२०७९ माघ १३, शुक्रबार

बच्चाको मनोबिज्ञानमा ध्यान दिऔं : डा. कडेल

चैत्र ०२, २०७५  | १६०१ पटक पढिएको

तुलसीपुर, २ चैत
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवागाउँमा रहेको गोरखा माध्यामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीका अभिभावकहरुलाई सचेतना प्रदान गरिएको छ । बिद्यालयको आयोजनामा शनिबार तुलसीपुरमा कार्यक्रम गरि बच्चाको मनोबिज्ञानले पढाईमा पर्ने प्रभाबका बारेमा अभिभावकलाई जानकारी गराईएको हो । त्यस अवसरमा मनोबिद डा. ईश्वर कंडेल मनोबैज्ञानिक अभिभाबकलाई चेतना प्रदान गरेका हुन् । त्यस अवसरमा उनले बालबलिकाको मनोबिज्ञानमा ध्यान दिनुपर्ने बताए । उनले बालबालिकाको मनोबिज्ञानलाई ध्यान नदिएमा उनीहरुको भबिष्यमा समेत ठूलो असर पर्ने बताए ।
बिद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अध्ययनरत बिद्यार्थीहरुका अभिभावकलाई शिक्षा प्रदान गरिएको बिद्यालयका निमित्त कार्यकारी अधिकृत दुर्गाबहादुर केसीले बताए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस