“लायन्स क्लब संसारकै उत्कृष्ट सामाजिक संस्था हो” – राष्ट्रिय सभा सदस्य वलि

कार्तिक २२, २०७६  |  २१४ पटक पढिएको  |   साक्षी खबर

– शरद रेग्मी
२२ कार्तिक, तुलसीपुर / राष्ट्रिय सभा सदस्य कोमल वलिले लायन्स क्लब संसारकै उत्कृष्ट सामाजिक संस्था भएको बताएकी छिन् ।
राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा लायन्स क्लबका लाखौं सदस्यहरु हामी सेवा गर्छौं भनेर संवत्ः स्फुर्तरुपमा फिल्डमा आएको देख्दा निकै खुसि र गौरवको अनुभूति भएको बताइन् ।

लायन्स क्लब अफ दाङले तुलसीपुर स्थित कालिका देवि रक्त सञ्चार केन्द्रमा आयोजना गरेको रक्तदान कार्यक्रममा उदघाटन समारोहमा बोल्दै राष्ट्रियसभा सदस्य वलिले लायन्स क्लबले स्वास्थ र शिक्षाको क्षेत्रमा नेपालमा महत्त्वपूर्ण भूमिका खेल्न सफल भएको भन्दै प्रशंसा व्यक्त गरिन् ।

लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञबहादुर केसीको अध्यक्षता एवं राष्ट्रिय सभा सदस्य कोमल वलिको प्रमुख अतित्थ्यमा भएको कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिहरु ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपि हरिहरनाथ योगि, डिस्ट्रिकको एडभमईजर बिनोद कुमार श्रेष्ठ, तुलसीपुर उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष बिमल रिजाल, रक्त सञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपाने लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।

सो अवसरमा डिएसपि हरिहरनाथ योगी, उद्योगपति बिमल रिजाल, रिपोर्टस् क्लब दाङका अध्यक्ष शरद रेग्मी, लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञबहादुर के.सी., डाक्टर घनश्याम शर्मा लगायतले रक्तदान गरेका थिए ।

त्यसैगरी सचिव भागवत घिमिरे, डम्बर डमगि, मोहन खड्का, कविता के.सी., रमेश के.सी, देवेन्द्र मल्ल, धन प्रसाद खड्का, यादव शर्मा लगायतले रक्तदान गरेका थिए । यता रक्त सञ्चार केन्द्र दाङले पछिल्लो समय जिल्लामा रगतको माग अत्यधिक भएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार