राप्ती आँखा अस्पताललाई अध्ययन अनुसन्धान केन्द्र बनाउनुपर्ने

कार्तिक १६, २०७६  |  १०३ पटक पढिएको  |   साक्षी खबर

तुलसीपुर, १६ कात्तिक 

नेपाल नेत्रज्योति संघ दाङद्धारा सञ्चालीत आँखा अस्पताललाई अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकाश गर्नुपर्ने बताएको छ । हाल आँखा स्वास्थ्य सेवा प्रदायक अस्पतालले सञ्चालन गरेको नेत्रसहायक कक्षाका साथै नेत्रविशेषज्ञ उत्पादनका साथै आँखाको अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकाश गर्नुपर्ने सहभागीहरुले बताएका थिए । नेपाल नेत्रज्योति संघ दाङको १७ औं साधारण सभामा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले राप्ती आँखा अस्पताललाई आँखा स्वास्थ्य सेवा प्रदायक निकायमात्र नभई अध्ययन अनुसन्धान तर्फ बिकास पर्ने बताए ।

उनले आँखा सम्बन्धि बिशेषज्ञ उत्पादन गर्नका लागि पहल गर्न र आबश्यक परेको रकम उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्तगरे । ‘अध्ययन र अनुसन्धान सँगसँगै समाजिक उद्यमशीलता बनाउनुपर्छ उनले भने । ’ त्यसका लागि यहीनै आवश्यक चश्मा उत्पादन गर्नका लागि उपमहानगरले आर्थिक सहयोग गर्ने बताए । ‘हामीहरुले यस बर्ष ५० लाख भौतिक निर्माणका लागि सहयोग गरेकाछौ त्यसका साथै उद्यमशीलताको लागि पनि सहयोग गर्न तयारछौं प्रमुख पाण्डेले भने । उनले त्यसको लागि योजना वनायर आफुहरुलाई पेशगर्न पनि अनुरोध गरे ।

त्यस्तै उनले आँखाका विरामीहरुले अनलाइन टिकट काटने व्यवस्थापनका लागि सप्टवयर जडान गर्नपनि सुझाव दिए । उनले तुलसीपुरलाई दृष्टिविहिन मैत्री शहर बनाउन पनि सहयोग गर्ने बताए । नेपाल नेत्रज्योति संघ दाङका सभापति कृष्णकुमार गिरीको अध्यक्षता तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यता एव सल्यानको त्रिबेणी गाँउपालिकाका अध्यक्ष मान बहादुर डाँगीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रमा बोल्दै डाँगीले नेत्रज्योति संघ अन्तर्गतबाट सञ्चालित आँखा अस्पताल तथा केन्द्रको दिर्घकालीन बिकासका लागि नीतिगत ब्यबस्थाका साथ स्थानीयपालिकाहरुसँग सहकार्य र साझेदारिको रणनीति अपउनाउनु पर्ने सुझाब दिए । नेत्रहिन संघ दाङका अध्यक्ष रामबहादुर खड्काले राप्ती आँखा अस्पताल र नेत्रहिन संघको साझेदारीमा द्धष्टिबिहीन मैत्री शहरका बनाउने प्रयत्नमा लागेको जानकारी दिए ।

कार्यक्रममा नेपाली काग्रेस दाङ क्षेत्र नम्वर ३(क)का सभापति घनश्याम ढकाल,नेपाल नेत्र ज्योति संघका सल्लाहकार एबम तुलसीपुर नगरपालिकाका पूर्ब मेयर ढुण्डीराज लामिछाने,नेपाल नेत्र ज्योति संघका प्रदेश कोषाध्यक्ष लिला शाह,मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिब सुशील बस्नेत,गुरु जजुर उच्च माबिका प्रधानाध्यापक प्रमोद आचार्य लगायतले नेत्र ज्योति संघले २०३५ सालदेखि खेलेको भूमिकाको अतुल्नीय रहेको बताएका थिए । कार्यक्रममा बोल्दै संघका सभापति कृष्णकुमार गिरीले संघद्धारा सञ्चालीत तीनवटै अस्पतालको गुरुयोजनाबमोजिम भौतिक पूर्वाधारको विकास गर्ने, अस्पताललाई ‘टर्सरी वि लेबल’ का रुपमा स्तरवृद्धि गर्ने, सन् २०२४ सम्ममा आत्मनिर्भर बनाउने योजनासाथ अगाडि बढेको बताए । दातृनिकाय संस्थाको चाहना बमोजिम आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जलाई आत्मनिर्भर गराउने र केन्द्रीय, प्रदेश तथा स्थानीय सरकारसमक्ष दीर्घकालीन योजनाका लागि पैरवी कार्यक्रमलाई जोड दिइएको उनले बताए । ‘ सभापति गिरीले दातृनिकायको सहयोग संग संगै स्थानीयहरु संग पनि सहयकार्य गरेर अन्धोपन निवारणमा आफुहरु लागेको बताए । कार्यक्रममा अस्पतालको गतिविधिहरु प्रकास पादै आँखा अस्पतालका बरिष्ठ प्रशासकिय अधिकृत सम्शेर थापाले नेपालमा द्धष्टिबिहिनाताको प्रमुख समस्याहरु मध्ये अन्धोपन हेरक दिन १ सय २५ जनाले दृष्टि गुमाई रहेको र त्यस मध्ये ७ वटा वालबिलकाहरु हरु रहेको तथ्यांक प्रस्तुत गरेका थिए ।

नेपाल नेत्रज्योति संघ दाङअन्तर्गत सञ्चालित राप्ती आँखा अस्पताल तथा यसअन्तर्गतका अस्पताल र उपचार केन्द्रले हालसम्म २७ लाख ७६ हजार २८४ जनालाई आँखा उपचार सेवा उपलब्ध गराएको बताए । त्यस्तै हाल सम्म १ लाख ७६ हजार बढी मोतियाविन्दुको शल्यक्रिया गरि उज्यालो प्रदान गरेको उनले बताए । दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर, आँखा उपचारसम्बन्धी सचेतना तालीम सञ्चालन गर्नुका साथै राप्तीमा रहेको ०.८७ प्रतिशत अन्धोपनलाई घटाएर हाल ०.१३ प्रतिशतमा ल्याउन सफल भएको थापाले बताए । साधारण सभा प्रगति प्रतिवेदन आगामी कार्यक्रम र हाल सम्म संघले गरेका गतिविधिहरु सचिब सुरेन्द्र खड्काले प्रस्तुत गरेका थिए । त्यस्तै कोषाध्यक्ष श्यामप्रकाश आचार्यले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

संघका उपसभापति रेशमबहादुर खड्काले स्वागत मन्तब्य र सहजिकरण सचिब सुरेन्द्र खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार