामी एक अर्का सँग सबै कुरा सेयर गथ्र्याैं ।

तर आजभोलि किन हो कुन्नी तिमी भूमिगत भएझैं भयौं । तिम्रो फोन लाग्दैन । तिमी सम्पर्क विहिन भएको दुई महिना भन्दा बढी भैसक्यो । फेसबुकमा तिम्रो अकाउन्ट नभेटेकै त ६ महिना भन्दा बढी भइसक्यो । तिमी फेसबुक त चलाउदिनौ रे । मैले तिमिलाई चिन्ने सबै सँग सोधे तिमी कसैसँग कन्ट्याक्ट्मा छैनौ भन्ने थाहा पाए । तिम्रो दाइ, भाउजू, परिवार, तिम्रो प्रेमी म कसैलाई पनि चिन्दिन । खोज्ने प्रयास गर्दा पनि मैले पत्ता लगाउन सकिन । डर अनि सङ्का पनि उत्पन्न हुन्छ मनमा । तिमी कुनै समस्यामा त छैनौ भन्ने कुराले । भगवान सँग धेरै चोटि प्रार्थना पनि गरेकी छु तिमिलाई केही नहोस् भनेर ।

जीवनमा धेरै आउँछन जान्छन् । तर तिमी त बेग्लै छौ । जसरी तिमी तिम्रो प्रेमी सँग भेट हुनेछ भन्ने आशै आशामा थियौं त्यसरी नै म पनि आशा गरिरहेकी छु तिमिसङ्ग भेट हुनेछ भनेर । तिमिलाई बहिनी भने पनि तिमी एक असल साथी पनि हौ । जसलाई म कहिल्यै भुल्न सक्दिन होला । अन्तिमपल्ट तिमिलाई मैले नै फोन गरेकी थिए । तिमी दाङ मा थियौ त्यो बेला । तिम्रो घटना बारे म लेख्छु है भन्ने बारे कुरा भएको थियो । तिमिले हुन्छ भनेकी थियौ । त्यो दिन हाम्रो फोनमा साढे एक घण्टा सम्म कुरा भयो ।

तिमिले त्यति ठूलो विश्वास गरेर मलाई आफ्नो सबै कुरा सेयर गरेकी थियौ । मैले कहिल्यै कल्पना गरेकी थिइन तिमी यसरी हराउछौ भनेर । सायद कुनै बाध्यता हो या त कुनै मानसिक पीडाको शिकार भएकी छौ कि ! तिमी एकदिन त यो कथा अवश्य पढ्ने छौ । यो कथाकी प्रमुख पात्र तिमी त्यसैले तिमी सँग पुग्न एकदमै जरुरी पनि छ । म यसै मार्फत तिमिलाई धेरै सम्झिरहेको पनि जानकारी गराउँछु । मलाई आशा छ यो पढ्ने बित्तिकै तिमी अवश्य म सँग सम्पर्कमा आउने छौ ।

बहिनी म तिम्रो पढाइ प्रेम आदिको सफलताको कामना गर्छु । प्रेम त सफल भएकै मान्न सकिन्छ । र पढाइमा पनि सफलता हासिल गर्दै नै अगाडि बढिरहेकी छौ । म अझ बढी सफलता र तिमी सधै खुसी हुनु सुखी हुनु भन्ने कामना गर्छु । अनि एक नराम्रो सपना सम्झेर त्यो घटनालाई बिर्सिदिनु । तिम्रो त्यो विगतले आउँदो समयमा कुनै नकारात्मक प्रभाब नपारोस म कामना गर्छु ।”’

 

समाजमा जगत जस्तो प्राणी फेरि नजन्मियोस् । असङ्ख्य यस्ता दिव्याहरु होलान यदि समाजले थाहा पाएको छ भने अपमान नगरोस् उनिहरुको । अनि ती असङ्ख्य दिव्याहरुले विगतलाई सम्झेर आफ्नो जिन्दगी नबिगारुन् । सबै बिर्सेर नयाँ जीवनको सुरुवात गर्न सकुन् । र रमाउन सकुन् आफ्नो वर्तमानमा ।

एक उदाहरण हो दिव्यामा घटेको यो घटना । जो अति नै भयानक छ । अरु पनि धेरै यस्ता दिव्याहरु छन् हाम्रो समाजमा । कति भित्र भित्रै पिल्सिएका छन् भने कतिका घटनाहरु सार्वजनिक भएका छन् । कतिले बाँच्ने साहस गरे भने कतिले आत्महत्या गरेका धेरै उदाहरणहरु छन् यहाँ । बलात्कार गरिसकेर हत्या गरेका उदाहरणहरु पनि छन् ।

‘ढोकामा डङ् डङ् बजेको आवाजले म बिउझे । सुतेरै भित्ताको घडी हेरे ६ बजेको रहेछ । उठेर ढोका खोल्नै लाग्दा फेरी डङ् डङ् आवाज आयो । म सजिलै थाहा पाउन सक्थे त्यो पिलिस नै थियो । उ बिहान बिउझेपछि म अफिस जाँदासम्म मेरै साथमा हुन्छ । अनि म अफिसबाट फर्केपछि साझ नसुत्दा सम्म म संगै हुन्छ । रमा दिदिको एउटा मात्रै छोरा पिलिस । मलाइ भेटायो भने उसलाई आफ्नि आमाको पनि मतलब नै हुँदैन ।

मैले ढोका खोले । हि हि गर्दै कम्मर मर्काउदै उ आफ्नो कोठामा गयो । हामी एउटै घरमा बस्छौ मेरो भन्दा पल्लो कोठामा बस्छिन् रमा दिदि ।

म बाथरुम गए ।

मलाइ बिहान उठ्ने बित्तिकै सुरुमै मोबाइल हेर्नुपर्छ मैले सधैझैं मोबाइल हेरे जसमा एउटा मिसकल देख्छु । मोबाइल साइलेन्टमा भएका कारण थाहा पाइनछु क्यारे । मिसकल दिव्याको थियो मैले केही सोच्दै नसोचि छिट्टै कलब्याक गरे ।

‘हजुर आशा दिदि हो ?’ दिव्या नै थिइ । उसको मलिन आवाज सुनियो ।

‘हजुर म आशा नै हो, सन्चै छौ बहिनि ?’ केही बेर मौनता छायो

त्यसपछी उ घुक्क घुक्क रुन पो थालि ।

‘बहिनि के भयो तिमीलाई ? ठिक त छौ नि ?’

‘दिदि हजुर रुम मै हुनुहुन्छ ? यदि रुममैै हुनुहुन्छ भने म आउँछु । दिदि हजुरलाई भेट्न मन लागेको छ ।’ उसले रुदै भनि ।

‘हो म रुममै छु । आउ न’

के भयो होला दिव्यालाई ? उ किन रोइ मेरो मनमा कुरा खेल्न थाल्यो । आजभोली उ फेसबुकमा पनि देखिएकी थिइन । उ सँग भेट नभएको पनी धेरै भैसकेको थियो ।

उसको बारेमा सोच्दा सोच्दै कित्लिको चिया उम्लेको मैले पत्तै पाइन छु । चिया उम्लेर ग्यास र टेबुल भरि भएछ । सफा गर्दै थिए ढोकामा दिव्याको आवाज आयो । मैले ढोका खोले ।

ओहो कस्ति भएकी दिव्या त ! खोइ उसको हसिलो अनुहार, पुक्क गाला, उस्का चञ्चल आँखा किन यस्ता भएका ? राता राता भएका थिए उसका आँखा । रातभरी रोएकी जस्तै देखिएको थियो । शरीर पनि सुकेको पात झै भएछ, फुङ्ङ उढेको । कपालहरू पनि नकोरिएका जिङ्रिङ के भयो उस्लाई ?

ऊ अलिकति मुस्कुराउन त खोजि तर टिठ लाग्दो अनुहारमा हाँसो सुहाएन अझै रुदै छे जस्तो पो देखिरहेको थियो । कति धेरै चेन्ज आएको हो मैले चार महिना अघि नयाँ बानेशवरमा भेटेकी दिव्या र अहिले मेरो ढोकामा उभिएकी दिव्यामा । घिउ रङ्गमा निलो, हरियो, गुलाबि रङ्को सानो सानो बुट्टा भएको कुर्ता, सुन्तला रङ्को सुरुवाल र घाटिमा कालो सल थियो । जे लगाए पनि शरीरमा चट्ट सुहाउँछ उसलाई । पातलो मिलेको शरीर छ उसको ।

मैले उसको हात समातेर भित्र ल्याए । बेडमा बसाले अनि म पनि उसकै छेउ बसे । उसका रसिला आँखामा आसु छचलकिए, उ रुन पो थाली । मैले उसको आँसु पुछिदिदै कपाल सुम्सुमाए ।

‘बहिनि तिमीलाई के भयो मलाई सबै भन त’

‘दिदि कसरी भनौ ?’ ऊ हिक्क–हिक्क गर्दै थिइ ‘दिदि म माथी एकदमै नराम्रो घटना घट्यो’

‘गारो नमान बहिनी मलाई आफ्नै दिदि सम्झेर ढुक्क भएर सब्बै कुरा शेयर गर । आफुलाई हल्का हुन्छ ।’

‘दिदि यो कुरा कसैलाई पनि नभन्नु होला, हल्ला भयो भने त म बर्बाद हुन्छु’

‘ओके म कसैलाई भन्दिन बहिनी !’

त्यसपछी दिव्याले मलाई आफ्नो अतित तिर लिएर गई ।

– सरोज र म एउटै स्कुलमा पढ्थ्यौ । म आठमा पढ्दा उ दशमा पढ्थ्यो । उ क्लासमा प्राय प्रथम हुन्थ्यो । त्यसैले उसलाई स्कुलमा सबैले चिन्थे । मेरो पनि पढाइ राम्रो थियो । हाम्रो भन्दा पल्लो गाउँमा छ उसको घर । उसको बुवा आइरहनुहुन्छ हाम्रो घरमा । उ भने एकदुई चोटि मात्रै आएको थियो । स्कुलमा भने देखिरहन्थे । हामी अलि अलि बोलेका पनि थियौ ।

सरोज राम्रो थियो । स्कुल गएपछि मेरा आँखाले सरोजलाई नै खोज्न थालेका थिए । उसलाई देखेपछि मात्र पनि मलाइ आनन्द मिल्न थालेको थियो । घरमा पनि धेरै सम्झिन्थे म उसलाई । उ सुशील थियो । अल्लि पातलो, गोरो, चम्किला आँखा भएको सरोज अरु भन्दा हेन्सम लाग्थ्यो । भलाद्मी जस्तै देखिने ठिक्क बोल्ने सबैको प्यारो थियो उ ।

मुकुन्द दाइको फुपुको छोरा हो सरोज यो नाताबाट पनि उ दाइ हो भने उसको बुवालाई हामी ठुलाबुवा भन्थेउ । उ दुवै नाताबाट दाइ पथ्र्याे । तर कहिलेकाँही म फरक कल्पना गर्न पुग्थे । म उसको दुलही भाको रे । छ्या म के सोच्न पुगेछु भन्ने हुन्थ्यो ।

मङ्सिरको पहिलो हप्ता उ जाजरकोट छोडेर सुर्खेत जाँदै थियो । एसएलसीको तयारीको लागि । दियारको रुख नेरै हाम्रा आँखा जुधेका थिए । हामी स्कुलबाट घर फर्किदै थियौ भने मुकुन्द दाइ र सरोज सुर्खेत जानको लागि हिड्दै थिए ।

– दाइ कहाँ जानलाग्नु भयो ? हामिसङ्गै हिडिरहेकि साथीले सोधी ।
– सुर्खेत जानलाग्यौ राम्रो सङ्ग पढ्नु है ।
यति भनेर उनिहरु हिँडेका थिए ।
यता मेरो मुटु पिरो भएर आयो । आसुँलाई जबरजस्ति थामे ।

घर आए । ड्रेस चेन्ज गर्दा मेरा आँखाबाट अनयासै आसुँको भेल बग्न थाल्यो । के भाको होला मलाई । बल्ल महसुस भयो म सरोजलाई माया गर्ने रैछु भन्ने कुराको । मानौ म कुनै प्रदेसिको पत्नी हु । अनि आज मेरो लोग्ने प्रदेस गएको हो झै म रोइरहेकि थिए ।

केहि समय पछि मैले सुन्न थाले, सरोज जाजरकोट आएको छ रे, ऊ सँग भेट हुन्छ कि भन्ने म भित्र झिनो आशा पलाउथ्यो तर त्यो आशा आशामै सिमित हुन्थ्यो । मैले उसलाई देख्न नपाइकनै सरोज गैसकेको हल्ला सुनिन्थ्यो । उस्ले एसएलसी पहिलो श्रेणीमा उतिर्ण गर्यो । त्यसपछी उ काठ्मान्डौ गएको थियो ।

म दस कक्षामा पुगे । दसैतिहार आयो कमाउन गएकाहरु, पढ्न गएकाहरु गाउँ आउदै थिए । यसै क्रममा सरोज पनि जाजरकोट पुगेको छ भन्ने त सुन्थे तर मैले मेरो सरोजको दर्शन पाउनको लागि दुईघण्टाको बाटो हिड्नु पथ्र्याे । अनि कुन कामको निहु पारेर पो जानु । कहिल्यै नगएकाहरुलाई बाटो चिन्न पनि गारो छ रे । म कहिल्यै गएकि पनि थिइन । उसको गाउँमा ।

मेरो आँखामा आइरहन्थ्यो, काँधमा झोला भिरेर निधारमा टीका लगाएको दुई वर्ष अघि मलाई छोडेर जाँदाको सरोजको हसिलो अनुहार ।
मेरो एसएलसीको सेन्टर जाजरकोट खलंगामा पर्यो । म जरिमा दिदिको घरमा बसे । दिदिको घरबाट एसएलसिको सेन्टर परेको स्कुल नजिकै पथ्र्यो । बुवाले खलंगा जाँदा एउटा सानो साधा मोबाईल दिनुभयो । जसबाट फोन गर्न र एफएम सुन्न मात्रै मिल्थ्यो । सोचेकी थिए जरिमा दिदिसङ्ग सरोजको नम्बर माग्छु र कुरा गर्नेछु उ सङ्ग । तर म मा फोन नम्बर माग्न सक्ने हिम्मत पो कहाँ थियो र ।

परीक्षा दिएर घर आए पछि बुवाले गरेको निर्णयले म मा खुसिको सीमा नै रहेन । केही समय पछि म काठमाडौ जाने रे । दाइहरु सङ्गै बस्ने रे अब म उतै पढ्ने भए ।

केही समय म जाजरकोट बसे, त्यसपछि म काठमाडौ आए । म भिर जङ्गल पाखा पखेरा भएको मेरो गाउँ छोडेर झिलिमिली सहर काठमाडौमा आइपुगे । सजाउदै मनमा अनगिन्ती सपनाहरू । विशेष गरि त मेरो ठूलो रहर थियो सरोज । डर पनि लाग्थ्यो कतै नचिनेको झै त गर्दैन, मलाई बेवास्था पो गर्ने हो कि यस्तै यस्तै कुरामा ।

सरोज किर्तिपुर बस्छ । मैले जरिमा दिदिकोमा बस्दा सुनेकी थिए । कहाँ छ होला किर्तिपुर । यति ठूलो शहरमा कहाँ खोज्नु उसलाई । काठमाडौं आएपछी त भेट हुन्छ कि उ सङ्ग सोचेकी थिए तर दुई महिनासम्म पनि उसको खबर पाएकी थिइन ।

जेष्ठ महिनाको अन्त्य तिर साँझ पाँच बजे एसएलसीको रिजल्ट आयो । म सेकेन्ड डिभिजन मा पास भए । ५७.५% आयो । सबैले फस्ट डिभिजन को अपेक्षा राखेको ले मेरो रिजल्टको कुरामा कोहि खुसी हुन सकेनन् । तिमिले परीक्षा कसरी बिगार्यौ दाईहरु सोधिरहनु हुन्थ्यो ।

भोलिपल्ट साँझ कुनै नयाँ नम्बर बाट फोन आयो । मैले रिसिभ गरे ।
– रिजल्ट के भयो तिम्रो दिलमाया ? को हो मैले चिन्नै सकिन । आवाज त कतै सुनेको जस्तै लागिरहेको थियो ।
मलाई गाउँ तिर प्राय सबैले दिलमाया नै भन्छन् । मेरो पुरानो नाम दिलमाया हो । आठ कक्षामा चेन्ज गरेर दिव्या बनाएकी थिए । यसले गर्दा नागरिकतामा पनि मेरो नाम दिव्या नै छ ।
हजुर ! मैले भने ।
– म सरोज, चिनिनौ ? उताबाट आवाज आयो ।
ओहो ! मलाई एउटा गोडामा उभिएर नाच्न मन लाग्यो । अब के बोल्नु मेरो मुटु बेस्सरी चल्न थाल्यो, कानका लोती ताता भए । बोल्न त धेरै मन थियो । तर के भनेर कसरि कुरा गर्नु ।

– तिम्रो रिजल्ट के भयो ?
मैले केही छिन पछि मात्र भने ‘ठिकै भयो ।’
सरि हेर न मेरो काम पर्यो म एकछिन पछि फोन गर्छु ल… । उसले फोन राख्यो ।
सायद यति धेरै आनन्द त जीवनमा कहिल्यै मिलेन । तर मैले बोल्न डराएकोले उस्लाई मन परेन कि ? अब उ मलाइ फोन नगर्ने हो कि ? म डराए । म फोनमा कसै सँग धेरै नबोलेकोले खुल्न नसक्नु स्वभाविक थियो । त्यसमाथि लाज र डर उत्तिकै लागिरहेको थियो ।

हामी खाना मेरो कोठामै बनाउछौ । पर्दा लगाएको छौं बीचमा । वारिपट्टी भान्सा छ भने तेस्को पछाडी म सुत्थे । ठूलो छ मेरो रूम । दाइहरु अर्कोमा बस्नु हुन्थ्यो । खाना खाएपछी भाउजुले भाडा धुनुभयो । काम सिध्याएर उहाँहरु आफ्नो रूममा जानू भयो । मोबाइलमा रिङ्टोन बजिरहेको रहेछ । अघि सरोजले गरेको नम्बरबाट फोन आइरहेको थियो । मैले रिसिभ गरे । हामी बिच पन्द्र मिनेट कुरा भयो ।

उ बाह्रको इक्जाम दिएर जाजरकोट गएको रहेछ, उ आज खलङ्गा छ रे जरिमा दिदिको घरमा । तेहा गएपछी नै मेरो नम्बर पाएको रे । उ भोलि जरिमा दिदिको बाट काठमाडौ आउने रे ।

‘म भोलि काठमाडौ आउछु । दुईवर्ष किर्तिपुर बसे अब भक्तपुर बस्ने बारे सोचिराछु ।’ उसले भन्यो ।

मलाई बानेश्वरबाट भक्तपुर नजिक पर्छ कि कृतिपुरअझै राम्रो सङ्ग थाहा थिएन । म बानेश्वरमा बसिरहेकी थिए ।

म क्याम्पसमा भर्ना भए । मेरो र सरोजको फोनमा घण्टौ कुरा हुन थाल्यो । म बानी नै परे उ सङ्ग । एकछिन पनि कुरा नगरेपछि छटपटी हुन्थ्यो ।

‘अरुसङ्ग बिहे गर्नु भयो भने त बिर्सिनु हुन्छ होला है मलाई ? कहिलेकाही फोनमा कुरा हुँदा हुँदै म भन्थे ।’
‘एकछिन कुरा नगरि त बस्न सक्दिन कसरि बिर्सुला र । उ सिरियस भैहाल्थ्यो ।’

दिनमा दुई तीन चोटि फोनमा कुरा हुन्थ्यो । मेसेज प्याक तानेका हुन्थ्यौ । जति बेला फुर्सद हुन्छ मेसेज गरिहाल्थ्यौ ।

एकदिन मेसेजमा कुरा गर्दा गर्दै साढे एघार बजेछ ।

सरोजले भन्यो “निन्द्रा लाग्यो माया सुत्छू है?” उस्ले पहिलो चोटि माया भनेको थियो म एकदमै खुसी भए अनि लाजले हुरुक्क भए । अरु के मेसेज गर्नु र उस्लाइ अनि के पो भन्नू र । मैले सिरानी काखमा च्यापेर ओछ्यानमा पल्टे । एकछिन पछि अर्को मेसेज आयो । मोबाइलमा हेरे उस्ले भनेको थियो “म त सुत्छु है” भन्न लागेको थिए झुक्किएर माया सुत्छु भएछ, प्लिज नरिसाउ ल ।

‘हाम्रो किबोर्ड मोबाइलको यापमा झथ्ञ र झत्ञ सङ्गै हुन्छ तेसैले उ झुक्किएको हो या त उस्ले जानी जानी गरेको थियो ।

उस्ले कहिलै माया गर्छु भनेको थिएन । तर मनमा कता कता उस्ले माया गर्छ जस्तै आभास भैरहेको थियो । मैले पनि भन्न त कहाँ सक्छु र सरोज म हजुरलाई माया गर्छु भनेर । भन्न गारो कुरा त होइन हामी बिच त्यति धेरै कुरा हुन्थ्यो । तर लाग्थ्यो मैले त्यो किसिमको माया गरेकी छु या छैन ? म उस्लाई खुसी राख्न सक्छु या सक्दिन ? कतै मलाई उत्ताउली सोच्छ कि त्यसो भने पछि ? हामी बिचको यहि सम्बन्ध पनि तोडिने हो कि? मलाई यावत कुराले रोख्थ्यो । उ सङ्ग मनको कुरा सेयर गर्न ।

उस्ले कुनै बेला पनि मलाई बहिनी भनेको याद छैन । जाजरकोट हुँदा सधै दिलमाया नै भन्थ्यो भने काठमाडौ आएपछि दिव्या नै भनेको छ । म भने जाजरकोट हुँदा दाइ भन्थे भने काठमाडौ आएपछि कुरा हुन थालेपछी दाइ भन्न छोडिसकेकी थिए । बिर्सिसकेकी थिए हामी बिच कुनै नाता छ भन्ने कुरा ।

प्रेम गर्छु भनेर त गरिन्न । किनकी यो त मनको उपज हो । प्रेम हृदयको मौन आवाज हो । जब प्रेम गर्नेहरु प्रेममा लिप्त हुन्छन् तब बोली नै बन्द हुन थाल्छ । त्यहा मात्र अव्यक्त प्रेम हुन्छ । सायद त्यस्तै अव्यक्त प्रेम थियो सरोज र म बिच ।

म भित्रमिठा रहरहरु पलाउन थालेका थिए अनि रहर लाग्दा सपनाहरू देख्न थालेकि थिए मैले । म धेरै खुसी थिए उस्को साथ पाउँदा । निकै आनन्दको अनुभूति गर्न थालेकी थिए । हामी प्रेममा झाङ्गिदै गयौ । हामी बिच फोन र च्याट उत्तिकै हुन्थ्यो भने महिनामा दुईतिन चोटि भेट्न थालेका थियौ । हामी एकअर्का बिना बाच्नै नसक्ने सम्म भैसकेको थियौ । संसार बिर्सिन्थ्यौ एकअर्कालाई पाउँदा ।

एकदिन हामी रानी पोखरी गयौ । त्यो बेला म बाह्रमा पढ्थे । म रानिपोखरी तिर हेर्दै टोलाइरहेकी थिए । उस्ले भन्यो ‘लुरि आज भेटौ भनेर यति धेरै कर किन गरेको हु थाहा छ ?’
नाई !
आजको दिन भनेको काठमाडौ आएपछि भेटेको पहिलो दिन हो तिमी निक्कै राम्री भएर मेरो सामु आएकी थिएउ । यो दिन मलाई एकदमै स्पेसल दिन लाग्छ ।
म त्यो दिन मात्रै राम्री थिए ? मैले सोधे ।
होइन तिमी सधै राम्री छौ । काठ्मान्डौ आएपछिको दिब्या र जाजरकोट हुँदाकी दिब्यामा धेरै फरक थियो नि त । तिमी अझ बढी राम्री देखिएकी थियौ ।

– हजुर पनि त राम्रो देखिनुभएको थियो ।
– उ मुसुक्क हाँसेर एकछिन पछि बोल्यो ।
– झन दुलही भएको दिन त कति राम्री देखिन्छौ होला है ?
– कस्की दुलही ?
– खोइ !
उस्को खोइ जबाफले हो या किन हो मुटु पिरो भयो आँखाबाट आँसु बग्न थाल्यो । म सरोज सँग लुकाउन खोज्दै थिए देखिहाल्यो ।
– लुरि अरे के भयो ? म झन रुन थाले । आफुलाई कन्ट्रोल गर्न सकेकी नै थिइन । झन झन आँसु बग्न थाल्यो । उस्ले छातीमा टाँसेर कपाल सुम्सुमाउदै भन्यो, ‘नरोउ न जोक पो गरेको हु त, भन त के तिमी अर्कैकी दुलही भएको हेर्न सकुला र ? म त बाँच्न पनि सक्दिन कान्छु तिमी बिना ।’

उस्ले मेरो आँसु पुछिदिएर निधारमा चुमेपछी मलाई बल्ल ख्याल भयो हामी खुल्ला ठाउँमा छौ भन्ने कुरा । म उ बाट हटेर हिडे ।
एकान्तमा हुँदा त हामिबिच यस्तो केही हुन सकेको थिएन भने आज यस्तो ठाउँमा म उस्को अङ्गालोमा पुगे । हिडिरहेका थियौ सरोजले भन्यो, ‘तिमी रोएको हेर्नै सकिन मैले । हामी कस्तो ठाउँमा छौं भन्ने कुरा पनि बिर्से । सरि लुरि ।’

च्याटमा कुरा गर्दा गर्दै हामी धेरै भावुक हुन्थ्यौ । कहिले त रुनै पनि पुग्थे म ।

दशैं बिदा भयो । दाइ भाउजू घर नजाने रे । अनि म पनि कोहि जाने मान्छे भेटिएपछि मात्र जाने रे ।

मैले जुनुलाई सोधे, ‘तिमी जान्छौ कि नाइ घर ?’
जान्छु हामी आजै हिड्छम । तिमी कहिले जाने ?
कोहि जाने मान्छे भेटेपछी जाने भन्नुभएको छ ।
हामिसङ्ग हिड न ?
सरोजले सङ्गै जाम भनेको छ बरु हेल्प गर्देउन ?
कसरी हेल्प गरम भन त ?
तिमी सङ्ग जान्छु भनेर ढाट्छु तिमी नि हो भनिदेउ न ।
ल ल हुन्छ !

जुनुलाई हाम्रो घरको कसैले चिन्नु हुन्न थियो । कान्छो दाइ मात्र अलि अलि चिन्नु हुन्थ्यो । उहाँको भेट पनि भएको थिएन । यस्ले गर्दा मलाई सजिलो भयो ।

दाइको नजिक गएर भने, ‘दाइ जुनु आज जादैछिन रे म पनि जान्छु नि उ सङ्ग ?’
दाइ ले हुन्छ भन्नुभयो ।
मैले सरोजलाइ फोन गरेर आजै जाम भनेर भने ।

दाइ मलाई बसपार्क सम्मै पुर्याउन जाने रे । कस्तो अफ्ट्यारो पर्ने भयो मैले जुनुलाई फोन गरेर सब्बै परिपाटी मिलाए ।

हामी बसपार्क पुग्यौ । दाइ आफै गएर दुई ओटा टिकट काटेर पो ल्याउनु भयो । केटि मान्छे हुन दुवै राम्रो सिट मिलाइदिनुस भन्दै । टिकट दुई घण्टा पछिको मिल्यो । दशैको बेला भएर टिकट पाउनै गारो थियो । दाई भएर मात्र मिलाउन सक्नु भएको थियो । मैले देखे जुनु त अर्को गाडिमा जाजरकोट जाँदै थिई । दाइले देख्नु भएन यदि देखेको भए पनि उहाँ चिन्नु हुने पनि थिएन । हामीले सोचेको जस्तो भएको थिएन । अब के गर्ने म आत्तिएकी थिए । ‘दाइ हजुर पनि दुई घण्टा बस्नु भन्दा बरु घर जानू’
नाइँ तिमिहरुलाई गाडिमा चडाएर जान्छु ।
जुनको फोन आयो । दाइ सङ्गै भएकोले उठाउनै सकिन उस्ले मेसेज गरि, बादर्नी रिसिभ गर न म सङ्ग आइडिया छ ।

मैले फोन साइलेन्ट बाट हटाए । उस्को फोन आयो ।
जुनुले गरेकी हुन फोन ? दाइले सोध्नु भयो । मैले टाउको हल्लाए ।
रिसिभ गर न तेसो भए ।
मैले रिसिभ गरेर सोधे । जुनु कहाँ छौ ?

म नुवाकोट छु । अब आउदैछु । उ त जाजरकोट तिर हिडिरहेकी थिई ऐले कुन नाटकको लागि झुट बोल्दै थिई ।
उफ किन ? मैले भने टिकट दुई घण्टा पछिको छ कसरी पुग्छौ दुई घण्टामा ?
प्राइभेट गाडीमा छु । तर कोठामा गएर बसपार्क आउदा भ्याउनै गारो हुन्छ । तिमि बसपार्कबाट आउ म कलङ्किबाट चढ्छु । गाडी नम्बर कति हो भन त ?

मैले गाडी नम्बर भनेर फोन राखे ।

दाइलाई जुनु कलङ्कीबाट चढ्ने रे भनेर सबै कुरा भने ।
जुनुको मेसेज आयो । दाइ ले बनाको आइडिया हो सरोज दाइ कलङ्कीबाट चढ्नु हुन्छ ?

आइडिया मास्टर थियो सरोज ।
म र सरोज एउटै सिटमा गयौं । मनमा धेरै कुरा खेलेर रातिभरी नसुतेकाले । धादिङ पुग्दा सम्मै म उस्को काखमा निदाएछु । डर लाग्दो सपना देखेछु तेसैले आत्तिदै बिउझे । म तर्सिएको अनि अनुहारमा चिट चिट पसिना आएको देखेर सरोजले भन्यो, ‘हामी सङ्गै आएर कुनै नराम्रो काम गरेका छैनौ । प्लिज टेनसन नलेउ न ।’

मैले उ गाडिमा चढे पछि पल्ट पल्ट भनेकी थिए, ‘सरोज कसैलाई थाहा हुने हो कि हामी सङ्गै आएको कुरा’ तेसैले होला उ यसो भनिरहेको थियो । म यस्तै कुरामा डराउदै निदाएकी थिए । त्यसैले पनि हुनसक्छ यस्तो सपना देखेको ।
सायद सरोज पनि डराएको थियो तर मलाइ झन गारो हुन्छ सोचेर नडराएझै गरिरहेको थियो ।

रातभरी एउटै सिटमा हुँदा पनि सरोजले मलाई केही पनि गरेन यसै बाट पनि प्रष्ट हुन्छ सरोज मलाई माया गर्छ भन्ने कुरा, म विस्वस्त भए ।

जाजरकोट गएपछि सरोज र म एक दिन मात्रै भेटेको थियौं । म तिहार पछि फर्के । काठमाडौ अङ्कल सङ्गै फर्केकी थिए । सरोज र म सङ्गै जाजरकोट गएको धन्न कसैले थाहा पाएन । म ढुक्क भए । उस्ले भन्यो, ‘देख्यौ आखिर कसैले थाहा पायो त ? लुरि तेस्सै डराएर’
काठमाडौ आएपछि दिनहरु उसै गरि चल्न थाले । भेटिरहन्थ्यौ फोनमा मेसेजमा घण्टौ कुरा गर्थेउँ । हाम्रो सम्बन्ध अझ गाडा हुँदै थियो । कुरा हुन थालेको दुई बर्ष पुग्न थोरै थियो यो समयमा हाम्रो सम्बन्धमा कुनै बाधा आएन । उस्को कारण म कहिल्यै दुखी हुनु परेन । न उ म सङ्ग कहिले रिसाएको थियो । न त म नै उ सङ्ग ।

मेरो बाह्रको परिक्षा नजिकिदै आएपछि बोल्न अलि कम गरेउ । भेटेनौ पनि । दाइहरु राम्रो सङ्ग पढ भनेर सम्झाइरहनु हुन्थ्यो ।

परीक्षा सकिएकै दिन दाईले फोन गर्नुभयो । उहाँ त्यतिबेला जाजरकोट नै हुनुहुन्थ्यो । रिसाउदै भन्नू भयो, ‘तिमी दसैंमा घर आउदाको सङ्ग आएकी थियौ ?’

लौ दाइले थाहा पाउनु भएछ कि क्या हो । म एकाएक खाडलमा भासिएझै भए । केही नबोलेर बसेकोले दाइ झन रिसाउनु भयो । किन नबोलेकी भनन को सङ्ग आएकी थियौ ।
सरि दाइ । मैले डराउदै भने ।

बहिनी हामिलाई सबै थाहा भैसक्यो । अनि यो सबै कुरा बुवाले नै भन्नू भएको हो । बुवाले धेरै नराम्रो ठानिरहनु भएको छ । हामिले तिम्रो परीक्षा आइरहेको छ यस्तो कुरा गरेपछी झन तनाव हुन्छ परीक्षा बिग्रन्छ सोचेर भनेका थिएनौ ।

मुटु पिरो भयो । रुन पनि सकिन ।
दिव्या तिमिले राम्रो गरिनौ । दाइले नम्र हुँदै भन्नू भयो, ‘जे सोचेर हामीले तिमिलाई काठमाडौ बोलाएका थियौ । तिमी अर्कै भैदियौ । तिमिलाई थाहा छ त उनिहरु हाम्रो नातेदार हुन । बहिनी हामी तिम्रो हात सरोजलाई दिन सक्दैनौ’, म रुन थाले ।
सरोज राम्रो त छ तर के गरौ सरोजकी आमा मुकुन्दको बुवालाई भाईटिका लगाउछिन । फुपुको छोरा हो सरोज । भाइ हो उ हाम्रो ।

दाईले म रोइरहेको थाहा पाउनु भएछ सायद, दिव्या आफुलाई सम्हाल अब आइन्दा सरोजलाई दाइ भन । अनि सुन अरु सब्बैले तिमिहरुमाथी जुन सङ्का गरेका छन् त्यो झुट हो भन्ने प्रमाणित गर्न यो तिहारमा तिमीहरु भाइटिका लगाउने छौ ।

मैले रुदै फोन काटिदिए । कसरी भनौ सरोजलाई दाइ । आफुले आफुलाई सम्हाल्नै गाह्रो भयो । यो सपना भैदिए पनि हुने नि भन्ने भयो । तर त्यो सपना थिएन बिपना नै थियो । मलाई निक्कै नै छट्पटी भयो । दाईको फोन आइरहेको थियो मैले रिसिभ गर्नै सकिन ।

साँझ तिर सरोजको फोन आयो । रिसिभ गर्ने बित्तिकै म रुन थाले । दिब्या नरोउ न म बुझ्छु तिमिलाई । तर हामिले फ्याम्लिले भनेको मान्नै पर्छ । हामिले गल्ती गरेकै हौ । स्विकार्नु पर्छ हामिले हाम्रो गल्तिलाई । म रुनुको कारण मैले भन्दै नभनेनी थाहा पायो उस्ले ।

मैले रिसाएर रुदै भने, ‘हाम्रो गल्ती छैन ! हामी बिचको यो नाता कसरी सम्भव नहुन सक्छ ?’ मुकुन्द दाइ हाम्रो अङ्कलको छोरा हुन । हजुरको आमा र उहाँको बुवा साक्खै दाजु बहिनी पनि त होइन ।

भाइटिका लगाएपछि साक्खै जस्तो भैहाल्यो नि । मलाई तिम्रो दाईले एक महिना अघिनै भन्नू भएको हो त्यसैले फोन कम गर्थे तिमिले भेटौ भेटौ भनिरहदा पनि भेट्नै सकिन फेरि तिम्रो इक्जाम पनि आइरहेको थियो । तिम्रो दाइले पनि इक्जाम सकिएपछि भनौला अहिले केही नभन भन्नुभयोे ।

म रुदै थिए मात्र, ‘मैले हजुरलाई आठ कक्षामा पढ्दा देखि नै माया गर्न थालेकी हु । हजुर सुर्खेत आउदा मलाई कति पीडा भएको थियो । म कति धेरै रोएकि थिए । हजुर सङ्ग भेट हुन्छ भन्ने आसै आसमा त मैले तीन वर्ष काटेकी हु । अहिले दुई वर्ष सम्म हामी बिच यति धेरै कुरा भयो । हामि कति धेरै भेट्यौ मलाई हजुरको लत लागि सकेको छ । म भाइटिका लगाउन सक्दिन । म सक्दिन हजुर लाई दाइ मान्न । सायद सरोज पनि रुदै थियो त्यसैले त उ केही बोलेन । म बुझ्थे गारो उस्लाई पनि भैरहेको छ भन्ने ।

राती अबेर सम्म रितु भाउजू ले मलाई सम्झाउनु भयो । मैले जिद्धी गर्नसकेको सरोज सङ्गै त हो अरु सङ्ग त चुपचाप हस भन्नू पथ्र्यो ।

त्यो दिन देखि सरोज र म न त फोनमा बोल्यौ न त भेट्यौ । देखेका सपनाहरुको याद आउथ्यो सरोजको याद आउथ्यो अनि बेस्सरी दुख्थ्यो छाती । मनको घाउ न उपचार गरेर निको हुन्थ्यो न त औषधि खाएर जब घाउ पोल्न थाल्थ्यो । बेस्सरी छट्पटी हुन्थ्यो । चिच्याइ चिच्याइ रुन मन लाग्थ्यो ।

दाइ काठमाडौ आउनु भयो । वर्ष भरी पढेकी थिइन एक महिना अघिदेखी मात्र परिक्षाको तयारी गर्न थालेकी थिए । एका तिर पढाइको प्रेसर अर्कोतिर सरोज बिनाको मेरो जिवन म निकै दुब्लाएकी थिए । एक्लै हुँदा रुन्थे जतिबेला पनि टोलाइरहन्थे । दाईले रोइरहेको धेरै चोटि देख्नु भएको थियो ।

एकदिन भन्नू भयो, ‘मेरो स्कुलमा अकाउन्टेन्ट खोजिरहेको छ तिमी गर्ने भए म कुरा गरिदिन्छु ।’

दाइ तिर हेरे मात्र ।
फेरि भन्नू भयो, ‘दिन भरी घरमा एक्लै हुन्छेउ मनमा धेरै कुरा खेल्छ त्यसैले बिजि भएकै राम्रो ।’
दाइ एउटा प्राइभेट स्कुलमा पढाउनु हुन्छ म पनि त्यहि स्कुलको अकाउन्टेन्ट भए ।
राती अबेरसम्म निद लाग्दैन थियो १० बजे भन्दा उता त झन टाउको बेस्सरी दुख्थ्यो । मैले आयुर्वेद दबाई खान थालेकी थिए । टाउको दुख्नु, मानसिक तनाव, शारीरिक कमजोरी खोलमा यस्तै के के हो के के लेखेको थियो तर त्यो सब खोलमा मात्र सीमित थियो । म निको हुनै सकिरहेकी थिइन । दुइचार दिन खाएर निको पनि कहाँ हुन्छ र ।

राती एघार बजे कुनै नया नम्बर बाट फोन आयो । रिसिभ गरे सरोजको साथी जगत रहेछ ।

राम्रैसङ्ग कुरा गरे । उ सधै फोन गरिरहन थाल्यो । मैले सधै पोजेटिभ नै लिए । जगत सरोजको नजिकको साथी तथा आफन्त भएकोले उस्लाई हाम्रो सबै थाहा थियो ।

दिन भरी अफिसमा हुन्छेउ सुरुसुरुमा काम पनि गारो लाग्छ । थकाई लागेको होला है ? उ सहानुभूति दिन खोज्दै भन्थ्यो । छैन थाकेकी, म भन्थे ।

कुरा हुन थालेको चारपाँच दिनमै म माया गर्छु तिमिलाई भन्न थाल्यो ।
कस्तो अचम्म ! मैले उ यसो गर्ला भन्ने कहिल्यै सोचेकै थिइन् ।
सरि मैले दाइ माने झै गरेपनि यो मन तयार छैन सरोजलाई दाइ मान्न । झन अब अरु कसैलाई माया गर्ने बारे कुरा त म सोच्नै सक्दिन । उस्ले यति भन्दैमा मानेन मलाइ सधै हैरान बनाउन थाल्यो । म तिमी बिना बाच्नै सक्दिन तिमिले मानेनौ भने सुसाइड गर्छु । यस्तै यस्तै हुने नहुने भन्न थाल्यो । दिनमा ३०/३५ चोटि भन्दा बढी पुग्थ्यो उस्को फोन । फेसबुकमा उत्तिकै मेसेज । डाइरेक्ट सिममा मेसेज त कति हो कति । म हुक्कै भएकी थिए ।

अफिस जाँदा बाटैमा सताएर हैरान गथ्र्यो तेसैले म दाइ सङ्ग अफिस जाने गर्न थाले । तै पनि अफिस जाँदा आउदा उ मलाई नै हेर्न बसेको हुन्थ्यो । एकदिन उस्को धेरै फोन आइरहने हुनाले रिसाएर सिम निकालेर राखे । त्यस पछि त उ मेरो स्कुलमै आइपुग्न थाल्यो । क्यान्टिनमा खाजा खान जाँदा उ मेरो अगाडि आइपुग्यो ।
एकातिर सरोज सङ्गको कुराले गारो भैरहेको थियो भने अर्को तिर जगत मलाई हैरान पारिरहेको थियो । कतै उ साच्चै सुसाइट त गर्ने होइन म डराए । उस्लाई एकान्तमा भेटेर सम्झाउने सोचेर भने, ‘म हजुरसङ्ग एकान्तमा भेट्न चाहन्छु त्यसैले भोलि मेरो कोठामा आउनु ।’

भोलिपल्ट शनिबार थियो । मेरो अफिस थिएन । दाइ भाउजू पनि अघिल्लो दिन बाटै चितवन जानू भएको थियो । आइतबार आउछौ भन्नू भएको थियो ।
उ नौ बजे आइपुग्यो । मैले उस्लाई मेरो कोठामा ल्याएर आए । ‘प्लिज हजुर मलाई बुझ्ने कोसिस गर्नु । हजुरले गर्दा मलाई धेरै गारो भैरहेको छ । हजुर यस्तो गर्न छोडिदिनु ।’
मैले धेरै सम्झाउदा पनि उस्ले मानेन ।
बन्द गर्नु तपाइको पागलपन । माया पनि जबरजस्ती गरेर हुने कुरा हो र ? यदि साच्चैमाया गर्नु हुन्छ भने प्लिज मलाई स्वतन्त्र छोडिदिनु । अनि विश्वास गर्ने छु तर विश्वास गरे भन्दैमा स्विकार्न त म सक्दिन ।

उस्ले जति सम्झाउँदा पनि मानेन । झन भन्नथाल्यो, ‘तिमिले आज मेरो मायालाई स्विकार्नै पर्छ । यदि मेरो माया स्विकारिनौ भने यहि कोठाभित्र आजै सुसाइट गर्छु ।

मैले रिसाउदै भने, ‘गर्नु सुसाइट बरु जेल जाउला, हजुरको लास हेर्न सकुला तर हजुरको माया स्विकार्न त म सक्दिन । मैले यति मात्र के भनेकी थिए । एकाएक उस्को मुख बाट अपसब्दहरु निस्किन थाले । उ जे मन लाग्यो तेहि भन्दै थियो । सुन्नै गारो भैरहेको थियो ।

मैले छि थु भन्दै उस्लाई थुक्दै भने, देखाउनु भयो हैन आफ्नो औकात ! जानू अब छिटो ! तपाइको यो अनुहार आइन्दा कहिलेइ नदेखाउनु ।

उस्ले मेरो गालामा दुई झाप्पर बजार्यो । म ऊभिन नसकेर भुइमा पछारिए ।

ढोका को चुकुल लगाएर भन्यो, ‘सालेनी औकात त अब देखाउछु भर्खर उठेकी थिए बेस्सरी धकेलेर ओछ्यानमा पछार्यो । झन्डैखाट भाच्चिएन । एक्कासी मेरा लुगाहरु एकएक हुँदै धराधर च्यातिन थाले ।

मैले उस्लाई बेस्सरी लात्तीले हाने । उ गर्लङ लड्यो । भाग्न खोज्दै थिए समातिहाल्यो । उस्का बलिया पाखुराको सामु मेरो बलको केही सीप लागेन ।

उसका दुबै हातले मलाई जोडले समायो, म हलचल सम्म पनि गर्न सकिन बाहिरी लुगा त मेरा अघिनै च्याथेर भुइमा झरिसकेका थिए । भित्री वस्त्र पनि उसले जबरजस्ती आफ्ना बलिस्ट हातले तानेर मेरो शरिरबाट हटायो ।

आफ्नो शरीर आफ्नो जस्तो लागेन । मेरो वरिपरिका सबै दृश्यहरु धमिलो देखिरहेकि थिए । मलाई यति मात्र थाहा थियो कि म बलात्कृत भएकी छु जगत द्वारा । आफ्नो कपाल लुछ्दै म बेस्सरी चिच्याए हतार हतार उस्ले मेरो मुख बुझिदियो । म अर्धबेहोसी अवस्थामै थिए । उस्ले मेरो मुख खोलिदिने बित्तिकै म बेस्सरी हास्न थाले । आफू के गरिरहेकी छु भन्ने हेक्का त थियो तर कन्ट्रोल गर्नै सकिन । छिनमा हाँस्थे भने छिनमै कपाल लुछ्दै रुन्थे अनि पिट्न थाल्थे उस्लाई । उस्ले पानीको बोतल ल्याएर जबरजस्ति मुखमा कोचारिदियो । मैले सब्बै पानी रित्याएपछी मुखबाट हटायो । पानी पिएर सिध्याए पछि नै बोतल मुख बाट हटाउछ सोचेर नै मैले बोतल सिध्याएकी थिए ।

म बेस्सरी खोकेपछी निद्रा बाट बिउझे जस्तै भएकी थिए । मेरो शरीरमा अर्को लुगा थियो ।

तन्ना धोएको छु सुकाउनु । अनि सुन यो कुरा कतै भनिस भने मलाई केही हुदैन गारो तलाई नै हुन्छ । विचार गरेस । यति भनेर उ कोठाबाट बाहिरियो ।

उस्ले मलाई बेहोस् बनाएको थिएन । तर म बेहोस झै भएछु । शरीरमा भैरहेको सहनै नसकिने पीडा र माइन्डमा एक्कासी परेको धक्काले ।

शारीरिक हिंसा, बलात्कार, इज्जत लुटिनु, जस्ता शब्दहरु सुन्ने बित्तिकै डराउछौ हामी नारीहरु । आज स्वयं मेरो इज्जत लुटिएको थियो । मैले गुमाए मेरो कुमारित्व । लाग्यो अब मेरो जीवनको कुनै अस्तित्व नै छैन । मेरा आँखा वरिपरि केही बेर अघिका दृश्य घुम्न थाले । अनि म भान्सामा पुगेछु । चक्कु समातेकी थिए । आमा बुवा दाइहरु मेरो मस्तिष्कमा आए । कति ठूलो त्याग गरेका छन् मेरा लागि । एउटा मात्र छोरी जवान भएकी थिई् उस्को लास देख्दा के अवस्था होला एउटा आमाको अवस्था । सरोजलाई सम्झे जो आफू भन्दा धेरै माया गथ्र्यो मलाई । उस्को के हालत होला । मलाई उनिहरुले नै रोके आत्महत्या गर्नबाट । दुई घण्टा पछि मात्र याद आयो मेरा च्यातचुत भएका लुगाहरुको । कहाँ राख्यो उस्ले मैले सबै तिर खोजे । नभेटिए पछि फोन गरे ।
मेरो लुगा खोइ ?
बागमतीमा बगाइसके ।
मेरा लुगाहरु त बागमतीमा बगेर शुद्ध भए । म कहाँ गएर शुद्ध हुनु अब ।
त पनि हाम फाल न बागमतिमा ।
तिम्रो माया बिना म मर्छु भन्ने मान्छे । तर आज त मैले बागमतीमा हाम फाल्दा पो सन्तोष मिल्छ उसलाई । वा यसले गर्ने माया ! आफूमाथी गर्व गर्दै होला मलाई बर्बाद् गर्न सकेकोमा ।
बागमतिले घृणा गर्छिन् कि गर्दिनन् उस्लाई ? उस्ले जुटको बोराभित्र मेरो लुगा लगि उनितिर हुत्याउदा कस्तो महसुस भयो होला उनलाई ? के उनिपनी रोएकी छिन म सङ्गै ?

मलाई बगिरहेकी बागमतिको याद आयो । मान्छेहरु उनलाई पवित्र मान्दै पुज्छन् । तर कहिले फुल चढाउँछन भने कहिले ढल फोहोरमैला चढाउँछन् । कहिले फुल बगाउँदै लग्छिन् भने कहिले फोहोरको डङ्गुर । उनी पनि धेरै पीडित छिन् । तर जति सुकै दुख कष्ट भोग्दै भएपनि पुगेरै छाड्छिन आफ्नो गन्तव्यमा । छेक्न चट्टान ढुङ्गा धेरै आउँछन तर सबैलाई पन्छ्याउँदै पुगेरै छाड्छिन् समुद्रमा । म पनि पुग्छु आफ्नो लक्ष्यमा मैले अठोट लिएर उठे तर दिमागमा त्यो घटनाले नराम्रै सङ्ग छाप बसालेर गयो । मलाई गलाई दिन्थ्यो ।

जगत मलाई साँच्चै माया गर्छ कि ? यदि साच्चै सुसाइट पो गर्ने हो कि ? सोचेर सम्झाउछु भन्ठानेर पो बोलाएकी थिए । केटा मान्छे भित्र त्यस्तो राछेसिपन हुन्छ भन्ने मलाई कहाँ थाहा थियो र ।

मैले त सरोजलाई चिनेकी थिए जाजरकोट जाँदा एकरात होटेलमा एउटै कोठामा सुत्नु परेको थियो । उ सङ्ग एकान्तमा कैयौं पलहरु बिताएकी थिए । सबै उ जस्तै हुन्छन् सोचेकी थिए । झन जगत त सरोजको मिल्ने साथी उ यस्तो होला भन्ने मैले सपनामा पनि कहाँ सोच्न सकेकी थिए र ।

मैले साँझ खाना नै खाईन । रुदा रुदै कतिबेला निदाएछु पत्तै पाइन । बिहान बिउझिदा ८ बजेको थियो । उठेर नुहाइ धुवाइ गरे । साढे नौ बजे अफिस जान कोठाबाट निस्के । ऐले पनि खाना नखाएर अफिस जाँदै थिए । एक कप चिया भने पिएकी थिए । अरु केही पनि चाखेकी थिइन । बाटोमा जुन केटा मान्छे देख्दा पनि म डरले काप्थे । सायद अफिसमा पनि अस्वभाविक व्यवहार देखाइरहेकी थिए ।

साझ छिट्टै घर फर्के । भाउजु सङ्ग भेट हुने बित्तिकै सोध्नु भयो ‘नानी के भयो ? हजुरले आफ्नो के हालत बनाउनु भएको ।’ उसले पिटेर मुख भरी निलडाम थिए । कपाल पनि आफैले लुछेर पातलो बनाएकी थिए । फुस्रो फुस्रो देखिएको थियो न त खाना नै खाएकी थिए । म रुन थाले । भाउजुले अङ्गालोमा लिदै भन्नू भयो । ‘भन्नू त नानी हजुरलाई के भयो ?’

‘केही भएको छैन ।’ मैले वास्तविकता भन्न कहाँ सक्थे र ? अनि भन्नू हुँदैन भन्ने पनि लाग्यो । भाउजू रुनु भयो ।

म दाइ भाउजू कोठामा पस्न लाग्दा सुने उँहाहरु मेरै बारे कुरा गरिरहनु भएको थियो । त्यसैले बाहिरै रोकिए । भाउजू भन्दै हुनुहुन्थ्यो ‘नानिले हामिसङ्ग सरोज बाबुलाई दाइ मान्छु भनेपनि उहाँले सकिरहनु भएको छैन । सायद धेरै गारो भैरहेको छ नानिलाई ।’

दाइ के के भन्दै हुनुहुन्थ्यो कुन्नी केही सुनिन । म आफ्नो कोठामा आएर घोप्टे परेर बेस्सरी रोए । मेरो कमजोरीको फाइदा कसरी उठायो जगतले । रुदा रुदै सरोजलाई फोन गर्न पुगेछु । म केही बोल्नै सकिन उस्को स्वर सुनेपछी । म झन रुन थाले । उ आत्तिएको थियो ‘दिव्या के भयो ?’

मैले रुदै जगत मात्र भने उस्ले बुझेन ‘प्लिज नरोइकन भन त’
जगत ! के गर्यो जगतले ?
रुदाँ रुँदै मोबाइल हातबाट खस्यो । म अर्को पट्टि फर्केर झन रोए ।

उसले ‘हेलो दिव्या दिव्या ! भनेको त सुनियो तर मोबाइल उठाएर बोल्नै सकिन । उस्ले फोन काटेर फेरि तीन चार चोटि फोन गर्यो । अन्तिम चोटि फोन उठाएर बोल्न खोज्दै थिए दाइ आउनु भयो ।

मेरो मुटु पिरो हुन्थ्यो, पोल्थ्यो, भित्रभित्रै एकदमै छट्पटी हुन्थ्यो । कुनै बेला त दिमागले केही काम नै गर्न सक्दैन थियो ।

मेरो दस गते महिनावरी हुनु पर्ने एघार गते सम्म नहुँदा म डराए । मैले जगतलाई फोन गरेर भने । उस्ले भोलि पर्सि भैहाल्छेस भनेर टार्यो । पन्ध्र गते सम्म पनि नभएपछी म एकदमै डराए । एक माथि अर्को समस्या आउँदै थियो । म माथी के हुँदैछ । कस्तो खेल खेल्दै छ भाग्यले म सँग । यस्तै सोचेर धेरै रोए । जगतलाई भने उस्ले ‘युरिन चेक गर’ यति मात्र भन्यो । कसरी जाउ मेडिकलमा मैले मेसो अनि समय पनि पाइरहेकी थिइन । मान्छेहरु के सोच्लान्, कोहि चिनेको मान्छे भेटिने पो हुन कि । यहि सोच्थे धेरै चोटि प्रयास त गरे तर जानै सकिन ।

एक्काईस गते भैसक्दा पनि म महिनावरी भइन । मलाई रिंगटा चल्थ्यो । खाना खादा बमिट आउला जस्तो हुन्थ्यो । मैले जगतलाई फोनमा भने ‘मलाई बिहे गर्नु’

चुप ! तैले भने जस्तै सजिलो छ नि बिहे गर्न । तैले गर्दा तनाव मात्रै भाको छ । पागल हुन थालिसके । छिटो युरिन चेक गर यदि प्रेग्नेन्ट भाको होस भने छिटो अबोर्सन गर्नु पर्छ ।

म भोलिपल्ट मेडिकलमा गए । उस्ले भने जस्तै दर्ता गर्दा नाम सोधेको बेला सुस्मिता मल्ल भने फेक नाम भने । युरिन दिएपछी २० मिनेट पछि आउनु भनेर नर्शले भनी ।

बाहिर रहेको एउटा बेन्चमा बसिरहेको बेला रिपोर्ट के आउँछ भन्ने कुराले पिरोली रहेको थियो । म नेगेटिभ आओस भनेर पुकारिरहेकी थिए भगवानलाई ।

म भित्र गए । पोजेटिभ देखियो भन्दै नर्सले एउटा कागज मेरो हातमा दिएर गइ । मेरो मुटुमा बेस्सरी ठुलै झट्का लाग्यो । हात खुट्टा सब्बै लगलग काप्न थाले । म टोइलेटमा गएर बेस्सरी रोए ।

जे नहोस सोचेकी थिए तेहि भयो । म गर्भवती रैछु । तेहि पापिले गरेको पापको परिणाम मेरो पेटमा हुर्किदै रहेछ ।

मैले जगतलाई फोन गरेर सबै भने ।
‘अब गाउँ गएर फाल यता गरिस भने भोलि मेरो बदनाम हुनसक्छ ।’
‘म यो अवस्थामा गाउँ कसरी जाउ’ ? रिसाउदै अनि रुदै भने ।
‘अरु मलाई थाहा छैन । त जसरी पनि गाउँ जा ।’

यति भन्दै उस्ले फोन राख्यो ।

रात भरी धेरै सोचेपछी भोलिपल्ट भेटेर भने ‘म बच्चा फाल्दिन बिहे गरौं’ ।
मलाई अहिले बिहे गर्नु छैन । मैले अझै धेरै गर्नु छ ।

मैले रुदै भने बिहे गरेर बाबा मम्मी सङ्ग राख्नु मलाइ, हजुर यतै बस्नु । बरु हजुरलाई कुनै बाधा पार्दिन म ।

धेरै नबोल । त चुपचाप गाउँ जा अनि उतै गएर बच्चा फाल । मलाई तेरो अनुहार नै हेर्न नपरोस अब ।

यो कस्तो अन्याय हुँदै थियो म माथी । तिमी बिना बाँच्न सक्दिन म तिमिलाई नपाए सुसाइट गर्छु म, भन्नेले आज मेरो अस्तित्व लुटिसके पछि तेरो अनुहार हेर्नू नपरोस् भन्दै थियो ।

म कोठामा आएपछि सरोजलाई सम्झेर खुब रोएकी थिए । म आफू भित्र घटेको घटना कसैलाई भन्न पनि सक्दिन थिए । अनि यो घटनालाई बाहिर ल्याउनु हुँदैन भन्ने पनि लाग्थ्यो । यो बाहिर थाहा भएपछी समाजले मलाई राम्रो नजरले हेर्दैन । म यहि सोच्थे ।

चार दिन पछी बल्ल जगत राजी भयो काठ्मान्डौमा अबोर्सन गर्ने कुरामा तर मैले उस्को कतैपनि नाम नलिने रे ।

म सङ्ग पैसा थिएन । कहाँ गएर कसरी गर्ने मलाई केही थाहा थिएन ।

जगतले आफू सङ्ग २ हजार मात्र भएको भन्यो अरु आफैले जुटाएस । मेरि स्टोपमा जानू । भन्दै पर्सबाट निकालेर दुईटा हजारको नोट म तिर फालिदिएर गएको थियो ।

नेटमा सर्च गरे, मेरि स्टोप सेन्टर । मैले भोलिपल्टै मेरिस्टोप सेन्टरमा जाने विचार गरे ।
मानसपटलमा हजारौं कुराहरू अटसमटस भैरहेका थिए । त्यति धेरै मान्छेका सामु आँसु नझार्नु पथ्र्यो नि मैले । तर आँसु थाम्नै सकिरहेको थिइन । पटक पटक झ्याल तिर फर्केर सुटुक्क आँसु पुछ्दै हुन्थे म । गाडिमा वरिपरिका मान्छेले नदेखे हुने थियो नि लाग्थ्यो । मेरो छेउमा बसेकी आइमाईले नानी के भएको छ भन्दै सोध्दा रुघा लागेको छ भन्दै थोरै हाँसेकी थिए ।

गाडिबाट ओर्लेपछि आधा घण्टाको बाटो मैले हिडेरै जानू पथ्र्यो । मेरि स्टोप सेन्टर सम्म पुग्न । म कसैकी पत्नी या त कसैकी बुहारी भएको भए सजिलो थियो यो कुरा । एउटा अविवाहित महिलाको लागि धेरै गाह्रो थियो । कोहि चिनेको मान्छे भेटिने हुन् कि उत्तिकै डर लागिरहेको थियो । मेरि स्टोप सेन्टर सम्म पुग्दा म धेरै चोटि रोएकी थिए ।

म मेरि स्टोप सेन्टरमा पुगे । टोलाएकी थिए बाहिर पट्टिको मेरि साथी भनेर लेखेको बोर्ड हेर्दै । भित्र छिर्नै गाह्रो भइरहेको थियो । कोहि चिनेको भेटिने त होइन म डराइरहेकी थिए ।

मलाई कुनै बन्द कोठामा परामर्शको लागि लगियो । मैले जगतले सिकाए अनुसार भने ‘मेरो इङेज्मेन्ट भैसकेको छ । उ कोरिया गएपछि मात्र थाहा भयो । म प्रेग्नेन्ट भएछु भन्ने कुरा । उ तिनचार वर्ष पछि मात्रै फर्किन्छ त्यसैले मैले गर्भपतन गर्नै पर्छ । मैले यो कुरा अरु कसै सङ्ग सेयर गर्न पनि सक्दिन ।’

ठिक छ तपाईं मेरि साथिमा आउनु भएको छ । हामी अफ्ठ्यारो हुन दिदैनौ । तर तपाईं धेरै नै विक देखिनु भएको छ । हजुरको साथमा कोहि भइदिएको भएपनि सजिलो हुने थियो ।

मैले रुदै भने यदि मेरो एब्रोसन हुन सकेन भने मैले आत्माहत्या गर्नु बाहेक अरु कुनै उपाय छैन ।

मलाई सान्त्वना दिदै भनिन् आफुलाई सम्हाल्नुस धेरैको जिवनमा यस्तो हुन्छ ।

मलाई स्वास्थ परिक्षणको लागि लगियो । केही बेर पछि रिपोर्ट आयो । तनावले गर्दा शरीर धेरै कमजोर भएको थियो । हेमोग्लोबिनको कमि थियो भने ब्लड प्रेसर कम, ब्लडको कमि पनि थियो । तौल पनि धेरै कम रहेछ । मलाई एक हप्ताको समय दिइयो । यो सबै कुरामा सुधार ल्याउनका लागि । यदि १ महिनामा पनि सुधार आउन सक्यो भने पनि मेरो एब्रोसन हुन सक्थ्यो ।

म शाहाकारी भएकोले अन्डा मासु केही पनि खादिन थिए । म सङ्ग पोसिलो खाना खानको लागि पैसा पनि थिएन । जगतले दिएको त्यही २ हजारको म फलफूल किनेर खाने गर्थे । ब्लडको कमि भएको कारण आइरन चक्की दिएको थियो मेरि स्टोप बाटै । ब्लडमा हेमोग्लोबिनको मात्रा बढाउनको लागि म अनार चुकान्दर खान्थे फलफूल पनि प्रशस्त मात्रामा खाइरहेकी थिए ।

मैले जगतलाई सब्बै कुरा भने आफू सङ्ग पैसा नभएको कुरा पनि भने उ रिसाउथ्यो ‘कहाँ पाउ म पैसा भन्दै ।’

म रोए ।
मैले धम्की दिदै भने ‘म सङ्ग पैसा छैन कसरी एब्रोसन गरौ । यदि हजुरले पनि नदिने भए म पुलिस रिपोर्ट गर्छु । यो कुरा बाहिर ल्याइदिन्छु ।’

मैले यति भनेछी भन्यो । ‘म सङ्ग ३ हजार छ । अरु आफै जुटाउनु उ मलाई ३ हजार दिने भयो ।’ म एक हप्ता पुग्ने बित्तिकै मेरि स्टोप सेन्टरमा गए । म सङ्ग त्यही ३ हजार मात्र थियो । मेरो फेरि स्वास्थ्य जाँच गरियो ।

अनार चुकान्दर आइरनको कारण होला । मेरो ब्लड र हेमोग्लोबिनको मात्रामा सुधार आए छ । भने ब्लड प्रेसरमा पनि केही सुधार भएछ । तर मानसिक तनावले भने होला तौल बढ्न सकेन ।

मेरो एब्रोसन अझै पनि गर्न मिल्दैन भन्ने बित्तिकै म रोए । मैले आफू धेरै पर्खिन नसक्ने कुरा गरे । म रोएकोले उनिहरुको मन पग्लेछ । मेरो एब्रोसन हुने भयो ।

मलाई काउन्टरमा ४२ सय जम्मा गर्न भनियो । तर म सङ्ग जगतले दिएको ३००० र मेरो ५०० गरेर जम्मा ३५०० मात्र थियो । मेरो यो अवस्था देखेर ३००० मा एब्रोसन हुने भयो । पैसा नभएको कारण मैले सेवा नपाउने भन्ने भएन ।

मलाई बेहोस पार्न नमिल्ने भएको ले बेहोस नपारेरै एब्रोसन गरियो । एकदमै गाह्रो भयो त्यो बेला मलाई ।

पेट बेस्सरी दुखिरहेको थियो । मलाई सहनै गारो भयो । म बेडमै छटपटाइरहेको बेला एउटा नर्श आएर मलाई हर्ट ब्याग दिइन । त्यो ब्याग बाट सेकाउदा मलाई केही निको भयो । मेरि स्टोप सेन्टरको डाक्टरले गरेको नम्र व्यबहार र त्यो नम्र बोलिले मलाई धेरै राहात मिल्यो । पीडा केही कम भयो ।

मलाई पन्ध्र दिनपछि स्वास्थ परिक्षणको लागि फेरि बोलाइयो ।

कोहि सन्तान बिहिन भएर समाजमा अपहेलित भएर बाच्नु पर्छ भने म बाध्य भए मेरो पेटमा हुर्किदै गरेको निर्दोष बच्चालाई सङ्सार नदेखाएरै मार्न । म कस्तो परिबन्धमा अल्झिरहेकी छु आफै सङ्ग प्रश्न गर्थे । यदि जन्म दिए भनेपनी उक्त सन्तानलाई मैले सहजै हुर्काउन सक्ने थिइन । र उ बिना बाबुको छोरा हुन्थ्यो । जगतले स्विकारेपनी त्यो राक्षस जस्तो बाबू सङ्ग कति गाह्रो हुने थियो । त्यो सम्झिदा त बेसै गरेछु भन्ने लाग्यो । केही खुसी थिए भने धेरै दुखी थिए ।

यहि कारणले भोलि बाँझोपनाको समस्या त आउने होइन म धेरै आत्तिए । जब जब भविष्यको कल्पना गर्थे आङ सिरिङ्ग हुन्थ्यो ।

रक्तस्राव धेरै मात्रामा भइरहेको थियो । ट्याक्सिमा जाँदा कसैले सङ्का गर्छ सोचेर म हिडेरै गए । मलाई हिड्न एकदमै गाह्रो भइरहेको थियो । मैले बल्ल तल्ल बस पाउने ठाउँ सम्म पुगे । आधा घण्टा लाग्ने बाटो एक घण्टा लगाएर म पुगे ।

भाउजुको इक्जाम आइरहेकोले सब्बै काम मैले नै गर्नु पथ्र्यो । आराम गर्नुपर्ने समयमा म बिहान बिहान उठेर पानी भर्न जान्थे । बिहान साझ खाना बनाउनु पर्ने अफिस जानू पर्ने । म पोषण युक्त खाना पनि खान पाउदिन थिए ।

दिदी मेरो रक्तस्राव अझैसम्म भइरहेको छ । मलाई एकदमै गारो भइरहेको छ । दिव्या रोइरहेकी थिइ । दिव्याले आफ्नो घटना सुनाउदै गर्दा म पनि धेरै चोटि रोए ।

‘आज कति दिन भयो दिब्या ?’
२१ दिन भयो । पन्ध दिनमा फेरि चेक अप गर्न भनेर बोलाइएको थियो । समय नै नपाएर आज बल्ल जाँदैछु ।
ओहो आज त जसरी पनि जाउ

मलाई जगत भन्ने मान्छे देखि एकदमै रिस र घृणा पैदा भयो । नारी भएर जन्मिदा हाम्रो समाजमा बाँच्न कति गाह्रो छ । एउटा पुरुषले गरेको गल्तीको सजाए एउटा महिलाले भोग्नु पर्छ कस्तो अफ्ठ्यारो ।

मलाई हाम्रो गाउँको एउटा चौधरी साथीको याद आयो । उस्लाई मक्कै बारिमा घाँस काट्न गएका बेला गाउकै एउटा केटाले जबरजस्ति गर्न खोजेकोले उस्लाई जुत्ताको माला लगाएर गाउँ डुलाएका थिए । जगतले त्यतिको सजाय पनि पाएन । अरु यस्तै कैयौं घटना हुन्छन् । त्यस्मा कति बलात्कारिहरुलाई सजाय दिइन्छ भने कति बलात्कारीहरु यसरी नै उम्किएका हुन्छन् ।

मैले दिव्यालाई सम्झाउदै भने ‘बहिनी मलाई थाहा छ तिमी साहासी त छौ तर अझै साहासी बन्नु पर्छ । हरेस नखाउ । जे भयो तिमिले प्रारभ्द काट्नु रैछ त्यसैले यस्तो भयो । अब अठोट गर तिमिले केही गरेर देखाउनु पर्छ उस्का अगाडि ।’

‘हस ! उस्ले भनी । दिदी मैले यो कुरा बाहिर नल्याएर कुनै गल्ती त गरेकी छैन नि ।’

‘खोइ ठिक गरेउ भनौ कि गल्ती गरेउ भनौ । यदि बाहिर ल्याएकी भए तिमिलाई पनि समाज दोषि देख्ने थियो । किनकी हाम्रो समाज यस्तै छ महिलाको कुनै गल्ती नभएको भए पनि त्यो केटि नै त्यस्तै हो भनिहाल्छ । समाजले फरक नजरले हेर्छ । तर पुरुसले जे गर्दा पनि केही भन्दैनन् । अझ मर्द ठान्छन त्यस्तालाई । तर त्यही नारी जसको कुनै गल्ती छैन उ दोषि ठहरिन्छे । त्यसैले ठिक पनि गर्यौ । तर तिमिले यसो गर्दा तिमिलाई धेरै गाह्रो भइरहेको छ । तिमी यस्तो अवस्थामा छौ तिमिलाई ख्याल गर्ने कोहि छैन । अर्को तिर त्यो अपराधी पापी जगत झन बाघ बन्दै हिडेको छ होला ।’

‘दिदी मैले आफ्नो बदनाम हुने डरले कसैलाई भन्नै सकिन । यदि भनेको भए म समाजमा कस्तो किसिमले चिनिन्थे म त्यो बुझ्न सक्छु ।’

दिव्याले खाना मेरैमा खाएर गइ ।

दुई महिना पछि दिव्याको फोन आयो । दिव्याबाट दिव्याको नयाँ खबर सुनेपछि मलाई खुसिले नाचु नाचु भयो ।

दिव्यालाई फोन गरेर सरोजले भेट्न चाहन्छु भन्यो रे । उ सरोजलाई भेट्न गएपछी । भेट हुने बित्तिक्कै बेस्सरी रुन थाली । उ केही बोल्न सकिरहेकी थिइन । उ कापिरहेकी थिइ रे । सरोजले भन्यो ‘दिव्या मैले तिम्रो सबै कुरा थाहा पाइसकेको छु तर यो सबै जान्दा जान्दै पनि म स्विकार्छु तिमिलाई म तिमिसङ्ग बिहे गर्छु । बुवा आमालाई सुरुमा मन नपर्ला तर पछि अवस्य स्विकार्नु हुन्छ ।’

यति भन्ने बित्तिकै उ झन रुन थाली ।
‘दिब्या नरोउ न म छु नि तिम्रो साथमा । मैले त जगत त्यस्तो होला भनेर कहिलै सोचेको थिइन् । उस्ले तिमिलाई सुरुमा मायाको नाटक गरेर तिमिलाई त्यो हालतमा पुर्याएर उ नराम्रो व्यवहार गर्न पुगेछ ।’

दिव्याले रुदै भनि ‘यो सबै कस्ले भन्यो हजुरलाई यस्तो हुँदै होइन् । मैले उस्को मायालाई कहिलेइ स्विकारेकी थिइन । उस्ले मैले अस्विकार गरेपछी जबरजस्ति गरेको हो ।’ यस्तै दिब्याले सबै घटना भनिछे ।

सरोजले दिब्याले जगतलाई गरेको मेसेज देखेर थाहा पाएको रहेछ । उस्ले सोचेको रहेछ जगतले सुरुमा मायाको नाटक गर्यो दिव्यासङ्ग । त्यसपछी शारीरिक सम्पर्क राखेपछी उ प्रेग्नेन्ट भएपछी दिव्यालाई घृणा गर्न थाल्यो ।

सरोजले दिव्याबाट सबै कुरा सुनेपछी उ स्पष्ट भएछ । त्यै पनि सरोजले दिव्यालाई स्विकार गर्यो ।

उनिहरु रिलेसनमै हुँदापनी जगत मजाक गर्दै भन्थ्यो रे, क्या च्वाक छे तेरि गर्ल फ्रेन्ड ! सरोज हाँस्दै हो र भन्थ्यो रे एकदिन चाहिँ ‘अब मलाई दे न दिव्या ! भन्दै जगतले भनेपछी सरोज उ त्यस्ती केटि होइन भन्दै बेस्सरी रिसाएको थियो रे जगत सङ्ग ।’

त्यस्तै दिब्याले भनेकी थिइ रे एकदिन । जगतलाई सम्झाईदिनु उहाँ मलाई फोन गरेर धेरै सताईरहनु भएको छ । सरोजले मतलब गरेन छ । त्यसपछी फेरि दिब्याले एकदिन रुदै सरोजलाई फोन गरि । त्यो दिन उ धेरै रोएकी थियी । उस्ले जगत मात्र भनेकी थिइ ।

त्यसपछी भने भनेको थियो रे सरोजले जगतलाई ‘तिमी दिब्यालाई फोन गर्दै धेरै हैरान नबनाउ । त्यसपछी जगत रिसाउदै भनेको थियो रे तलाई के थाहा छ दिब्याको बारेमा उ को को सङ्ग कसरी बोल्छे चिनेको छस उस्लाई ?’ सरोज दिब्यालाई राम्रो सङ्ग चिन्ने भएकोले उस्ले जगतको कुरा विश्वास गरेन । रिसाएको थियो रे जगतसङ्ग ।

मिल्ने साथी ती दुइजना तर त्यति ठूलो अन्तर थियो ती दुई बिच । एउटाले दानव भएर दिब्याको जिन्दगी तहनहस पारिदियो भने अर्को भगवान भएर आयो दिब्याको जीवनमा अनि चोट लागेको घाउमा मलम पट्टि लगाइदिन । साँच्चै महान हो सरोज । साँचो मायाको एक उदाहरण हो दिव्या र सरोजको माया ।

दिव्याले भनेकि थिई ‘दिदी अब म दाङमा बस्छु । अब उतै ब्याच्लर पढ्छु । केही वर्ष पछि बिहे गर्छौ म र सरोज’ । मलाई आफ्नै प्रेम सफल भए जस्तो महसुस भयो । म एकदमै खुसी भए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार