गायक दुर्गेश थापाको तिहार लक्षित गीत विवादित भए पछि पक्राउ

कार्तिक ०५, २०७६  |  १३९ पटक पढिएको  |   साक्षी खबर

५ कात्तिक, काठमाडौं / हरितालिका तीजपछि निक्कै चर्चित बनेका गायक दुर्गेश थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो वबर्षको तिजमा हामी पनि नाँच्नु पर्छ बिचबिचमा गीतबाट निक्कै चर्चित बनेका थापालाई प्रहरीले मंगलवार पक्राउ गरेको महानगरिय अपराध अनुसन्धान महाशाखाका एसएसपी सहकुलबहादुर थापाले बताए ।

गायक थापाले तिहारको ऐतिहासिकमाथि प्रश्न उठाउने खालको तिहार गित सार्वजनिक गरेका थिए । विवादित ‘तिहार गीत’ लाई लिएर गायक थापामाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

गीत चाँडै लोकप्रियता पाए पनि यसका केही शब्दहरुलाई लिएर आलोचना भएको छ । आलोचनात्मक प्रतिक्रिया आएपछि कमेन्टलाई युट्यूवको कमेन्ट बक्सबाट नै हटाइएको थियो ।

प्रतिक्रिया दिनुहोस