२०७९ माघ १३, शुक्रबार

स्वाङ कि सहानुभूति ?

फागुन २१, २०७५  | १८५४ पटक पढिएको

सुमन पोख्रेल

अाज मलाई अल्लि बाङ्गाेबाङ्गाे कुरा लेख्न मन लागेकाे छ । मलाई लाग्छ याे लेखाइले म धेरैकाे टाेकाइमा पर्नेछु ।” मुण्डमुण्ड बुद्धि कुण्डकुण्ड पानी” भन्छन् । यहाँ अनेक थरी मगज र तिनकाे अाफ्नै संरचना भएकाले तिनीहरूकाे हमलाबाट म बच्ने छैन । त्यसै पनि हामी नेपालीकाे संश्लेषण भन्दा ज्यादा विश्लेषणमा बढी दख्खल पाइन्छ र विश्लेषण भन्दा अझ बढी अालाेचनामा हाम्राे बुद्धिले सघन कसरत गर्दछ । मेराे याे लेखाैटाेले कसैकाे चित्तलाई ताउ लगाअाेस्,अथवा घाउ लगाअाेस्, मलाई त्यति स्वाद छैन । कदाचित् ” ठीकै लेखिस्” भन्नुभयाे भने मैले समय खेरा फालेनछु भन्ने बुझ्नेछु तर कसैकाे टाउकाे दुखिहालेछ भने कृपया स्वामी रविशङ्करकाे ध्यानमा डुब्नुहुन अनुराेध गर्दछु । जथाभावी अर्तीबुद्धि दिने कष्ट नगर्नुहाेला । यहाँ पहिले नै मैले काेसेलीमा नि:शुल्क पाएका अर्तीबुद्धिले घरका भकारी भरिइसकेका छन् । ती खजाना स्वयंले राख्नुहाेला , अाफैलाई काम लाग्नसक्छ ।

एक लेखकले निजी अनुभूतिलाई सामान्यीकरण गर्याे भने त्यसकाे मूल्यवत्ता स्थापित हुन्छ । याे अल्लि जटिल पदावली भयाे कि ! भन्न खाेजेकाे के हाे भने लेखिएकाे कुरामा पाठकले अाफ्नै जीवनका कथा-व्यथा भेट्टायाे भने मात्रै लेखाइकाे घ्यु लाग्छ । सकेसम्म अाजकाे याे लेखमा म‌ैले सबैकाे भाेगाइलाई लिपिबद्ध गर्नेछु । यति हुँदाहुँदै पनि याे मेराे नितान्त अनुभव हाे । यसले कसैलाई भित्र नछुन पनि सक्छ । याे कसैप्रति दुराग्रह राख्न लेखिएकाे पनि हाेइन । एउटा जुन परम्परित अनुकरणात्मक प्रवृत्ति छ, त्यसमाथिकाे असन्तुष्टि हाे र लेख्ने विषयकाे चिन्तना गर्दागर्दै अकस्मात् जन्मिएकाे स्फुरणा मात्र हाे ।
म भन्दै थिएँ , हामी त्यसैत्यसै बग्छाैँ । बग्ने मात्रै हाेइन, चेपाराे घस्छाैँ । त्यति मात्रै कहाँ हाे र !अझ ठुलिन्छाैँ । सानाेप्रति हाम्राे वक्रदृष्टि हुन्छ भने ठूलाेप्रति बाह्र हाते गुलामीकाे रूमाल बिछ्याउँछाैँ हामी । अाफूलाई शक्तिकाे समानान्तर निकट देखाउन उही कुरा गरिरहन्छाैँ । हुन त याे प्रत्येककाे निजी मामला हाे । हरेकलाई कानुनत: विचारकाे स्वतन्त्रता छ । यसमा मैले काेक्काउनुपर्ने सान्दर्भिकता थिएन तर कहिलेकाही परिस्थिति यस्ताे भइदिन्छ कि त्यसमा अाफ्नाे सहभागिता नदेखाउँदा मानवीय संवेदनाकाे धराे च्यात्तिएकाे अाराेप लागिदिन्छ । कुनै बेला त त्यसमा राजनीतिक दुर्गन्ध मिसिएकाे अाराेपकाे झटाराे खेप्नुपर्छ । यतिका भूमिकाकाे अाेकेरा लगाइसकेपछि अब फलाम तातिएकाे छ । म हताैडा लिएर उभिएकाे छु । याे लेखलाई अाकार दिन र धारमा पाइन हाल्न म अगाडि सर्दै छु ।
केही दिन यता मुलुकमा दुर्दान्त घटना घटेका छन् साथै मृत्युका पीडादायी शृङ्खला दाेहाेरिएका छन् । निश्चय पनि मृत्युले सबैलाई व्यथित बनाउँछ । अाफन्तजनमा ठूलाे रिक्तता ल्याउँछ । मलाई त के लाग्छ भने मर्ने मान्छे केवल एक्लै मर्दैन, उसले घरका सदस्यलाई पनि भित्रभित्र अांशिक मारिरहेकाे हुन्छ । लामाे सहवासबाट निर्मित सम्बन्धकाे जुन एउटा अाैरा बनेकाे हुन्छ , त्याे कहिल्यै नफर्किने गरी लुप्त हुन्छ । उसकाे बाेली,व्यवहार , स्पर्श, त्याग एवं समग्र व्यक्तित्वकाे छवि केवल सम्झनामा कुँजिन पुग्छ । बाँच्दा सामान्य लाग्नु र गुम्दा विशिष्ट लाग्नु मनाेवैज्ञानिक सत्य पनि हाे । यद्यपि वैरागीहरू यसलाई माेह भन्दछन् । माेह अज्ञान हाे र यही माेह नै दु:खकाे कारण हाे । हामी घरसंसारमा रमाएका पामरहरू यी अाकाश-पातालका कुरा बुझ्दैनाैँ र एकछिनकाे प्रवचनले हाम्राे जन्मजन्मान्तरकाे संस्कारकाे मयल हट्न पनि सक्दैन । त्यसैले हामी छट्पटिन्छाैँ-फट्फटाउँछाैँ ।

उही बासी कुरा राखिदिनाले मजस्ता धेरैलाई “बधाई”, शुभकामना, श्रद्धाञ्जली समवेदना, Rip. अादि लेखेकाेलेख्यै गर्नुपर्ने भयाे । नलेखाैँ यहाँ निष्ठुरीकाे अाराेप लाग्छ । त्यतिमात्रै हाेइन, लाइक-कमेन्टकाे पनि गणना हुन्छ र “फलानाेले मेराेमा प्रतिक्रिया जनाएन, म पनि यत्रै गर्दिनँ” काे इबी चल्न थाल्छ । बाहिर पाे हामी बडाे काेमल छाैँ, भावुक छाैँ । भित्र हाम्राे प्रतिशाेधकाे दावाग्नि कति जाज्वल्यमान छ, त्याे सबैलाई ज्ञात छ । अब कमेन्ट गर्न थालाैँ त्यसैमा समय बित्छ ।

यहाँसम्म ठीकै छ , पिर मानाैँ । एकान्तमा भक्कानाे फाेडेर राेअाैँ । देखिने गरी रूँदा लाज लाग्छ भने शाैचालयमा गएर राेअाैँ । सक्छाैँ भने उपवास पनि बसाैँ । यही नै सच्चा श्रद्धाञ्जली हाे दिवङ्गतप्रति । यही नै निष्ठा र मानवीयताकाे जिउँदाे प्रमाण हाे । यहाँ त म समवेदनामा एक प्रकारकाे झुटाे प्रदर्शन देखिरहेकाे छु । जाेसँग कहिल्यै भेट भएकाे छैन , व्यावहारिक अादान-प्रदान भएकै छैन , उसकाे परिवारजनसँग कुनै गाेरु बेचेकाे साइनाे समेत छैन । यस्ताे स्थितिमा कुनै एक अाफन्तले राखेकाे फाेटाेलाई “कपी-पेस्ट “गरी
उही बासी कुरा राखिदिनाले मजस्ता धेरैलाई “बधाई”, शुभकामना, श्रद्धाञ्जली समवेदना, Rip. अादि लेखेकाेलेख्यै गर्नुपर्ने भयाे । नलेखाैँ यहाँ निष्ठुरीकाे अाराेप लाग्छ । त्यतिमात्रै हाेइन, लाइक-कमेन्टकाे पनि गणना हुन्छ र “फलानाेले मेराेमा प्रतिक्रिया जनाएन, म पनि यत्रै गर्दिनँ” काे इबी चल्न थाल्छ । बाहिर पाे हामी बडाे काेमल छाैँ, भावुक छाैँ । भित्र हाम्राे प्रतिशाेधकाे दावाग्नि कति जाज्वल्यमान छ, त्याे सबैलाई ज्ञात छ । अब कमेन्ट गर्न थालाैँ त्यसैमा समय बित्छ । कुनै परिस्थितिमा मित्रले टाँसेका तस्विर र अक्षरहरू पढ्नै नपाई गुमनाम भइदिन्छन् । उनीहरूलाई लाग्दाे हाे -“मेराेमा त बाल मतलब गरेन ।” अाखिर फेसबुकमा सार्वजनिक गर्नुकाे उद्देश्य त त्यही हाे कस‌ैले हेरिदिअाेस् , केही बाेलिदिअाेस् । ती सबै हेरेर जवाफ दिन पनि गाह्राे छ । अनलाइन मिडियाकाे त धर्म नै मुलुकमा घटेका घटनालाई सकेसम्म जनमनमा शीघ्र पुर्याउनु हाे । उनीहरूलाई मेराे कुनै गिला-सिकवा छैन । मेराे गुनासाे तिनलाई हाे जसकाे बारेमा माथि बताइसकेकाे छु । याे देशमा धेरै भी.अाई.पी छन् । हामीले उत्पादन गरेकै भीअाईपी हाे । तिनका जन्माेत्सव विवाहाेत्सव , उदघाटनाेत्सव र देहाेत्सर्ग भइरहन्छन् । अाफैले उत्पादन गरेका भीअाईपीकाे अाफै जयजयकार गर्नु र तिनलाई महिमामण्डित गर्नु मात्रै हाम्राे ध्येय हाेइन । भीअाईपीले भने हामीलाई नचिने पनि हुने ! उनीहरूले जति तिरस्कार गरे पनि हुने ! हाम्राे जीवनमरणमा उनीहरूले जति अालस्य देखाए पनि हुने ! हामी भने एकाेहाेराे उनीहरूकाे देवत्वकरणकाे सुसेधन्धामा लागिरहनु अल्लि बढ्ता पाे भयाे कि ? मेराे एउटै प्रश्न छ तपाईं -हामी साधारण जन दिनदिनै मरिरहेका छाैँ , काेही कर्णालीमा खान नपाएर, काेही तराईमा शीतलहर लागेर, काेही खाडीमा दुर्घटित भएर , काेही सुत्केरी हुन नसकेर, काेही सडक दुर्घटनामा परेर, कतै हिउँपहिराेमा परेर । खै, तिनीप्रति हाम्रा महाेदयकाे सहानुभूतिशीलता ? खै, शब्दकाेशका मार्मिक शब्द ? खै हाम्राे विपत्तिमा तिनकाे मुटु चिरिएकाे ? कुन खडेरीले सुकायाे तिनकाे अाँसु ? कहाँ गयाे हाम्राे संवेदना नामक तन्तु ? हामी भने सम्माेहित मुद्रामा अाफैलाई नचिन्नेकाे ढाेल पिटेर अारती गरिरहेका छाैँ । गजब लाग्छ !

कतै हामी बेहाेसीमा याे म्याराथुन दाैडिरहेका त छैनाै ? हामी झुटकाे नाटक मञ्चन गरिरहेका त छैनाैँ ? कि हामी अाफूलाई भीअाईपी नै साबित गर्ने दाउँमा छाैँ ? हाेइन भने उही कुराकाे अावृत्ति किन गर्छाै हामी ? दु:ख र सुखलाई अभिव्यक्त गर्ने हाम्रा अाफ्नै शैली छन् भने पाेखाैँ । सकिन्छ भने कारूणिक महाकाव्य नै लेखाैँ, उपन्यास बनाअाैँ, कथा रचाैँ तर उही एउटै मजबुनकाे कार्बनकपीलाई अाफ्नाे माैलिक सिर्जना बनाएर मृतककाे उपहास नगराैँ , जीवितलाई सर्म लाग्ने नगराअाैँ । यसले तपाईं -हामी सबैकाे समय चाेरिदिएकाे छ । भीअाईपीकाे पनि अाफ्नाे मस्तिष्क छ । उनीहरूले पनि हाम्राे याे अाडम्बरलाई विशेष रूपमा अर्थ्याउन सक्छन् । यदि उनलाई यस्तै प्रदर्शनका नाैटङ्कीले नै तुष्टि दिन्छन् भने तिनीहरू तपाईभन्दा पनि गएगुज्रेका हुन् ।त्यस्ताबाट राष्ट्रकल्याणकाे अाशा गर्नु मूर्खता हुनेछ । अात्मश्लाघामा रमाउने मनुवामा विवेक नामकाे बास्ना हुन्न । ती कागजी फूल हुन् । हाे , तिनी क्रुद्ध भए भने भस्मासुरकाे अातङ्क मच्चाउछन् । फेरि भन्छु – परिचित -अाफन्त र परिवारजनले त्यसाे गर्नुलाई म शिष्टता नै मान्दछु । किनकि सबैभन्दा ज्यादा दु:खी र सुखी हुने तिनै हुन् । तर कहिल्यै कतै नदेखिएकाे र उसका बारेमा केही जानकारी नभएकाे पात्रकाे सुयाेग र वियाेगमा अनुहारमा कुनै हर्ष र विषादकाे छाया नल्याएर भकाभक् शुभकामना र समवेदनाकाे किर्ते खेल खेल्नु ताेताराम बन्नु हाे जस्ताे लाग्छ, अाफ्नाे निजत्व भन्ने चिज नै छैन भन्ने प्रमाणित हुन्छ । कि यस्ताे स्वाङ पार्नुमा कुनै ठूलाे तिकडम छ ? मैले त जानिनँ है यस्ताे गर्न । माफ गर्नुहाेला – सुझाव मात्रै दिएकाे हुँ, । के काइते कुराे लेख्याे नभन्नुहाेला । तपाईंसितकाे मित्रतामा मेराे कुनै चिसाेपना अाउनदिने छैन । वाचा भाे !!

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस