राप्तीमा नदिजन्य पदार्थ अमानतमा र आवश्यक विद्युत विस्तार गरिने

मंसिर १९, २०७६  |  १२७ पटक पढिएको  |   साक्षी खबर

– तिर्थराज ज्ञवाली
१९ मंसिर, मसुरीया (देउखुरी दाङ) / राप्ती गाउँकार्यपालिकाको निर्णय अनुसार नदिजन्य पदार्थ अमानतमा बिक्रि वितरण गर्ने तथा सबै वडामा आवश्यक विद्युत विस्तार गरिने भएको छ ।

विहिवार बसेको गाउँकार्यपालिकाको निर्णय अनुसार राप्ती नदिको पश्चिम खण्डको नदिजन्य पदार्थ टेन्डर नपरेकोले अमानतमा दिने निर्णय गरिएको हो ।

राप्ती गाउँकार्यपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसेको बैठकले नागरिकहरुलाई नदिजन्य पदार्थ सरल उपलब्धताको व्यवस्था मिलाउन अमानतको प्रक्रियालाई अघि बढाईएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिकाको यस आर्थिक वर्षमा वडागत तथा गाउँपालिका स्तरीय ग्रामीण विकास अन्तर्गत विद्युत सेवाको सहज उपलब्धताको लागि संयुक्त रुपमा विद्युत प्राधिकरण संग सिहकार्य गरि कार्य थालनी गरिने छ ।

प्रवक्ता विद्याशरण चौधरीका अनुसार बैठकले वडा नं ९ को विभिन्न गाउँहरुलाई पीउने पानी तथा सिंचाईको व्यवस्थाका लागि स्टीमेट अनुसारको कार्य गर्ने गरि कन्सल्टेन्सलाई कार्य जिम्मेवारी समेत प्रदान गर्ने निर्णय गरिएको छ ।

साथै विगतका दिनमा विभिन्न रोग लागेका बिरामीहरुको उपचार सहयोग वापतको रकम दिने प्रक्रियालाई निरन्तरता दिने समेत निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार