जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

मंसिर १९, २०७६  |  १५६ पटक पढिएको

१९ मंसिर, काठमाडौं / बुटवलबाट पाल्पाको तानसेन आउँदै गरेको जीप तिनाँउ गाउँपालिकाको चौविसमाइलमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीपका चालक पाल्पा रैनादेवी छहरा गाउँपालिका–५ का २३ वर्षीय दिलिप बम्रेल र सहचालक सोही गाउँपालिका–४ का २६ वर्षीय कृष्णबहादुर कार्की रहेका छन् ।

तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो । बुटवलमा बिरामी छोडर पाल्पा फर्किँदै गर्दा जीप दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ । जीप सिद्धार्थ राजमार्गदेखि ३ मिटर तल तिनाउा खोलामा खसेको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार