‘रामघाट मेलाको अवसरमा साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी’

कार्तिक २१, २०७६  |  ५४ पटक पढिएको  |   साक्षी खबर

– तिर्थराज ज्ञवाली
२१ कार्तिक, सिसहनिया (देउखुरी दाङ) । कला संस्कृतिको जगेर्ना गर्दै मेला तथा परम्पराको संरक्षणका लागि राप्ती गाउँपालिका वडा नं. ७ को कार्यालयले रामघाट मेलाको अवसरमा साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनीको आयोजना गर्ने भएको छ ।

वडा नं. ७ को बड्का सिसहनिया, छुट्की सिसहनिया, जकपुर, अर्नाहनपुर, जितपुर र भानपुर गाउँका टोल स्तरिय समुहले स्थानीय कला संस्कृति संरक्षणका लागि साँस्कृतिक प्रस्तुतिहरु प्रदर्शनका साथमा कृषि उत्पादन प्रदर्शनी गर्ने कार्यक्रम रहेको वडा अध्यक्ष विद्याशरण चौधरीले जानकारी दिएका छन् ।
अध्यक्ष विद्याशरण चौधरीले जानकारी दिएअनुसार धार्मीक पर्व रामघाट स्नान र रामघाट मेलाको अवसरमा कार्तिक २५ गते देखि २७ गते सम्म साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनी आयोजना गरिने, २५ गते गाउँ टोल स्तरिय साँस्कृतिक कार्यक्रम, २६ गते राष्ट्रिय स्तरका थारु कलाकारबाट सांगेतिक प्रस्तुति र २७ गते पुरस्कार वितरण तथा युवा क्लवहरुको प्रस्तुति रहेको बताएका छन् ।

साँस्कृतिक कार्यक्रम तथा कृषि प्रदर्शनीको अवसरमा वडा नं. ७ मा बसोवास गर्ने विभिन्न जातजाति, भाषाभाषिहरुको साँस्कृतिक प्रस्तुति र ६ गाउँका उत्कृष्ट कृषकले उत्पादन गरेको कृषि बाली प्रदर्शन गरिने साथै रमाईलोका लागि मेला आयोजना हुने वडा सदस्य भिमलाल चौधरीले जानकारी दिएका छन् ।

राप्ती गाउँपालिका वडा नं. ७ को यस आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुसार तिन दिन साँस्कृतिक तथा कृषि प्रर्दशनिको आयोजना गरिएको वडा सचिव राजेन्द्र चौधरीले जानकारी दिएका छन् ।

वडा कार्यालयले आयोजना गरेको साँस्कृतिक तथा कृषि प्रर्दशनि तथा परस्परागत रामघाट मेला अवलोकन गरि ज्ञान, मनोरञ्जन तथा कला संस्कृतिको संरक्षणमा योगदान दिन वडा सदस्य नित्यानन्द शर्माले सम्पुर्णमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार