घरनक्सा निर्माणको कार्यलाई कडाइ र जेष्ठ नागरिकहरुको सम्मान

कार्तिक २९, २०७६  |  १७२ पटक पढिएको

– तिर्थराज ज्ञवाली
२९ कार्तिक, मसुरीया (देउखुरी दाङ) / राप्ती गाउँपालिका गाउँकार्यपालिकाको बैठकले घरनक्सा निर्माणको कार्यलाई कडाईका साथ तिव्रता दिने निर्णय गरेको छ ।

शुक्रवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा बसेको बैठकले वडा गत रुपमा रहेका घरनक्साहरुको अभिलेखीकरणको प्रक्रियालाई तिब्रता दिने र सम्पुर्ण घरको अभिलेखीकरण गर्न नागरिकमा जानकारी गर्ने निर्णय गरेको छ ।

बैठकले जेष्ठ नागरिकहरुको सम्मानका लागि बढि उमेर क्रमबाट रहेका जेष्ठ नागरिकको उचित स्हार सुसार गर्ने परिवारलाई सम्मान तथा न्यानो कपडा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।

बैठकले सडक बोर्ड नेपालद्वारा स्वीकृत बजेटवाट वडा नं ५ को भुल्के जाने र खुरुरीया जाने वाटोमा पुलपुलेसा निमार्ण गर्ने, श्रीनारायण चोकबाट देविकोट जाने बाटोमा कार्यरत कर्मचारीको सेवा सुविधा उपलब्ध गराउने, खानेपानी तथा सरसफाई तथा स्वच्छता कार्यविधि अनुसार कार्यक्रम कार्यान्वयन गर्ने, दाङ मार्सल आर्टसलाई सहयोग गर्ने, वडा गत रुपमा योजना कार्यान्वयन गर्ने निर्णय गरिएको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार