२०७९ माघ १७, मंगलबार

समाज परिवर्तनका लागि नाटक

चैत्र ०१, २०७५  | १४५९ पटक पढिएको

१ चैत, तुलसीपुर / समाज रुपान्तरणका लागि तुलसीपुरका ४ वटा वडामा नाटक प्रस्तुत गरिने भएको छ । नाटकले नै समाजका विभिन्न विकृति विसंगति अन्त्य गर्नुका साथै समृद्ध समाज निर्माणमा हातेमालो गर्न प्रेरित गर्ने भएकाले तुलसीपुरको वडा नं. १६, १७, १८ र १९ मा नाटक प्रस्तुत गरिने भएको हो ।

नाट्य संवादमार्फत सामाजिक एकता तथा सद्भाव प्रवद्र्धन परियोजनाको शुभारम्भ तथा स्थानीय सल्लाहकार समिति पुर्नगठन कार्यक्रममा यस्तो जानकारी दिईएको हो ।

प्रोपव्लिकको आयोजना तथा आई एफए जर्मनीको आर्थिक सहयोगमा सञ्चालन हुन लागेको यो कार्यक्रम विगत चार वर्षदेखि नेपालका विभिन्न जिल्लाहरुमा सञ्चालन भईसकेको कार्यक्रम अधिकृत झोगेन्द्र अधिकारीले जानकारी दिए ।

समाजमा व्यक्ति–व्यक्ति हुने एकआपसको भ्रमको अन्त्य, विगतका द्वन्द्वमा परेकाहरु बीच सद्भावका लागि परियोजना शुभारम्भ एवं स्थानीय सल्लाहकार समिति पुनर्गठन कार्यक्रममार्फत नाटकको बारेमा जानकारी दिइएको हो । समाजमा भाइचाराको सम्बन्ध स्थापित गरी सामाजिक सद्भावको स्थापना गर्न यस नाटकले ठूलो भूमिका खेल्नेसमेत बताइएको छ ।

उक्त अवसरमा बोल्दै तुलसीपुर उपमहानगपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले राजनीतिक अवस्थाका कारण उथलपुथल भएका घटनाहरुलाई शान्तिप्रकृयाको माध्यमबाट नयाँ समृद्धिका कुराहरुलाई जोड दिनुपर्ने सुभावसमेत दिए । उनले विगतका गतिविधिहरुलाई बिर्सेर आम जनताहरुको पीडा र समस्यालाई समाधान गर्नका लागि हरेक नागरिकहरुलाई नाटकको माध्यमबाट सचेत गराउनुपर्ने बताए । समाजमा रहेको कुप्रथा, बालविवाह, अन्तरजातिय विवाहहरुलाई समेत नाटकको माध्यमबाट झल्काउँदै समाजको रुपान्तरणमा महङ्खवपूर्ण भूमिका खेल्ने बताए ।

हरेक समुदाय तथा समाजले सामुदायिक न्यायका लागि एक आपसमा सहकार्य गर्न जरुरी रहेको तुलसीपुर उपमहनगरपालिकाकी उपप्रमुख माया आचार्यले बताइन् । उनले समाजमा सहकार्य गर्दै सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्नु सह्रानीय काम भएको समेत बताइन् । सूचना तथा सञ्चारको माध्यमबाट समेत समय–समयमा एकआपसको समन्वयले यो नाटकले महङ्खवपूर्ण भूमिका निभाउने विश्वास समेत व्यक्त गरिन् ।

आफू पनि नमुना बन्ने र अरुलाई पनि नमुना बन्नका लागि यो नाटकले उत्प्रेरणा गर्ने बताईएको थियो । करिव साढे १० महिनासम्म सञ्चालन हुने यो नाटक फागुन ३ गतेदेखि विभिन्न समिति, सल्लाहकार समिति निर्माण गरी स्थलगत रुपमा जानकारी दिँदै आएको छ । बैशाख ३ गतेदेखि तुलसीपुरको विजौरी, मानपुर लगायतका स्थानहरुमा आगामी २०७६ पुस १६ गतेसम्म सञ्चालन हुनेछ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस