२०७९ माघ २६, बिहीबार

विपन्न ५० जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण

चैत्र ०२, २०७५  | १६८२ पटक पढिएको

– बिमल योगी
२ चैत्र, दाङ / दाङको घोराही उप महानगरपालिका वडा नम्वर ७ ले ५० जना बिपन्न बालबालिकालाई शैक्षिक सामाग्री र पोशाक वितरण गरेको छ । वडाले आज शनिवार सौडियारमा एक कार्यक्रमको आयोजना गरी ५० जना विपन्न बालबालिकालाई सामाग्री वितरण गरेको हो ।

वडाको चालु आ.व. २०७५/०७६ का लागि विनियोजित कार्यक्रम अन्तर्गत उनिहरुलाई एक थान झोला, एक जोडा पोशाक, एक पाकेट डटपेन र एक दर्जन कापी वितरण गरिएको हो । वडा अध्यक्ष खोपीराम चौधरीको अध्यक्षता तथा घोराही उप महानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सामाग्री वितरण गरिएको हो ।

प्रत्येक टोलका विपन्न विद्यार्थीलाई नियमित विद्यालय जाने वातावरण बनाउनका लागी शैक्षिक सामाग्री वितरण गरिएको हो । वडा सदस्य सुशिला चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा घोराही उप महानगरपालिका मेयर नरुलाल चौधरीले शिक्षाविना मानिसको जिवन अधुरो र अपुरो हुने बताए । उनले सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि स्थानिय तहले बिभिन्न कार्य गरिरहेको भन्दै सवैका लागि निशुल्क र सर्वसुलभ शिक्षा आर्जन गर्ने वातावरण बनाउन सवैको भूमिका हुने धारणा राखे ।

सो अवसरमा वडामा रहेको १४ वटा बाल क्लव र सञ्जाललाई पनि एक थान बाकस सहित स्टेशनरी सामान दिइएको थियो । कार्यक्रमको सहजीकरण वडा कार्यालयमा सामाजिक परिचालक बिमल योगील गरेका थिए ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस