२०७९ माघ १३, शुक्रबार

विमान दुर्घटनापछि बोइङ्ग ७३७ को सवै उडान बन्द

फागुन ३०, २०७५  | १६०२ पटक पढिएको

काठमाडौ, (फागुन ३० )
अमेरिकी विमान निर्माता कम्पनी बोइङले आफ्नो ७३७ म्याक्स मोडलको सबै जहाजको उडानमा रोक लगाएको छ ।

एयरलाइन्सको विमान दुर्घटनासम्वन्धी अनुसन्धानमा विमानमा गडबढी देखिएकाले सुरक्षाको बिषयलाई लिएर बोइङ्गले सवै उडान ततकालका लागि रोक लगाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

अर्को निर्णय नभएसम्मका लागि ३७१ वटा बोइङ ७३७ म्याक्स विमान उड्ने रोक लगाइएको हो । आइतबार इथियोपियनको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स विमान दुर्घटना भएको थियो, जसमा १५७ जनाको मृत्यु भएको थियो । यो घटनालगतै बोइङ ७३७ म्याक्समाथि विभिन्न देशले रोक लगाएका थिए ।

भेटिएको नयाँ प्रमाण र भू–उपग्रहबाट दिइएका पछिल्ला विवरणहरुका आधारमा यो निर्णय लिइएको अमेरिकी संघीय उड्ययन प्रशासनले बताएको छ ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस