२०७९ माघ २१, शनिबार

नेपालको पहिचान हिन्दु राष्ट्र – अध्यक्ष राणा

चैत्र ०३, २०७५  | १४८५ पटक पढिएको

विचार मिल्नेहरुसंग एकता खुला

(दाङ चैत्र ३)
राष्ट्रिय प्रजातन्त्र पाटी (सयुक्त)का अध्यक्ष पुशपति शम्शेर राणाले नेपालको पहिचान हिन्दु राष्ट्र भएको बताएका छन । दाङको घोराहीमा आयोजना गरिैको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष राणाले नेपालको पहिचानका रुपमा रहेको हिन्दु राष्ट्रलाई नेपाली काग्रेस र कम्युनिष्टहरुले फाल्ने काम गरेको बताए । सबैलाई समेट्ने गरेर राजसंस्था चाहीने भन्दै राजसंस्था सहितको हिन्दु राष्ट्रका लागि आन्दालनका लागि तयार रहन कार्यकर्ताहरुलाई अध्यक्ष राणाले निर्देशन दिए ।
जनताले राजसंस्था चाहेको भन्दै आफ्नो पार्टिसंग विचार मिल्नेहरुसंग एकता खुला रहेको पनि बताए । उनले कमल थापा नेतृत्वको राप्रपाको आफ्नै दम्भ र घमण्डका कारण एकता टुंगोमा पुग्न नसकेको चर्चा गर्दै बैकल्पीक प्रजातान्त्रिक शक्ति बनाउनेक्रममा थापा नेतृत्वको राप्रपासंग पनि एकता हुने विचार ब्यक्त गरे । उनले सिके राउतका गतिविधि ठिक नरहेको भन्दै उनिप्रती निगरानि बढाउन पनि सरकारलाई आग्रह गरे । अध्यक्ष राणाले सरकारले सिके राउतसंग सहमति गरेर ठुलो काम गरेजस्तो गरेर गर्जिए पनि विखण्डनको विउलाई संस्थागत गर्न खोजेको आरोप लगाए । उनले सिके राउतसंग सहमति गरेर प्रधानमन्त्रि केपि शर्मा ओलिको राष्ट्रवाद पनि सकिएको र आफै अलमलिएको पनि दावि गरे । उनले संसद भित्र र वाहीरका सबै शक्तिहरुसंग आफ्नो पार्टिको विचार कार्य दिशा मिल्नेसंग छलफल हुने र जनताका जनजिविकाका सवालहरुलाई उठाउने सन्दर्भमा सबैसंग मिलेर जाने विचार ब्यक्त गरे ।


विश्व समुदायमा नेपालको पहिचानका रुपमा रहेको हिन्दु राष्ट्र पुनःस्थापनाका लागि राप्रपा लागेको बताए । ‘नेपाल र नेपालीको पहिचान भनेको हिन्दु राष्ट्र हो,तर त्यो नेपाली काग्रेस र कम्युनिष्टवाट मास्ने काम भयो’,अध्यक्ष राणाले भने,‘जनताको चाहना अहिलेपनि हिन्दु राष्ट्र भएकाले आफुहरु हिन्दु राष्ट्र पुनःस्थापनाको आन्दोलनमा लागेको हौ ’ हिन्दु राष्ट्र निर्माणका लागि संगठनलाई दिगो र दरिलो रुपमा केन्द्रदेखि वडास्तरसम्म गठन गर्ने बताए ।
त्यस्तै अध्यक्ष राणाले अहिलेको सरकार भष्ट्राचारमा डुङडुङती गन्नाउने भएको बताएका छन । जनताले दुईतिहाईको सरकारवाट ठुलो परिवर्तनको आशा गरेपनि सरकार केन्द्रदेखि वडातहसम्म भष्ट्राचार विकेन्द्रीकरण गर्ने काममा संलग्न भएको बताए ।
त्यस्तै राष्ट्रिय प्रजतान्त्र पार्टी सयुक्तका सहअध्यक्ष प्रकाशचन्द लोहनीले प्रजाान्त्रिक अभ्यासको नाममा अधिनायकवाद लाग्ने काम गरेको बताएका थिए । मुलुकलाई अधिनायकवादबाट बचाउनकालागि सरकारी गतल क्रियाकलापहरुको विरोधमा पार्टी लागेको बताए । त्यस्तै उनले बर्तमान सरकार सुशासनका कुरा गर्ने तर आफुले कुसशासनका काम गर्ने गरेको समेत बताए । उनले कमल थापाले हलो चुनाव चिन्ह माने भोलि नै पार्टि एकता गर्न तयार रहेको बताए ।
उनले कमल थापाको दम्भ र घमण्डसंगै सत्तालोलुप सबैलाई स्पष्टरुपमा थाहा भइसकेको भन्दै अव पनि जनतालाई झुक्याएर एक्लै अगाडि बढ्न खोजे कसैले नपत्याउने समेत दावि गरे । निरङ्कुशता सोचले पार्टि नचल्ने भन्दै राप्रपा संयुक्तसगको एकताको आधार मोडेल रहेको हलो चुनाव चिन्ह मानेमा जसरी पनि एकता गर्न आफुहरु तयार रहेको पनि लोहनिले सुनाए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस