‘रेडियोग्राफिको स्थापना दिवसमा फलफूल वितरण’

कार्तिक २२, २०७६  |  १३७ पटक पढिएको  |   साक्षी खबर

२२ कार्तिक, तुलसीपुर / नेपाल रेडियोलोजि सोसाईटी जिल्ला कार्यसमिति दाङले शुक्रबार विश्व स्वाथ्य रेडियोग्राफिको स्थापना दिवसमा प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीका बिरामीहरुलाई फलफूल वितरण गरेको छ ।

नेपाल रेडियोलोजि सोसाईटि दाङका अध्यक्ष प्रेम वलीको सभापतित्व तथा प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङका प्रमुख डा. रामकामेश्वर ठाकुरको प्रमुख आथित्यता एवं सोनुलोजिस्ट डा. महेश कुमार खनालको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको फलफूल वितरण कार्यक्रमा प्रमुख अतिथि ठाकुरले नेपाल संघिय संरचनामा गएकोले विभिन्न ठाँउ ठाँउमा रेडियोग्राफिस् पुग्नु पर्ने बताएका थिए ।

कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरीमा भर्ना भएका १९ जना बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।
कार्यक्रमको संचालन जिल्ला सचिव सुर्यकुमार आचार्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार