डोटीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु

मंसिर १९, २०७६  |  ८५ पटक पढिएको  |   साक्षी खबर

१९ मंसिर, डोटी / जोरायल गाउँपालिका वडा नं २ मा से १ ज २०३९ नम्बरको महेन्द्रा जीप गए राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

कैलालीको धनगढीबाट जोरायल आउँदै गरेको उक्त जीप राति साढे ८ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय जोरायलले जनाएको छ ।

मृत्यु हुनेमा जोरायल ४ बस्ने अन्दाजी २१ वर्षीय जीप चालक आश्रम थापा मगर रहेको प्रहरीले जनाएको छ ।

जीप के कति कारणले अनियन्त्रित भएको हो भन्ने विषयमा छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार