फुटवल, क्रिकेट र ब्याडमिन्टन प्रतियोगीता सुरु

कार्तिक ०६, २०७६  |  १५७ पटक पढिएको  |   साक्षी खबर

– तिर्थराज ज्ञवाली
६ कात्तिक, कात्तिक, पाखापानी (देउखुरी दाङ) / राप्ती गाउँपालिका वडा नं. १ मा फुटबल, क्रिकेट र ब्याडमिन्टन प्रतियोगीताको बुधबार पाखापानी क्रिकेट मैदानमा उद्घाटन गरि सुरु गरिएको छ ।

राप्ती गाउँपालिकाका युवाहरुलाई लक्षित गरि आयोजना गरिएको प्रतियोगीताको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदिले उद्घाटन गरेका हुन् ।

तिन दिन सम्म चल्ने प्रतियोगीतामा नेपाल राट्रिय माध्यमिक विद्यालयको खेल मैदानमा फुटबल, पाखापानी खेल मैदानमा क्रिकेट र पुल्चोकको शिव मन्दिर परिसरको कोर्टमा ब्याडमिन्टन खेल गराईने भएको छ ।

वडा नं. १ मा आयोजित फुटवल प्रतियोगीतामा ७ टिम, क्रिकेट प्रतियोगीतामा ७ टिम र ब्याडमिन्टन प्रतियोगीतामा ९ टिमले सहभागीता जनाएका छन् ।

वडा अध्यक्ष तारा बहादुर डिसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा आगामी दिनमा भलिबल, कँराते लगायत खेलको प्रतियोगीता समेत आयोजना गरिने बताईएको छ ।

प्रतियोगीतालाई उत्साहित बनाउन भूतपूर्व सैनिक संघले क्रिकेट खेलाडीहरुलाई ड्रेशको व्यवस्था मिलाईदिएको छ । खेलमा विजयी खेल समुहलाई मनग्य नगद, प्रमाणपत्र र शिल्ड मेडलले पुरस्कृत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस