२०७९ माघ १७, मंगलबार

सांसद वलीको सपना पूरा गर्ने जिम्मेवारी आयोः मुख्यमन्त्री पोख्रेल

फागुन २१, २०७५  | १५५३ पटक पढिएको

दिप्तीशिखा चौधरी, दंगिशरण,
मुख्य मन्त्री शंकर पोख्रेलले स्वर्गिय सांसद उत्तर कुमार वलीको सपना साकार पार्ने बताएका छन् ।

पश्चिम दाङबासीको मुख्य समस्या भनेको सडक र सिचाई रहेको भन्दै अवका दिनमा सांसद वलीले गर्न छुटाएका कामहरु प्रदेश सरकारले प्राथमिक्तामा राखेको उनले बताए । पश्चिमबासीहरु लोकमार्गका बासिन्दा हुने कुरामा गर्भ गर्ने समय आउने भन्दै पश्चिम क्षेत्रको सडक संजालका लागि प्रदेश सरकार बाट ५ करोड रुपैया बजेट विनीयोजन गरिएको बताए । यस्तै मन्त्री पोख्रेलले पश्चिम क्षेत्रमा लिफ्ट सिचाई हुनुपर्ने सांसद वलीको प्रदेश सरकारसंग माग रहेको भन्दै यो बर्ष २० करोड बजेट सिचाईका लागि छुट्याईएको बताए । 

स्वर्गिय सांसद उत्तर कुमार वलीको १३ औँ दिनको श्रद्धाञ्जली शोक सभामा स्वर्गिय सांसद वलीले गर्न नपाएका कामहरु पूरा नभएकोमा चिन्ता लिने ठाउँ नरहेको भन्दै काम अगाडि बढीरहेकोले परिणाम देखिदै जाने बिश्वास दिलाए । सांसद वलीकै पहलमा तुलसीपुर —सुर्खेत सडक खण्डले तिव्रता पाएको,पश्चिम दाङको सिचाईका लागि पटक—पटक संसदमा कुरा राख्ने,दंगीशरणमा थारु संग्राहलय निर्माण गर्ने बिषयमा चासो राख्ने,पुरन्धारा झरनालाई थप बिकाशमा चिन्ता राख्ने,तटबन्धका बिषयमा चासो राख्ने भन्दै वलीका यी सपनाहरुलाई पूरा गर्ने प्रदेश सभा तथा पार्टिमाथी जिम्मेवारी आएको बताए । उनले पश्चिम दाङको कम्यूनिष्ट कुनै समयमा निकै कमजोर रहेको भन्दै अहिले उत्तरकै कारण बलीयो बन्न पुगेको बताए । श्रद्धाञ्जली सभामा प्रदेश न. ५ का सभामुख पूर्ण बहादुर घर्ती, आन्तरीक मामिला तथा कानुन मन्त्री कुल प्रशाद के.सी, नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश न. ५ का सचिव जग प्रशाद शर्मा,प्रदेश मामीला तथा कानुन निर्माण समितीका सभापती दामा शर्मा लगाएतले श्रद्धाञ्जली मन्तब्य ब्यक्त गरेका थिए ।

शोक सभामा तुल्सीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे, दंगिशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी,बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले सांसद वलीको सम्झनामा स्मृती प्रतिष्ठान खोल्ने बताएका थिए । शोक सभामा सांसद वलीकी जिवनसंगीनी बिमला वलीले श्रीमान उत्तर कुमार वलीले चुनावका बेला जनता समक्ष गरेका बाचा पूरा गर्न राजनीतिमा आउने घोषणा गरिन । आफनो श्रीमानले परिवार भन्दा माया जनतालाई गर्ने गरेको बताउँदै राजनीतिमा आएर उहाँको रिक्तता हुन नदिने समेत बताईन् । नेपाल कम्युनिष्ट पार्टि नेकपा दाङको आयोजनामा सांसद उत्तर कुमार वलीकै पुख्यौँली घर दंगिशरण गाउँपालिका वडा न. ६ लेटारमा भएको १३ औँ दिनको श्रद्धाञ्जली सभामा हजारौँ जनमानसहरुको उपस्थिती रहेको थियो ।

जिल्ला कार्यदल सदस्य टिकाराम खड्काको अध्यक्षतामा भएको सभाको शहजीकरण नेकपाका जिल्ला सचिव सुबास पुनले गरेका थिए । सडक दुर्घटनामा परि घाईते भएका सांसद वलीको उपचारका क्रममा फागुन १० गते काड्मान्डौँ स्थित मेडिसीटी अस्पतालमा निधन भएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस