‘हाम्रो छिल्लीकोट’

असोज १८, २०७६  |  १७६ पटक पढिएको  |   साक्षी खबर

छिल्लीकोट अहिले दाङ्ग जिल्लाको तुलसीपुर उपमहानगरपालिका वार्ड नं. १९ सुमुन्द्र सतह देखि १४१० मी. उचाईमा रोल्पा जिल्लाका रुटीगढी गाँउपालिकाको वारढार्नी गोदे रिचे, विश्राम थलीगाँउसँग जोडिएको एक पर्यटकीय पहाडी भू–भाग हो । जसमा, कालिका, मालिका, गणेश थान, भैरवथान, शिवजी थान, हवन कुण्ड, रक्तकुण्ड, वुद्धढुङ्गा, गुप्तेश्वरी गुफा, छिल्लीकोट राजगडी, राजमाको टोप , राजाका शिलाढुङ्गा चौकी इन्द्र चोक, टुडीखेल आदि छन् । यो स्थान तुल्सीपुर देखि पुर्व उत्तरतर्फ २१ कि.मी. को दुरीमा पर्दछ ।

छिल्लीकोटको ऐतिहासिक
१५, औं, १६,औ शताब्दीमा कर्णाली प्रदेश जुम्लाबाट आएका चल्ल वंशीय राजा मेघनाथ शाहले राज्य सञ्चालनका लागि रोजे र राज्य सञ्चालन गरे यो भन्दा पहिले यस ठाँउको नाम धार्मिक शास्त्रअनुसार (मल्ला गिरी) पर्वत (पहाड) हो । अर्थात् छिल्लीकोटको प्राचीन नाम मल्ला गिरी हो । जस्तैः– पुर्णागिरी भारतमा पर्दछ, भने चन्द्रागिरी काठमाँडौको उत्तरी भू–भागमा पर्दछ । त्यस्तै मल्लागिरी दाङ्गको छिल्लीकोटमा रहेको छ । यो तिनवटै देव भूमि हुन् । नेपाल एकीकरण गर्ने शिल शिलामा राजेन्द्र लक्ष्मीदेवी शाह गद्दीमा बसेको बेला पृथ्वी नारायण शाहका भाई बहादुर शाह नायक बनि नेपाल एकीकरण गर्ने क्रममा छिल्लीराज्य गाभिएको हो ।
नेपाल सरकारले क्षेत्रलाई अधिकार दिने काममा बटौली खसेउली वर्तमान वुटवल साशन गर्नका लागि गोश्वारा स्थापना भई नेपालगञ्जमा गोश्वारा स्थापना भई शासन प्रशासन जमिन्दार, पटवारी मुखिया तालुकदार मतवा स्थापना भई शासन प्रशासन सञ्चालनमा आएपछि गएर माल कार्यालय माल अड्डाले हेर्ने भयो त्यो माल कार्यालय माल अड्डा अर्थात दाङ्गको सदरमुकाम छिल्ली अर्थात (छिल्लीकोट)मा रहेको इतिहास २००६, सालसम्म छिल्लीकोटमा रहेको कुरा पुराना लालमोहरले अधिकारिक रुपमा जग–जाहेर गर्दछ ।

धार्मिक
धार्मिक रुपमा हेर्दा संसारमा तिनवटा गिरी देखिन्छन् । जसमा, पुर्णागिरी भारतमा पर्दछ । चन्द्रागिरी काठमाडौंमा पर्दछ भने मल्लागिरी दाङ्गको छिल्लीकोटमा पर्दछ । यहाँ सतीदेवीको अंग पतन भई कालिका मालिका देवी भगवती उत्पती भएको कुरा सत्य हो । पछि गएर छिल्ली राजाले देवकोटा व्राहमणलाई पुजारी राखी कालिका मालिका भगवती मन्दिर बनाई विधिपूर्वक पुजा आजा गर्ने चलनको शुरुवात गरेका हुन् । र राजाले भोटबाट लामा गुरु बोलाई बुद्ध ढुङ्गाको समेत पुजा चलाएका कुरा सुनिन्छ । पछि आएर २००६, सालदेखि ०२२, सालसम्म यहाँकै भगवतीले रुचाएर अथवा अंगचरी अमृता घर्ती मगरलाई ओलप्पार्इ माताका रुपमा प्रकट गरी नित्य पुजा आजा चल्यो, उहाँको देहान्त भईसकेपछि चेला, कृष्ण नन्द खत्री (महाराजाले) नित्य पुजा गर्दै आउनुभयो । उहाँको यस क्षेत्रमा ठुलो देन रहेको छ । वर पिपल देखि लिएर १०५ ओटा नास्पतिको विरुवा रोपी सम्पन्न गर्नुभएको छ । अहिल हामी माझ उहाँ हुनुहुन्न ,तर उहाँले रोपेको वर पिपलले संसारलाई शितल दिएको संसारले भगवतीको प्रसादको रुपमा फलफुल खान पाएको छ । यस क्षेत्रलाई सरकारले धार्मिक ऐतिहासिक, पर्यटकीय क्षेत्रको रुपमा गुरु योजनाका साथ अघि सारेको छ ।

बिकास
२०७६ साल चैत्रमा सन २०९९, नेपाल पर्यटन वर्ष घोषणा सँगै हामीले महोत्सव परवीर पुनको अध्यक्षतामा सम्पन्न गरियो, र ०६९/०७० मा गुरु योजना बनाई यस क्षेत्र विकासका लागि लागिपर्यौँ।
पर्यटन कार्यालय भैरहवाबाट
१. कालिका मन्दिरमा प्रतिक्षालय गेट, तारबार बनाउन, यात्री निवास भवन बनाउन रु. १५ लाख
२. मालिकामा गेट, तारबार ५ लाख
३. कालिकामा सिडी र यात्री निवास पलस्टरका लागि रु. ६ लाख
४. खानेपानी रु. १४ लाख दुवै मन्दिरको माझमा खानेपानी टंकी रु. १ लाख
५. मालिका मन्दिरमा सिडी निर्माण रु. १० लाख, चार कोठे यात्री निवास भवन रु. १० लाख
२०७४ नेपालमा निर्वाचन भईसकेपछि
१. केन्द्रबाट नेपाल टेलिकमको टावर १ वटा सम्पन्न
२. प्रदेशबाट मोटर बाटो बिजौरी छिल्लीकोट रु. १० करोड,
३. मन्दिरको लागि रु. ५० लाख
४. प्रदेशबाट छिल्लीकोट खानेपानी रु. ६० लाख ।
५. प्रदेशबाट पद यात्रा सिडी रु. १० लाख (वन मार्फत)
६. नगरपालिकाबाट विजुलि बिस्तारका लागि रु. ६० लाख
७. नगरपालिकाबाट भ्यु–टावर निर्माणका लागि रु ३०, लाख
८. नगरपालिकाबाट मेयर सापको पहुँचमा केवुल कारको सर्वे ।
९. मेयरसापको पहुँचमा होमस्टे सञ्चालन गर्ने पहल ।
१९ वडाबाट विकास
१. सुङ्गुरखोला पिपल डाडाँ तिनुखोला स्कुल छिल्लीकोट सामुदायिक स्वास्थ्य चौकी हुँदै कालिका मालिका मोटर बाटो
४. सामुदायिक स्वास्थ्य चौकीका लागि रु. १ लाख ५० हजार
५. डोटेल डाडाँ, पैँया टाकुरा मोटर बाटो लागि सोनापुर सिमेन्ट प्रा.लि.
६. साल डाँडा मोटर बाटो रु. ४ लाख
७. बगाले पानी बाटोको लागि रु. १ लाख
८. लिफ्टिङ खानेपानीका लागि टंकी निर्माण र पाईप खरिदका लागि वगाले पानीमा १६ हजार लिटर टंकी निर्माण रु. ७ लाख ।
९. छिल्लीकोट पोल बिस्तारका लागि रु. ५ लाख ।

भ्यु–टावर (दृश्यावलोकन घर)
आदरणीय महानुभाव ज्युहरु १९ नं. वडा अध्यक्ष श्री रामबहादुर योगी ज्यू बाट शिलास्थापना गरी भ्यू–टावरको काम अगाडी बढाएका छौं भने समुद्घाटन तुलसीपुर उप महानगरपालिकाका मेरसाप श्री घनश्याम पाण्डे ज्यूबाट हुनेछ ।

हामीले भ्यु–टावरको काम कार्तिक मसान्त सम्ममा सम्पन्न गरी आगामी मंसिर महिनादेखि आम नागरिक महानुभाव ज्युहरुलाई भ्यु टावरमा चढाउन र संसारिक आनन्द लिनका लागि प्रतिबद्धता जाहेर गर्दछौं । हामीले प्रतिव्यक्ति टिकट रु. ५०।–का दरले लिनेछौं । न्युनतम हाम्रो भ्यू टावरमा दैनिक १०० जनाले अवलोकन गर्नुहुनेछ । दैनिक ५,०००।– हजार राजश्व उठ्नेछ । उक्त रकम कोषमा जम्मा भई छिल्ली पर्यटकीय क्षेत्रको बिकासमा लाग्नेछ ।

छिल्ली भ्यू टावरबाट
छिल्ली भ्यू टावरबाट पहिलो कुरा त छिल्लीकोट आफैमा भ्यू टावरको रुपमा रहेको पहाडी भुभाग हो । त्यसमा भ्यू टावरले अझै सहजता सुनमा सुगन्ध थपिदिने छ । यहाँबाट प्युठान रुकुम, सल्यान, रोल्पा, दाङ्ग सजिलै देख्न सकिने छ, भने रुकुमका सिस्ने हिमाल, रोल्पाको जलजला, धौलागिरी पाथीभरा, मानाभरा हिमचुचुरा सजिलै देख्न सकिने छ भने उत्तरतिरको पाखामा सुगन्धको किल्लाको वन, लालीगँुरासको वन, काफल, कटुजको वन, हिमाली जटायुको वासस्थानँ, हात्ती सुरे लेखको डाँफे मुना, हलेसी, नेउलीको वन रतुवा, घोरल, चरी बाघ आदि वन्यजन्तु तथा विभिन्न जातका वन्य पन्छीहरु सजिलै देख्न सकिन्छ । उता भारतमा समेत रेल गुडेको देख्न सकिने छ ।

पर्यटन मार्ग
प्रदेशबाट मुख्यमन्त्री ज्यूले दाङ्ग छिल्ली हुँदै राल्पा होलेरी रुम्टीगडी प्युथान स्वर्गद्वारी जोड्ने उद्देश्यले बिजौरी, हाडिमे, कुईरे ताल, छिल्लीकोट मोटर बाटोको लागि रु.१० करोड बजेट विनियोजन गर्नुभएको छ । यो पर्यटन मार्गको रुपमा विकास भई छिल्ली कालिका, मालिका, रोल्पाको धार्मिक स्थल रुन्टिघडी, डुवरिङ शिवगुफा र प्युठानको स्वर्गद्वारी हुँदै मुक्तिनाथ करिडोर धार्मिक पर्यटकीय मार्ग बन्ने कुरा निश्चित छ, यी कुराको मनन गर्न सचेत नेपालीहरुमा विनम्र पुर्वक हार्दिक अनुरोध गर्दछु ।

राजनैतिकदल र छिल्ली
छिल्लीलाई राजनैतिक दलहरुले अहिलेसम्म सबैबाट सकारात्मक रुपमा हेर्नुभएको छ । उहाँहरुको हामीलाई अझै चोखो माया चाहिएको छ । कतै चोखो मायामा कटुता नछाओस् भन्ने हामीले छिल्ली कालिका मालिका माईसँग प्रार्थना गरेका छौँ । धार्मिक ऐतिहासिक विश्वको दुर्लभ वनस्पति सुगन्ध कोकिला पाई स्थान छिल्लीकोटलाई पर्यटकीय विकास गरी माथी उठाउनुपर्ने छ । यो काम गरेपछि दाङ्गको समृद्धिको ढोका खोल्ने छ । र समग्रमा दाङ्ग बासीको आय आर्जन बढने छ । सबै तह तप्का सचेत नेपाली दाजुभाई, दीदीबहिनी आमा, बुवाहरुमा छिल्लीकोट बिकासको निम्ति मन बचनले हामीलाई सहयोग गर्न नछुटाउनुहुन विनम्र अनुरोध गर्दछु । आउँदै गरेको दशै, तिहारको मंगलमय शुभकामना व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस