चिया नियमित पिउनाले दिमागी स्वास्थ्यको लागि उपयोगी

कार्तिक २०, २०७६  |  ९१ पटक पढिएको  |   साक्षी खबर

२० कार्तिक, काठमाडौं / चिया नियमित पिउनाले दिमागी स्वास्थ्यको लागि फाइदा हुने एक अनुसन्धान प्रतिवेदनले जनाएको छ ।
सिंगापुरस्थित नेसनल विश्वविद्यालयले गरेको अनुसन्धानमा चियाले दिमागलाई स्वस्थ राख्ने निष्कर्ष निकालेको हो ।
वैज्ञानिकहरुले न्यूरोइमेजिङ विधि प्रयोग गर्र्दै चियाको प्रभावकारी उपयोगिता पत्ता लगाएका थिए ।

चियाको मात्राको आधारमा केही दिमागी गुणहरुमा फरक आएको उनीहरुले उल्लेख गरेका छन् ।

अनुुसन्धानकर्ताहरुले यसबारे पत्ता लगाउन सूचकको रुपमा दुईवटा समूहमा स्वय्मसेवकहरु परिचालित गरिएको थियो ।
अत्याधिक मात्रामा चिया पिउने समूह र कम चिया पिउने अर्को समूह ।

चियाले रगत सञ्चालनसम्बन्धि प्रणालीलाई मद्दत पु¥याउनुको साथै तातो चियाले ग्लाउकोमा रोगलाई फाइदा पुग्न सक्ने कुरा पनि पत्ता लगाएको छ ।

प्रतिक्रिया दिनुहोस