राप्ती समितिद्वारा आफ्ना ब्यबसायिलाई दश लाख राहत


शरद रेग्मी ,दाङ फाल्गुन २४

राप्ती अञ्चल सार्वजनिक यातायात ब्यबसायि समिति द्वारा आफ्ना ब्यबसायिलाई दश लाख राहत प्रदान गरेको छ ।
झण्डै एक बर्ष पहिले घाेराहि लमही सडक खण्डको चाैपट्टामा दुर्घटना हुदा लु १ ख ९८६३ नम्बरका बस मालिक अाेमप्रकाश बुढाको मृत्युु भएको थियोे । उनका परिवारलाई शुक्रबार समितिले एक कार्यक्रमका बिच स्वर्गीय बुढाकि धर्मपत्नी रेखा बुढालाई दस लाखको चेक हस्तान्तरण गरिएको समितिका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो । लमहि नगरपालिका वडानम्बर ४ का ब्यबसायि गाडि दुर्घटनामा परि मृत्युु भए पछि समितिमा आबद्द बुढाकाे दुर्घटनामा परि मृत्युु भए पछि समितिले राहत स्वरुप नगद हस्तान्तरण गरेको हो ।

हामिले आफ्ना ब्यबसायिहरुलाई विशेष सेवा सुबिधा र बिमा गरिदिएकै कारण आज पिडित परिवारले दस लाख राहत स्वरुप नगद रकम प्राप्त गरेका छन समितिका अध्यक्ष हमालले भन्नुभयो “। राप्ती बस समितिमा आबद्द सबै ब्यबसायिहरुको स्वास्थ्ये बिमा,निशुल्क उपचार र भैपरिआएमा दस लाख सम्मको दुर्घटना बिमा समितिले ब्यबस्थापन गरिदिएको समितिका प्रसासनिक सचिव नारायण न्याैपानेले जानकारी दिनुभयो ।
“हामी हाम्रा ब्यबसायिहरुको ब्यबसायिक सुरक्षा र यात्रु हरुको सुरक्षाका लागि विभिन्न किसिाका बिमाहरु र राहत काेबकाे समेत ब्यबस्थापन गरेका छौ प्रसासनिक सचिब न्याैपानेले भन्नुभयो “।
शुक्रबार समितिका अध्यक्ष हमाल सहितका पदाधिकारीहरुले सयुक्त रुपमा दस लाखको चेक पिडित परिवारको तर्फबाट श्रिमतिलाई प्रदान गरिएका थिए ।
सो अबसरमा दशलाखकाे चेक बुझिसके पछि बुढाको मृत्युुका कारण परिवारलाई कसरी ब्यबस्थापन गर्ने भन्नेमा थप समस्या त छदैछ त्यसमाथि श्रीमान गुमाउनु परेकोमा दुख: ब्यक्त गर्दै भनिन हामि जस्तो मध्यम बर्गिय परिवारका लागि दस लाख पाउनु ठुलो कुराहो म राप्ती समितिलाई धेरै धेरै धन्यवाद दिन चाहान्छु आखाभरि आशु निकाल्दै श्रीमती बुढाले भक्कानिदै भनिन ।” मलाई राप्ती समितिले ठुलाे गुण लगाएको छ “।
मलाई समितिले धेरै सहयोग गरेको छ बिमाबाट दुई पटकमा १५ लाख सम्म निकासा गरेर पारिवारिक समस्या टार्न थप मदत पुगेको महसुस गरेकि छु मेराे श्रीमानले दुई बर्ष पहिले अाफु बिरामि भएको बेला भनेको कुरा अहिले जस्तै लाग्छ ” बुढि मेराे चिन्ता नगर्नु गाडि घाेडाकाे कामै यस्तै छ केही परिहाल्याे भने यसक्षेत्रकाे सबैभन्दा पुरानाे र शक्तिशाली समिति हामी सङग छ हामीलाई कुनै समस्या पर्दा हेरिहाल्छ “।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस