२०७९ माघ १७, मंगलबार

कोक्यापद्वारा विप्लवसँग वार्ता गर्न आग्रह

चैत्र ०१, २०७५  | १२७२ पटक पढिएको

१ चैत्र, काठमाडौँ / शान्तिका लागि साझा अभियान (कोक्याप) ले नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ ।

(कोक्याप) ले आज विज्ञप्ति जारी गरी सो पार्टीसँग वार्ताको सार्थक प्रयास नगरिकन अकस्मात लगाइएको प्रतिबन्धले नेपाली जनता सम्भावित द्वन्द्वको त्रासमा परेको भन्दै वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो ।

सो पार्टीले देशका विभिन्न स्थानमा अशान्ति फैलाउने गरी बन्द, हडताल, आगजनी तथा बम विस्फोटन गराउने जस्ता क्रियाकलापबाट सर्वसाधारण नागरिकमा त्रास फैलिएको (कोक्याप) को भनाइ छ । लोकतान्त्रिक संविधानमार्फत जननिर्वाचित सरकारले गर्ने निर्णय र लिने कदम सदैव लोकतान्त्रिक नै हुनुपर्ने (कोक्याप) को जोड छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस