२०७९ माघ १३, शुक्रबार

“शान्ति सुरक्षामा हामी प्रतिबद्ध छौं” – प्रहरी नायव निरिक्षक केसी

चैत्र ०४, २०७५  | ११८८ पटक पढिएको

भरखरै अन्यत्रबाट सरुवाभई दाङको प्रहरी चौकी हेमन्तपुरमा आउनुभएका प्रहरी नायव निरिक्षक धन बहादुर केसीले यस क्षेत्रको शान्ती सुरक्षामा हामी प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रहरी चौकी हेमन्तपुरले आयोजना गरेको स्वागत तथा परिचायत्मक कार्यक्रममा बोल्दै प्रहरी नायव निरिक्षक केसीले भन्नु भयो – यस क्षेत्रको शान्ती सुरक्षामा आफूलगाएत सिंगो प्रहरी दिनरात खटिने जानकारी गराउनु भएको थियो । प्रहरी र यहाँका व्यवसायी, समाजेवी, राजनीतिक दल, स्थानीय जनप्रतिनिधिको सम्बन्ध समुधर भएको र आगामी दिनहरुमा पनि यसरी एक अर्कामा सहयोगी वन्नु पर्ने कुरामा जोड दिएका थिए ।

कार्यक्रममा यस क्षेत्रको क्षेत्राधिकार ठुलो र यहाँको सुरक्षाकर्मिको अभावमा घटनास्थलमा पुग्न अलि कठिन हुने भन्दै यस तर्फ पनि प्रहरी प्रहरी नायव निरिक्षक केसिलाई ध्यानाकर्षण गराएका थिए । विजौरी उद्योग वाणिज्य संघका अध्यक्ष मुकेश वलीले यस क्षेत्रमा लागु पदार्थ गर्ने युवाहरुलाई र जुवा खेल्नेलाई वढि निगरानी गर्नहुन अनुरोध गर्नुभएको थियो । त्यसै गरि राप्ती अञ्चल ट्रक व्यवसायी समितिका वरिष्ट उपाध्यक्ष प्रेमनाथ योगीले यस क्षेत्रमा चन्दा आतङ्क हुने सक्ने सम्भावना भएकोले यसमा पनि चासो दिन आग्रह गर्नु भयो ।

तुल्सीपुर उपमहानगर पालिका वडा नं. १६ का वडाध्यक्ष भुपबहादुर केसीले या क्षेत्रमा वढि सुरक्षाको साथसाथै जनचेतनामूलक कार्यक्रमको पनि आवश्यक भएको भन्दै अव यस क्षेत्रमा ट्राफिक सम्वन्धि चेतनामूलक कार्यक्रम गर्न आग्रह गर्नु भएको थियो। त्यसै गरि तुल्सीपुर उपमहानगर पालिका वडा नं. १७ का वडाध्यक्ष थलराज पुरीले यस क्षेत्रमा प्रहरी नायव निरिक्षकको आगमन हुदै गर्दा यहाँ सुरक्षाको पनि प्रत्याभूति हुन सकोस भन्नु भयो । कार्यक्रममा नेपाली कांग्रेसका साविक इकाई सभापति हिमबहादुर डाँगी, नेकपाका डिल्ली पुन, दलवहादुर महत, महिला अधिकार कर्मी चित्रा धिताल, नयाँ पाईला पुस्नस्थापना केन्द्र विजौरीका यम प्रसाद खराल लगाएतकाले शुभकामना व्यक्त गरेका थिए ।

हाल उक्त हेमन्तपुर प्रहरी चौकीमा ३ जना प्रहरी जवान, ३ जना हवल्दार र १ जना प्रहरी नायव निरिक्षक रहेका छन । यस क्षेत्रका लागि कम्तीमा १५ जनाको जनशक्ति रहेकोमा ७ जना हुदाँ यस क्षेत्र तुल्सीपुर उपमहानगर पालिका वडा नं.१६, १७, १८ र १९ वडाहरु रहको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस