‘आँखा शिविरमा १४ सय ९३ जनाले उपचार सेवा पाए’

मंसिर ०६, २०७६  |  ८४ पटक पढिएको  |   साक्षी खबर

६ मंसिर, तुलसीपुर / नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गत सञ्चालित राप्ती आँखा अस्पतालको प्राविधिक सहयोग तथा एनएवीपी नर्वे आइकेयरको आर्थिक सहयोगमा सञ्चालन भएका शिविरमा १४ सय ९३ जनाले आँखा उपचार सेवा पाएका छन् ।

स्थानीय नगरपालिका/गाउँपालिकाको स्थानीय व्यवस्थापनमा रुकुम पूर्व, रुकुम पश्चिम र सल्यानमा भएको निःशुल्क आँखा शिविर ३ सय ९५ जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरि उज्यालो प्रदान गरेको आँखा अस्पतालले जनाएको छ ।

त्यस्तै ३ जनाको आँखाको ढकनीको शल्यक्रिया गरिएको नेत्र विशेषज्ञ डा. सुरेश रसाइलीले जानकारी दिएका छन् ।
जस अन्तर्गत रुकुम पूर्वका भएको शिविरमा २३७ जनाले आँखा चेकजाँच सेवा पाएको र ४४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
त्यस्तै रुकुम पश्चिममा भएको शिविरमा ५४१ जनाले आँखा उपचार सेवा लिएका थिए । जसमा १३३ जना मोतियाविन्दुका विरामीहरुको शल्यक्रिया गरिएको थियो ।

आँखा उपचार केन्द्र शितलपाटी सल्यानको स्थानीय व्यवस्थापनमा आँखा उपचार केन्द्र शितलपाटीमा भएको शिविरमा ७१५ जनाले उपचार सेवा लिएका थिए । जसमा २१८ जना मोतीबिन्दुको शल्यक्रिया र ३ जनाको सामान्य शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । शिविर मंसिर ४ गते सम्पन्न भएको थियो । नेत्रविशेषज्ञ डा. सुरेश रसाइलीको नेतृत्वमा गएको प्राविधिक टोलीले शिविरमा सेवा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार