बेलायती पूर्वमोडलले २२१ जना केटासँगको असफल प्रेम सम्बन्धपछि कुकुरसँग गरिन् बिहे !

साउन २३, २०७६  |  ३४९ पटक पढिएको  |   साक्षी खबर

काठमाडौँ / बेलायतकी एक जना पूर्वमोडलले २२१ जना केटासँगको प्रेम सम्बन्ध असफल भएपछि कुकुरसँग बिहे गरेकी छन् ।

इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरिन् । उनी अहिले ४९ वर्षकी छिन् ।

इजिजाव सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन् । पेज ३ ट्याबलोइड पत्रिकामा मोडलहरु समावेश गरिने स्थान थियो ।

उनको एक २५ वर्षीय छोरासमेत छन् । तर धेरैपटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ ।

उनका अनुसार कुकुर मानिसजस्ता जाली र झेली हुँदैनन् । कुकुरसँग बिहे गर्नासाथ उनको प्रश्न छ– केटो किन चाहियो ? यो घटनालाई धेरैले आश्चर्य मानेका छन् ।

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार