निबन्ध प्रतियोगितामा वली प्रथम

कार्तिक २२, २०७६  |  ८४ पटक पढिएको  |   साक्षी खबर

२२ कार्तिक, हापुर (दाङ) / बबई गाउँपालिका शिक्षा शाखाको आयोजनामा माध्यमिक विद्यालयस्तरीय निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा बबई गाउँपालिका वडा नम्बर ४ मा रहको पिपुल्स ल्याण्ड सेकेन्डरी बोर्डिङ स्कुलकी छात्रा बन्दना वली प्रथम, जनकल्याण माध्यमिक विद्यालय पदमपुरकी छात्रा पूजा शर्मा द्वितीय र सोही विद्यालयका छात्र बसन्त शर्माले तृतीय स्थान हासिल गरेका थिए । त्यसैगरी पुरन्धारा एकेडेमीका छात्रा सामना सुनारले शान्त्वना भएकी हुन् ।

शिक्षा शाखाका संयोजक मोहनलाल दाहालको अध्यक्षता तथा बबई गाउँपालिका सामाजिक विकास समितिका संयोजक टेकबहादुर वलीको प्रमुख आतिथ्यतामा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको थियो ।

‘जीवन उपयोगी शिक्षा आजको आवश्यकता’ शीर्षकमा निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा प्रथमलाई नगद पाँच हजार, द्वितीय स्थान हासिल गर्नेलाई चार हजार, तृतीय स्थान हासिल गर्नेलाई तीन हजार र सान्त्वना प्राप्त गर्नेलाई दुई हजार नगद सहित प्रमाण पत्र वितरण गरिएको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षा शाखाका सहसंयोजक जीतबहादुर केसीले गरेका थिए । कार्यक्रममा बबई गाउँपालिकामा संस्थागत र सामुदायिक विद्यालयका १६ जना छात्र छात्राको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार