लैंगिक समानता नीतिको आवश्यकता सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सुरु

मंसिर १९, २०७६  |  ३७० पटक पढिएको

– निराश पाण्डे
१९ मंसिर, दाङ / समानताको पुस्ता बलात्कार विरुद्धको ऐक्यबद्धता २८औ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिवसिय अभियान २०१९ को अवसरमा लैंगिक समानता नीतिको आवश्यकता सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी आज चिराघाटमा आज देखि सुरु भएको छ ।

महिला पुनर्स्थापना केन्द्र ओरेक नेपाल दाङको आयोजना एवं शान्तिनगर गाउँपालिकाको सहकार्यमा सुरु भएको दुई दिने गोष्ठीमा समृद्धि भनेको के हो ? समानता भनेको के हो ? समानताको हक, सामाजिक न्याय, सामाजिक न्यायको तत्वहरु, लैंगिक विभेदमा आधारित हिंसा, लैंगिक मुल प्रवाहिकरण र लैंगिक उत्तरदायी बजेटका बारेमा शुष्मा गिरिले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा आगामी तिन वर्षमा गाउँपालिकाबाट महिला तथा बालबालिका त्यसैगरी स्वास्थ्य र शिक्षा तिर उल्लेखनीय सुधारका कार्यहरु गर्ने जनप्रतिनिधिहरुले प्रतिबद्धता जनाएका छ्न् ।

शान्तिनगर गाउँपालिकाका अध्यक्ष कमान सिंह डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमको उद्देश्य माथि ओरेक नेपाल दाङकी संयोजक इश्वरी थापाले प्रकाश पारेकी थिइन् ।

दुई दिने गोष्ठीमा स्थानीय जनप्रतिनिधि, पत्रकार, सुरक्षा निकायका प्रतिनिधि, शाखाका प्रमुखहरु अन्य सामाजिक संघ सस्थामा काम गर्ने महानुभावहरुको सहभागिता रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन ओरेक नेपाल कि सामाजिक परिचालक दिपा धितालले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार