एक दिने महामारी तथा प्रकोप जन्य रोगहरुको अवस्था सम्बन्धि कार्यक्रम सम्पन्न

कार्तिक २९, २०७६  |  ८१ पटक पढिएको  |   साक्षी खबर

– निराश पाण्डे
२९ कार्तिक, शान्तिनगर (दाङ) / शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा चिराघाटको आयोजनामा एक दिने महामारी तथा प्रकोप जन्य रोगहरुको अवस्था पिआर टि एवं सिआर आर टि परिचालन सम्बन्धि प्रथम चौमासिक रिभ्यु कार्यक्रम आज शान्तिनगरको चिराघाटमा सप्पन्न भएको छ ।

सामाजिक विकास समितिका संयोजक धन बहादुर केसीको अध्यक्षता एवं शान्तिनगर गाउँपालिकाकी उपाध्यक्ष मिथिला शाहको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रममा महामारी हुनुपूर्व के गर्ने ? त्यसको सावधानी कसरी अपनाउने ? विषयमा स्वास्थ्य शाखाका संयोजक हरि पुनले प्रशिक्षण दिएका थिए भने कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, पत्रकार र स्वयं सेविकाको सहभागिता रहेको थियो ।

त्यसै गरी शान्तिनगर गाउँपालिका स्वास्थ्य शाखा चिराघाटको आयोजना एवं स्वास्थ्यका लागि सक्षम प्रणाली, ओरेक नेपाल र सुआहाराको प्राविधिक सहयोगमा एक दिने आधारभूत स्वास्थ्य पोषण तथा सरसफाई ऐन विषयक कार्यक्रम चिराघाटमा सप्पन्न भएको छ ।

कार्यक्रममा स्वास्थ्यका लागि सक्षम प्रणालिकि कार्यक्रम अधिकृत सविता पोख्रेलले कार्यक्रमको बारेमा प्रकाश पारेकी थिइन् भने कार्यक्रमको सहजीकरण ओरेक नेपाल कि दिपा धिताल र सुआहाराका लिल बहादुर नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार