२०७९ माघ १३, शुक्रबार

दंगीशरणमा स्थानीय तहस्तरीय परीक्षा शुरु

चैत्र ०१, २०७५  | १४२७ पटक पढिएको

– दिप्तीशिखा चौधरी
१ चैत्र, दंगीशरण / दाङको दंगीशरण गाउँपालिकामा स्थानीय तह स्तरीय कक्षा ८ को परीक्षा शुरु भएको छ । शुक्रबारदेखि शुरु भएको परीक्षामा गाउँपालिकाका १४ वटा केन्दबाट ३ सय ९४ जना बिद्यार्थीले परीक्षा दिएका छन् । परीक्षा भयरहित वातावरणमा सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले बताए ।

परीक्षा गाउँपालिकाको शिक्षा शाखाले सञ्चालन गरिरहेको छ । शुक्रबार पहिलो दिन परीक्षार्थीहरुले अंगे्रजी विषयको परीक्षा दिएका हुन् । आज चैत्र १ गते देखी शुरु भएको कक्षा ८ को परीक्षा चैत्र ११ गते सकिनेछ ।

साथै १४ वटा केन्द्रमध्ये शुक्रबार ५ वटा परिक्षा केन्द्रहरुको अनुगमन समेत गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मार्शल कुमार ओली, शिक्षा शाखाका प्रमूख चक्र बहादुर वली, परीक्षा समितिका सदस्य सचिव अनिल केसीलगायतको टिमले अनुगमन गरेको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस