२०७९ माघ १३, शुक्रबार

छोरीको जन्मदिनमा धुर्मुस–सुन्तलीद्धारा रंगशाला निर्माणमा सहयोगको घोषणा

फागुन ३०, २०७५  | १५३२ पटक पढिएको

काठमाण्डु,  (फागुन ३०)

चितवनको भरतपुरमा निर्माणाधिन ‘गौतम बुद्द अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि अभियन्ता तथा कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस)र कुञ्जना घिमिरे (सुन्तली)ले आर्थिक सहयोगको घोषणा गरेका छन् ।

बिहीबार (आज) परेको छोरी सुबिहानीको जन्मदिनको अवसरमा यो जोडीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेको हो ।

सितारामले फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘हाम्री प्यारि छोरी सुबिहानी कट्टेलको आज परेको जन्मदिनको सु–अवसरमा हामी द्वय सिताराम कट्टेल र कुन्जना घिमिरेको तर्फबाट चितवनको भरतपुरमा निर्माणाधिन ‘गौतम बुद्द अन्तराष्ट्रीय क्रिकेट रङ्गशाला’ को सहयोगार्थ रु १, ११, १११ सहयोग घोषणा गर्दछौ !!

हाम्रा हरेक बिषेश अवसरलाई यसरि नै समाज सेवा र राष्ट्र निर्माणमा लगाउने हो भने यो देश हाम्रै पालामा बन्ने छ
आउनुहोस यो महाअभियानमा मिलेर सहकार्य गरौ  ‘राष्ट्र निर्माण तपाई हाम्रो अभियान’ ।’

उनले यो महाअभियानमा सबै जना मिलेर राष्ट्र निर्माणमा लाग्न अनुरोध गरेका छन् । धुर्मुस–सुन्तली फाउण्डेसनले क्रिकेट रंगशाला निर्माणको काम गरिरहेको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस