२०७९ माघ २४, मंगलबार

सिके रावत र सरकार संझौता भ्रमपूर्ण र रहस्यमयः राप्रपा नेता थापा

फागुन २७, २०७५  | १४२४ पटक पढिएको

शरद रेग्मी
दाङ २७ फागुन । राष्ट्रिय प्रजातन्त्रपार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री कमल थापाले वर्तमान सरकारले हालै तराई विखण्डनवादी नेता सिके राउतसँग गरेको संझौता कुटिल, भ्रमपूर्ण र रहस्यमय भएको भन्दै यसले राज्यलाई थप विखण्डन तर्फ थकेल्ने स्पष्ट पार्नुभएको छ ।
रिपोटर्स क्लव दाङले सोमबार तुलसीपुरमा आयोजना गरेको सडक साक्षातकार कार्यक्रममा राप्रपा नेता थापाले विखण्डनवादी नेता राउतले आफ्नो अभिष्ट पुरा गर्न यो संझौता गरेको बताउनुभयो ।
‘वर्तमान सरकारका प्रधानमन्त्री केपि शर्मा वली र राउतबीच भएको संझौता लगत्तै जनकपुरमा सिके राउत पक्षधरका समर्थकहरुले गरेको प्रदर्शनले सरकार उदांगिएको छ, सरकारको सुरक्षा घेराभित्रै विखण्डनकारी नारावाजी हुनु अत्यन्तै दुर्भाग्यपुर्ण हो’— रिपोटर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा नेता थापाले बताउनुभयो । सम्झौताको दस्तावेज आएको लगत्तै राउतले फेरी आफु तराईलाई भिन्न पार्ने विषयमा जनमत संग्रहमा जाने माग नछाडेको भन्नु कुटिल चाल भएको पनि उहांले बताउनुभयो ।
त्यसैगरी साक्षातकार कार्यक्रममा उहांले राप्रपा धर्म निरपेक्षता गणतन्त्र र संघीयताकै विषयमा पुर्नविचार गरौं भन्ने मागमा रहेको बताउंदै सरकारले आफ्ना माग पुरा नगरे चैत १ गतेदेखि जनसंघर्षमा जाने पनि उहांले बताउनुभयो । ‘चैत १ गते सबै जिल्ला अध्यक्षहरु र केन्द्रीय समितिको बैठक बस्दैछ, त्यसपछि कस्तो जनसंघर्षमा जाने भन्ने निर्णय हुने पनि उहांले बताउनुभयो । त्यसैगरी उहांले सर्वपक्षीय गोलमेच सम्मेलन वा गोलमेच सम्मेलन गरेर भए पनि धर्मनिरपेक्षता हटाइ नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने पनि उहांको माग थियो ।
त्यसैगरी एक अर्को प्रसंगमा नेता थापाले आफुले पार्टीको एजेण्डा छाडेर सरकारमा नगएको पनि स्पष्ट पार्नुभयो । ‘राजसंस्था सहितको प्रजातन्त्र र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्य राप्रपाको मुल एजेण्डा हो, सरकारमा गए पनि यो एजेण्डा छाडेका छैनौं’—नेता थापाले भन्नुभयो । त्यसैगरी भूमिगत रुपमा सशस्त्र आन्दोलनमा होमिएको नेकपा माओवादी विप्लव समुहलाई पनि बन्दुक छाडेर जनताको बलमा आन्दोलनमा आउन आग्रह गर्नुभयो ।
त्यसैबीच राप्रपाको राष्ट्रिय स्वाभिमान यात्राको तेह्रौं दिन सोमबार तुलसीपुरको विरेन्द्रचौकमा कोणसभा सम्पन्न भएको छ । कोणसभामा बोल्दै नेता थापाले राष्ट्रिय अखण्डताको रक्षा, धर्म निरपेक्षता विरुद्धको आन्दोलन भ्रष्टाचारमुक्त समाज र हिंसा मुक्त समाजको आन्दोलमा सहभागी हुन आम नेपालीलाई आव्हान गर्नुभएको छ । वि.सं. २०६२÷०६३ को आन्दोलनपछि राष्ट्रघाति नागरिकता ऐन ल्याएर सरकारले हजारौं विदेशीलाई नागरिकता दिएको तथा सनातन धर्म र संस्कृति माथि आक्रमण गरेको भन्दै त्यसका विरुद्ध यो अभियान सुरु भएको पनि बताउनुभयो । सो कार्यक्रममा पूर्वमन्त्री तथा राप्रपा नेता बुद्धिमान तामाङ तथा राप्रपा केन्द्रीय सदस्य तथा पूर्वमन्त्री प्रेमबहादुर भण्डारी लगायतले बोल्नुभएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस