२०७९ माघ १३, शुक्रबार

सामाजिक, साँस्कृतिक एबम् शुसासनको अभियानमा सहकारी– अध्यक्ष बस्नेत

फागुन २८, २०७५  | १७७१ पटक पढिएको

तुल्सीपुर
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)का केन्द्रीय अध्यक्ष डिवि बस्नेतले सहकारी अब आर्थिकको सँगसँगै सामाजिक, साँस्कृतिक एबम् शुसासनको लागि अभियान थालेको वताएका छन् ।

जिल्ला वचत तथा ऋण सहकारी संस्थाले आज दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आथित्यको आसनवाट वोल्दै अब वचत तथा ऋण सहकारीले ग्रामिण स्तरमा पनि सहकारीले गरेको योगदानको चर्चा गर्दै सो कुरा वताएका हुन।

सहकारीले विना धितो ऋण उपलब्ध गरेको उल्लेख गर्दे अव देशको समृद्धिमा पनि उल्लेखनिय योगदान रहेको भन्दै हजारौं युवालाई रोजगारी पनि प्रदान गरेको छ चन्दै प्रमुख अथिति बस्नेतले भने अव सहकारीलाई उद्यमशिल र उत्पादनशिल कार्यमा जोड्दै लग्नु पर्ने कुरामा जोड दिए । नेफ्स्कुनमा १३ हजार वचत तथा ऋण सहकारी संस्था आवद्ध भएको जानकारी गराउदै अध्यक्ष बस्नेतले भने– देशको अर्थतन्त्रमा ३५ लाख नागरिकलाई सेवा प्रदान गरेको वताएका थिए । जिल्ला वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष हुमा डिसीको स्वागत मन्तब्यबाट सुरु भएको पत्रकार कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)का केन्द्रीय उपाध्यक्ष परित्वस पौडेलले अव देशको समग्र विकासमा सहकारीको महत्वपूर्ण भूमिका रहेको वताएका थिए । अझै पनि ग्रामीण स्तरमा सहकारीको वारेमा सहि सुचना, तालिम र शिक्षाको अभाव रहेको भन्दै यस बारे व्यापक जानकारी हुनपर्ने कुरामा जोड दिएका थिए ।
जिल्ला वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुपवहादुर खत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सहजिकरण संस्थाका सदस्य दुर्गा प्रसाद भण्डारीले गरेका थिए ।
५ नम्बर प्रदेशका जिल्ला सहकारी अध्यक्ष दाङमा
यसै विच ५ नम्बर प्रदेशका जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष र नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) ५ नम्बर प्रदेशका उपसमितिका सदस्यहरु पनि दाङ जिल्लामा आएका छन् ।

प्रदेश नं. ५ को नियमित वैठकका लागि दाङ जिल्लामा आएको जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुपवहादुर खत्रीले जानकारी दिएका छन ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस