विपथ आउन पूर्व आपतकालिन खोज तथा उद्धार र प्राथमिक उपचार विषयक तालिम सुरु

मंसिर १९, २०७६  |  ९४ पटक पढिएको  |   साक्षी खबर

१९ मंसिर, लमही / समुदायमा आधारित आधारभूत आपतकालिन खोज तथा उद्धार र प्राथमिक उपचार विषयक तालिम देउखुरीको दुईवटा ठाउँमा एकैदिन आज देखि सुरु भएको छ । लमही नगरपालिका र गढवा गा.पा.मा आज देखि यस्तो तालिम सुरु भएको हो ।

लमही नगरपालिका, गढवा गा.पा.को संयोजन तथा नेपाल रेडक्रस सोसाइटि दाङको आयोजनामा तालिम सुरु भएको हो ।दुईवटा ठाउँमा पहिलो पल्ट आयोजना गरिएको तालिममा सम्बन्धित पालिकाका २४/२४ जना महिला र पुरुष युवा युवती सहभागी गराइएको छ ।

६ दिन सम्म चल्ने तालिममा बाढी, विपथमा आइपर्ने समस्या, निराकरणको उपाय, जोगिने तरिका, अपनाउने पर्ने सतर्कता, सुरक्षा, खोज उद्धार आपतकालित स्वास्थ्य, आधारभूत प्राथमिक उपचार लगायतका विविध विषयका सम्बन्धित ठाउँमा गई प्रोगात्मक अभ्यास पनि गराउने छ भने उनिहरु लागि चाहिने बन्दोबस्तोका सामाग्री पनि दिइने जनाइएको छ । उक्त तालिमको प्रशिक्षकमा देवी प्याकुरेल र थम्मन चौधरीले निर्वाह गरिरहेका छन् ।

नेपाल रेडक्रस सोसाइटि दाङका सभापति नारायण आर्चायको अध्यक्ष्यतामा भएको उद्धाटन कार्यक्रममा पत्रकार श्रवण बस्नेत लगायतले बोलेका थिए । सहजकर्ता मोहन पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सहजकर्ता प्रकास डाँगीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार