२०७९ माघ २६, बिहीबार

फेसबुक र इन्स्टाग्राम एक्कासि किन अवरुद्ध भयो ?

फागुन ३०, २०७५  | १४५४ पटक पढिएको

विश्वको सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुक तथा फोटो सेयरिङ एप इन्स्टाग्राम बुधबार विश्वका धेरै भागमा एक्कासि अवरुद्ध भएको छ ।

मानिसहरुले फेसबुक र इन्स्टाग्रामको आफ्नो अकाउन्टमा लगइन गर्न नसकेको गुनासो गरिरहेका छन् । धेरै प्रयोगकर्ताको फेसबुक अकाउन्टमा लगइन गर्दा Facebook Will Be Back Soon भन्ने मेसेज देखिने गरेको छ । साथै आवश्यक मर्मतका लागि फेसबुकको सर्भर तत्कालका लागि डाउन भएको र छिट्टै नै त्यसलाई ठीक पारिने फेसबुकले जानकारी दिएको थियो ।लगइन भएतापनि कतिपयले फेसबुकमा लाइक तथा कमेन्ट गर्न नसकेको गुनासो समेत गर्ने गरेका छन् । साथै इन्स्टाग्राममा फोटो अपलोड गर्नमा पनि समस्या भएको छ।

फेसबुक डाउन भएसँगै धेरै प्रयोगकर्ताले ट्वीटरमा यसको गुनासो गरिरहे । फेसबुकमा देखिएको समस्याको स्क्रिनसट गरेर ट्वीटरमा अपलोड गर्ने लहर नै चलेको छ ।

फेसबुकको समस्या वेब र एप दुवै भर्सनमा देखिएको हो । फेसबुकले केही मिनेटमै यो समस्या समाधान हुने दाबी गरेको भए पनि धेरै प्रयोगकर्ताले अहिलेसम्मै समस्या जारी रहेको गुनासो गरेका छन् । एजेन्सी

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस