२०७९ माघ १३, शुक्रबार

बिप्लबको बन्दले दाङ जिल्लाको जनजिवन प्रभावित (फोटो फिचर)

फागुन ३०, २०७५  | १७६३ पटक पढिएको

तुल्सीपुर (फागुन ३०)

बिप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दको प्रभाव दाङका मुख्य शहर घोराही, तुल्सीपुर, लमही, भालुवाङमा पुर्णरुपमा परेको छ ।

बन्दका कारण दाङको घोराही, तुल्सीपुर, लमही, भालुवाङ, नारायणपुर, विजौरीका बजार पुर्ण रुपले बन्द भएका छन् भने छोटो तथा लामोदुरीका कुनै पनि सवारीसाधान चलेका छैनन्, उद्योग, कलकारखाना, शैक्षिक संस्थाहरु पूर्ण रुपमा बन्द रहेका छन् ।

दाङका विभिन्न स्थान तथा बजार क्षेत्रमा व्यापाक प्रहरी परिचालन भएका छन् । आफ्नो पार्टीका नेताहरुलाई नियोजित रुपमा फसाउने षड्यन्त्र गरिएको भन्दै बिप्लप नेतृत्वको नेकपाले बन्द गरेको हो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस