बसले किच्दा एकजनाको मृत्यु

मंसिर ०५, २०७६  |  २२४ पटक पढिएको  |   साक्षी खबर

५ मंसिर, लमही (दाङ) / दाङको लमहीमा बसले किच्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । लमही नगरपालिका वडा नं ५ बसपार्कमा बसबाट झर्ने क्रममा पछाडिको टायरले किच्दा प्युठान माण्डबी गाउँपालिका वडा नं. ४ निवासी ४६ वर्षिय पवित्रा सुनारको मृत्यु भएको हो ।

घाइते भएकी सुनारको लमही अस्पतालमा प्राथमिक उपचारपछी थप उपचारको लागि बुटवल लगिएको थियो । उपचारको क्रममा आज सुनारको मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रज्वल थपलियाले जानकारी दिए ।

बस र चालकलाई वडा प्रहरी कार्यालयल लमहीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार