२०७९ माघ २१, शनिबार

सिरक डसना उद्योगमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

चैत्र ०१, २०७५  | १३९५ पटक पढिएको

१ चैत्र, दाङ / दाङको एक सिरक डसना उद्योगमा आगलागी हुँदा करिब १५ लाख बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार नुवाकोटको मेगङ गाउँपालिका ३ का अनिल गुरुङले दाङ घोराही उपमहानगरपालिका १० नारायणपुरमा स्थित प्रकाश न्यौपानेको घरमा सञ्चालन गर्दै आइरहेको सिरक डसना उद्योगमा आगलागी हुँदा उक्त क्षति भएको हो ।

कारखानामा विद्युत सर्टभई आगलागी हुँदा कारखानामा रहेका सिरक, डसना, कपास र मेसिन सहित करिब १५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए । शुक्रबार दिउँसो साढे १२ बजेतिर भएको आगलागीबाट मानविय क्षति भने नभएको प्रहरीले बताएको छ । दमकल, प्रहरी र स्थानीयको सक्रियतामा सवा १ बजे आगो नियन्त्रणमा लिईएको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस