‘दाङ व बुह्रानम…’ भन्दै आए शालिकराम चौधरी

असार २६, २०७६  |  ४६३ पटक पढिएको  |   साक्षी खबर

उदिराम चौधरी
थारु संस्कार संस्कृतिलाई संरक्षण, जगेर्ना गर्न थारु गीत संगितमा २०५६ सालदेखि देखा परेका हुन शालिकराम चौधरी । चौधरी संगित क्षेत्रमा लागेसँगै थारु भाषाको साली हो बर्काे छायाले भन्ने बोलको गीतमा पहिलो पटक आवाज दिएका थिए । त्यो समयमा त्यस गितले धेरै चर्चा परिचर्चा कमाउन सफल भयो । चौधरीलाई गायन क्षेत्रमा थप हौसला र उत्साह बढ्यो र उक्त गितले थारु भाषाका गित संगितमा धेरै बदलाव ल्याएको थियो जसले गर्दा गित संगितमा चासो राख्ने युवा युवतीहरुलाई उत्साह र जोस प्रदान गरेको थियो । थारु समाजलाई संगितमय बनाउन संरक्षण, संवद्र्धन गर्न र संगितलाई अगाडी बढाउन चौधरीले धेरै योगदान पु¥याएका छन् । २०५६ सालदेखि निरन्तर रुपमा संगित क्षेत्रमा लागेका चौधरी हालसम्म डेढ दर्जनभन्दा बढी गीत निकालि सकेका छन् । गित संगितबाट थारु समुदायको रहन सहन, भेषभूषा, रिति रिवाज, धर्म, संस्कृतिलाई जिविन्त राख्न संगितको महत्वपूर्ण भूमिका रहेका चौधरीले बताए । धेरै पहिलेदेखि गायन क्षेत्रमा उत्रिएका चौधरी संगित क्षेत्रमा एक खम्बाका रुपमा देखिएका छन् ।
चौधरीले भर्खरै निकालेको गित ‘दाङ व बुह्रान’ बोलको गीतले अहिले बजारमा चर्चा पाएको छ । यस बोलको गीतले थारु भाषा मार्फत थारु समुदायको वस्ती रहेका जिल्लासम्म माया बढेको र माया पिरती बाट सुरु भएको सम्बन्ध विहेसम्म गएर टुंगिएको भाव दिएको छ ।
यस्तै यस्तै सन्देशहरु बोकेर गित निकाल्ने गायक हुन् शालिकराम चौधरी ।

भिडियो

प्रतिक्रिया दिनुहोस

नयाँ समाचार


लोकप्रिय समाचार