“पल पल दिल के पास” फिल्मको ट्रेलर रिलिज !

भदौ १९, २०७६  |  १२० पटक पढिएको  |   साक्षी खबर

१९ भदौ, दाङ / “पल पल दिल के पास’ बलिवुड फिल्मको अफिसियल ट्रेलर रिलिज भएको छ । सनी देओलले आफ्नो करिअरको सुरुवात १९८३ मा ‘बेताब’ फिल्मबाट गरेका थिए ।

पहिलो फिल्मबाटै सनीले दर्शकलाई प्रभावित पारेका थिए । अहिले सनी देओलका छोरा करण देओल फिल्म ‘पल पल दिल के पास’बाट डेब्यू गर्दैछिन् ।

यो फिल्मबाट करणसँगै शहर बम्बाले डेब्यू गर्दैछिन् । यो फिल्म प्रेमकथामा आधारित छ । जसको अनुमान ट्रेलर हेरेर लगाउन सकिन्छ । फिल्मलाई सनी देओल आफैंले निर्देशन गरेका छन् । फिल्मको शुटिङ हिमाचल प्रदेशमा भएको हो ।

यो सनी देओलको निर्देशनमा बनेको तेस्रो फिल्म हो । ट्रेलरमा लव स्टोरी ड्रामाले भरिपूर्ण छ भने ट्रेलरमा एकसन पनि देख्न सकिन्छ ।  फिल्म २० सेप्टेम्बरमा रिलिज हुँदैछ ।

हेर्नुहोस् ट्रेलरः–

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार