२०७९ माघ २१, शनिबार

बस दुर्घटनामा १ को मृत्यु २९ घाइते

चैत्र ०४, २०७५  | १०९५ पटक पढिएको

४ चैत, दाङ / दाङमा भएको बस दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । दुर्घटनामा परी बसका सहचालकको मृत्यु भएको छ । रुण्टी गाउँपालिका वडा नम्बर ७ रोल्पा बस्ने २२ वर्षिय बसका सहचालक हर्कबहादुर पुनको उपचारको क्रममा मृत्यु भएको हो ।

रोल्पाबाट दाङतर्फ आउँदै गरेको ना ४ ख ६०९४ नम्वरको यात्रुबाहक बस घोराही उपमहानगरपालिका वडा नं. १३ बाह्रेकुने दहभन्दा एक किलोमिटर उत्तरमा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी प्रमुख एवं एसपी बेलबहादुर पाण्डे अनुसार बसमा कुल ३४ यात्रु रहेका थिए ।

साढे ३ बजेतिर भएको दुर्घटनामा परि घाइते भएकाहरुको उद्धार जारी रहेको तथा त्यसमध्ये अधिकांशलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उचारको लागि ल्याइ सकिएको एसपी पाण्डेले जानकारी दिए । गम्भीर घाइते भएकाहरुलाई रेफर गर्ने तयारी भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस