‘विद्यालयको शैक्षिक सुधारमा विद्यालय आफै सरिक बन्दै’

कार्तिक २९, २०७६  |  ११९ पटक पढिएको  |   साक्षी खबर

– बालकृष्ण पाण्डे
– २९ कार्तिक, दाङ । बबई गाउँपलिकाले राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम सञ्चालन भएका विद्यालयहरुको संयूक्त अनुगमन गरेको छ । अनुगमनका क्रममा पढाई कार्यक्रम सञ्चालन भएका बिद्यालयमा शिक्षणमा प्रगति भएको पाईको छ । संयूक्त अनुगमनको क्रममा विद्यालयले गरेका नयाँ अभ्यास तथा उत्कृष्ठ योजनाहरुको बारेमा विद्यालयहरुले जानकारी गराएका थिए ।

विद्यालयको शैक्षिक सुधारका लागि विद्यालय कक्षाकोठामा मोबाइल प्रतिबन्ध, कार्यालयमै रहेको मोबाइल कर्नरमा मोबाइल राख्ने व्यवस्था अनि कमजोर विद्यार्थीको लागि उपचारात्मक कक्षा, कक्षाकोठामा सन्दर्भ सामाग्रीको उच्चतम प्रग्योग, विद्यालय आउने अभिभावकको रेकर्ड, विद्यार्थीलाई गित, खेल, कथा र नाटकको माध्यमबाट शिक्षण । विद्यार्थीहरूको पठन वेग कक्षामै जाँच गर्न सुरु गरेको जस्ता योजना निर्माण गरि विद्यालय सञ्चालन गरेको पाईएको बबई गाउँपालिका अध्यक्ष भुवनेस्वर पौडेलले जानकारी दिएका छन् ।

त्यस्तै राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रम सञ्चालन भएका विद्यालयहरुमा पढाईमेला, पढाईकुना, पढार्इ सामग्री बनाउने जस्ता काम विद्यालय आफैले कार्ययोजना बनाएर सुरु गर्ने गरेको बताइएको छ । कार्यक्रमले बालबालिकाको सिकाईमा अत्याधिक फरक आएको बताइएको छ । बबई गाउँपालिका ५ का जनता आधारभूत विद्यालय बबरपुर र जनकल्याण मावि पदमपुर त्यस्तै बबई ६ का मावि कौसिलापुर र सुधा शाह आधारभूत विद्यालय कटकुइयामा संयूक्त अनुगमन गरिएको थियो ।

अनुगमनमा गाउँपालिका अध्यक्ष भुवनेश्वर पौडेल, उपाध्यक्ष सावित्रा विश्वकर्मा, शिक्षाशाखा प्रमुख मोहनलाल दाहाल, इजि आर पि नेपालगन्ज प्रतिनिधि राजेश सोनि, कार्यक्रम अधिकृत पुरुषोत्तम गिरि, उपसंयोजक जीतबहादुर केसी, बेसका कार्यवाहक अध्यक्ष डेफुलाल चौधरी, इजिआरपिका दिपलाल चौधरी, पारस चौधरी बबई गाउँपालिकाका प्रेस संयोजक बालकृष्ण पाण्डे लगायतकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार