स्थानिय उपभोक्ताका लागि नदिजन्य पदार्थ कार्यविधि संसोधन गर्न माग गर्ने


तिर्थराज ज्ञवाली , मसुरीया (देउखुरी दाङ)

राप्ती गाउँपालिका गाउँकार्यपालिकाको यस आर्थिक वर्ष २०७५।७६ अठारौ कार्यपालिका बैठक सोमवार सम्पन्न भएको छ ।
राप्ती गाउँपालिका गाउँकार्यपालिकाका अध्यक्ष नुमानन्द सुवेदिको अध्यक्षतामा सम्पन्न बैठकले ७ एजेन्डाहरुमा ब्यापक रुपमा छलफल गरि सर्बसम्मत रुपमा निर्णय गरिएको राप्ती गाउँपालिकाका प्रबक्ता विद्याशरण चौधरीले बताएका छन ।
बैठकल स्थानिय उपभोक्ताका लागि सरल र सहज तवरले नदिजन्य पदार्थ प्राप्तीका लागि उद्योग तथा वन वातावरण मन्त्रालय प्रदेश नं ५ मा कार्यविधि संसोधन गर्न माग गर्ने र डेलीकेशन जाने निर्णय गरिएको प्रबक्ता चौधरीले वताए ।

बैठकले राप्ती गाउँपालिकाको क्षेत्रमा आई ई ई गरेको क्षेत्रवाट नदिजन्य पदार्थ निकासीकालागि वडा कार्यालयबाट अनुगमन तिब्र गराउदै नागरिकलाई प्रचलीत कानुन प्रक्रिया पुराई नदिजन्य पदार्थ उपलब्ध गराउने निर्णय गरिएको र राप्ती गाउँपालिकाका स्थानिय उपभोक्ताका लागि सरल र सहज तवरले नदिजन्य पदार्थ प्राप्तीका लागि उद्योग तथा वन वातावरण मन्त्रालय प्रदेश नं ५ मा कार्यविधि संसोधन गर्न माग गर्ने र डेलीकेशन जाने निर्णय गरिएको प्रबक्ता चौधरीले बताएका छन ।
राप्ती कार्यपालिका बैठकले जिल्ला बचत तथा ऋण सहकारी संघको अभियानलाई सहयोगका लागि सहयोग गर्ने, बुढिचौर टोल विकास संस्थाले माग गरेको १ विद्युत पोल सहयोग गर्ने, मधेश मानव अधिकार गृह माहुरी होम परियोजना सञ्चालन अनुमति दिने, यस राप्ती गाउँपालिकामा बाल सुधार गृह हाल नभएको जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउने, खुल्ला विश्वविद्यालय र प्रादेशिक अनुसन्धान केन्द्रको लागि श्री माध्यामीक विद्यालय मौरिघाटको जग्गा उपलब्ध गराउने ब्यवस्था मिलाउने, विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका, २०७५ स्वीकृत गर्ने निर्णय गरिएको राप्ती गाउँपालिकाका सुचना अधिकारी गिरीधारी प्रसाद पन्तले जानकारी दिएका छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस