टिप्परले ठक्कर दिंदा एक जनाको ज्यान गयो

मंसिर ०५, २०७६  |  १९३ पटक पढिएको  |   साक्षी खबर

घोराही
दाङको लमही–घोराही सडक खण्डको वेलदमारमा टिप्परले ठक्कर दिदा एक जना मोटर सवार कृषि ज्ञान केन्द्रका कर्मचारी ५८ बर्षीय बन्दुराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

दाङको लमहीबाट घोराहीतर्फ आउँदै गरेको रा १ ख ११७१ नम्बरको टिप्परले सोही दिशाबाट आउँदै गरेको रा १ ब ५८७ नम्बरको मोटरसाईकलमा सवार चौधरीको पौने ६ बजेतिर टिप्परले ठक्कर दिदा गम्भीर घाईते भएका घोराही उपमहानगरपालिका वडा नं. ४ निवासी चौधरीको उपचारका लागि लमही लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार