२०७९ माघ २४, मंगलबार

राप्ती बबई क्याम्पसको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण

फागुन ३०, २०७५  | १७१३ पटक पढिएको

३० फागुन, तुलसीपुर (दाङ) / दाङ तुल्सीपुरको राप्ती बबई क्याम्पसको नयाँ सञ्चालक समितिले पदभार ग्रहण गरेको छ । क्याम्पसको २०७५ को नयाँ सञ्चालक समितिलाई बिहीबार एक कार्यक्रम गरि पदभार ग्रहण गराउनुका साथै सपथ खुवाईएको हो ।

क्याम्पस सञ्चालक समितिका निर्वाचन अधिकृत महेशप्रसाद आचार्यको अध्यक्षता तथा पूर्वसांसद बुद्धिराम भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ का अध्यक्ष सूर्यबहादुर डाँगी, नेकपा तुलसीपुरका अध्यक्ष खुसीराम चौधरी, नेपाली कांग्रेसका नेता जगतबहादुर खड्का, लेबेन्द्र धिताल, सुरेन्द्र खड्का, क्याम्पस प्रमुख लक्ष्मण कुमार रेग्मी, क्याम्पस स्ववियू सभापति अनिल कार्कीलगायतले क्याम्पसको नयाँ सञ्चालक समितिले क्याम्पस व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका थिए ।

यस क्षेत्रको नमूना क्याम्पसका रुपमा रहेको भन्दै यसको थप गुणस्तर कायम गर्नका लागि नयाँ सञ्चालक समितिले प्रभाबकारी काम गर्नुपर्ने बताएका थिए । त्यस अवसरमा नबनिर्वाचित अध्यक्ष विष्णुकुमार देवकोटाले क्याम्पसको थप सुधारमा पहल थाल्ने बताए । कार्यक्रमको सहजीकरण निर्वाचन सदस्य तथा सहायक क्याम्पस प्रमुख सुर्यप्रसाद शर्माले गरेका थिए । ४ वर्षे कार्यकालका लागि बिष्णुकुमार देवकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । बुधबार चयन भएको नयाँ कार्यसमितिको उपाधक्ष्यमा मिनराज ओली, कोषाअध्यक्षमा बिनिल केसी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा निर्मल आचार्य, नरेशराज भण्डारी, मोहन भण्डारी, निर्मल आचार्य(ब) चयन भएका हुन् । क्याम्पस सञ्चालन समितिको फागुन १८ गते भएको विशेष साधारणसभाले फागुन २९ गते बिद्यालयको नयाँ नेतृत्वका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो ।

सोही अनुसार बुधबार सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको निर्वाचन समितिका संयोजक महेशप्रसाद आचार्यले बताए । १७ सदस्यीय रहने सञ्चालक समितिमा बुधबार सातसदस्य निर्विरोध चयन गरिएको हो, भने चार जना सदस्य सञ्चाक समितिबाट मनोनयन हुने र अन्य सदस्यहरु पदेन सदस्य रहने व्यवस्था रहेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस