२०७९ माघ १७, मंगलबार

रातकी रानीसँग भुल्दै पूर्व पर्यटनमन्त्री विष्ट

फागुन २५, २०७५  | २४११ पटक पढिएको

गोकर्ण पौडेल (तुलसीपुर)
झ्वाट् शीर्षक पढ्दा अनर्थ नै लाग्छ सक्छ तर वास्तविकता निकै फरक छ । दुई पटक सांसद र मन्त्री पनि त्यति पटक नै भएको मान्छे कसरी रातकी रानीसँग भुल्न सक्छ । यो रातकी रानी नभएर रातमा मात्र फुल्ने एक फलको नाम हो । ट्रागन फ्रुटका नामले चिनिने फलको नेपाली नाम रातकी रानी हो । केही वर्ष पहिले परिक्षणकारुपमा पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले ट्रागन फ्रुट रोप्नुभएको थियो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८मा विष्ट सहित पाँच जनाले ६४ कठ्ठा जग्गा १५ वर्षका लागि लिजमा लिएर व्यवसायीकरुपमा खेती गर्न थाल्नुभएको छ ।

२१ सय बिरुवा रोपी सकिएको छ भने बाँकी ४५ सय बिरुवा रोप्नका लागि ठाउँ तयार पारिदै छ । पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगर नयाँ नयाँ कृषि उत्पादनमा चासो राख्नुहुन्छ ।  करिब १५ वर्षअघिदेखि ट्रागनको बारेमा अध्ययन अनुसन्धान गरिरहनुभएको थियो । खेतीका लागि हाल २५ लाख लगानी भइसकेको छ । बिरुवा रोपेको चार वर्षदेखि २०–२५ वर्षसम्म फल दिने गर्दछ । प्रति बिरुवाको मुल्य तीन सयदेखि पाँच सयसम्म मूल्य पर्दछ । एउटा बिरुवाले जेठ महिनादेखि कात्तिकसम्म फल दिने गर्दछ । एउटा बिरुवाले एक सिजनमा ४० किलोसम्म फल दिने गरेको पूर्वमन्त्री विष्टले जानकारी दिनुभयो । विशेष गरेर ट्रागन खेती भित्री तराई मधेश क्षेत्रमा उपयुक्त हुने गर्दछ ।
पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगर सहित पाँच जनाले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मैरवामा सुरु गरेको ट्रागन फ्रुट(रातकी रानी) को व्यवसायीक खेती ।

उहाँको व्यवसायीक कृषि फममा पुगियो भने विष्टलाई मजदुरसँगै काम गरिरहेको देख्न सकिन्छ । विष्ट बिहान ६ बजेदेखि साझँ ६ बजेसम्म फर्ममै रहेर काम गरिरहनुभएको हुन्छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बासँगढीमा कालो धानको व्यवसायीकरुपमा खेती गरिरहनुभएको छ । १५ वर्षको उमेरदेखि राजनीतिक यात्रा लाग्नुभएका विष्ट तत्कालीन नेकपा माओवादीको केन्द्रीय कमिटिमा रहेर २३ वर्ष काम गर्नुभयो ।

झलनाथ खनाल प्रधानमन्त्री भएको बेला १५ दिन स्वास्थ्यमन्त्री र बाबुराम भट्टराई प्रधानमन्त्री भएको बखत ६ महिना पर्यटन तथा संस्कृति मन्त्रीको नेतृत्व सम्हाल्नुभएका विष्ट २०७४ सालदेखि राजनीतिक यात्राबाट पूर्णरुपमा बिराम लिनुभएको छ । राजनीतिकलाई व्यापार र पेसाकारुपमाभन्दा समाजसेवाकारुपमा लिनुपर्ने विष्टको भनाइ छ ।

राजनीतिक नेतृत्वमा रहेका व्यक्तिहरु गाउँफर्क,प्रकृतिर्फक र श्रमतिर लाग भन्ने भाषणमात्र नभई व्यवहारमा उर्तान सके राजनीतिकरुपले सही दिशा लिने पूर्वपर्यटन मन्त्री विष्टको ठम्याइ रहेको छ । हाल १० जना मजदुरले त्यस फर्ममा रोजगार पाएका छन् । विष्ट युवाहरु खाँडी पुग्नुभन्दा नेपालमै कृषि क्षेत्रमा लाग्नुपर्ने सुझाव छ । कृषि पेसालाई जिविकोपार्जनमुखीभन्दा व्यवसायीकमुखी बनाउनका लागि बजारको मागअनुरुप नयाँ नयाँ कृषि प्रणाली सुरु गर्नुपर्ने उहाँको विचार छ ।
 

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस