जमैकाकी सुन्दरी टोनी एन्ना सिंह २०१९ कि विश्व सुन्दरी

मंसिर २९, २०७६  |  ३२६ पटक पढिएको  |   साक्षी खबर

२९ मंसिर, काठमाडौं / बेलायतमा सम्पन्न विश्व सुन्दरी प्रतियोगिताबाट जमैकाकी सुन्दरी टोनी एन्ना सिंह विश्व सुन्दरी घोषित भएकी छन् । २३ वर्षीया जमैकन सुन्दरीलाई क्रिकेट र क्रिस गेलबारे प्रश्न सोधिएको थियो ।

उनले भारत, फ्रान्स, ब्राजिल र नाइजेरियन सुन्दरीलाई पछि पार्दै विश्व सुन्दरीको ताज पहिरिएकी हुन् । थर्ड प्लेसमा भारतकी सुन्दरी र सेकेन्ड प्लेसमा फ्रान्सकी सुन्दरी रहेकी छिन् ।

नेपालकी अनुष्का श्रेष्ठ टप १२ बाट बाहिरिएकी थिइन् । अनुष्काले मल्टिमिडया र ब्यूटि एण्ड प्रपोज अवार्ड जितेकी छन्।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार