जीप दुर्घटना हुँदा १४ को मृत्यु

मंसिर १७, २०७६  |  १८५ पटक पढिएको  |   साक्षी खबर

१७ मंसिर, पोखरा / मध्यपहाडी लोकमार्ग अन्तर्गत बाग्लुङको बडिगाढ गाउँपालिका वडा नम्वर ७ जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । गुल्मीबाट बाग्लुङको निसीखोला गाउँपालिकाको देविस्थान आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गको कोप्चेको भीरमा खसेको थियो ।

जिप दुर्घटनामा १४ जनाको घटनास्थलमै मृत्यु भएको बडिगाढ गाउँपालिकाका कर्मचारी थम्मनबहादुर रेश्मीले जानकारी दिए । घटनामा घाइते तीन जनाको उपचारका लागि स्थानीय प्राथमिक स्वास्थय केन्द्रमा पठाइएको छ ।

प्रहरीका अनुसार जिपमा गुल्मीको इस्माबाट कुलपुजाका लागि निसीखोलाको बायोखोला जाँदै गरेका यात्रु सवार थिए । घटनाको विस्तृत विवरण आउँन बाँकी रहेको प्रहरीले जनाएको छ । – चन्द्रप्रकाश शर्मा÷साभार गोरखापत्रअनलाइनबाट

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार