२०७९ माघ १३, शुक्रबार

अपराधी घटेसँगै नेदरल्याण्डमा जेल बन्द हुँदै, दुई हजार कर्मचारीको जागिर धरापमा

फागुन २०, २०७५  | १७४२ पटक पढिएको

नेदरल्याण्ड । संसारमा अपराध बढ्दैछ तर युरोपको एक देश नेदरल्याण्डमा अपराधको घटना दिन प्रतिदिन घट्दैछ । हाल नेदरल्याण्डमा एक करोड ७१ लाख मनिसहरु बसोबास गर्छन् ।टेलिग्राफकाे एक रिपोर्टले भनेको छ , सन २०१६ मा नेदरल्याण्डमा केबल १९ कैदी जेलमा थिए । सन २०१८ मा कुनै कैदी बन्दी छैनन् । जेल सुनसान रहेको छ ।  आउने पाँच वर्ष भित्रमा अपराधको संख्या ०.९ प्रतिशतले गिरावट आउने छ । तत्पश्चात जेलहरु बन्द गरिने छ ।

नेदरल्याण्ड सरकारले अपराधमा कमि ल्याउने असंख्य काम गरे पश्चात हालको अबस्था सिर्जना भएको हो । जेल बन्द भएसँगै दुई हजार कर्मचारीको जागीर धरापमा पर्नेछ । सात सय कर्मचारी अन्यन्त्र सारिनेछ भने, १३ सय कर्मचारीको निम्ती नयाँ स्थानको खोजी हुँदैछ । नेदरल्याण्डमा अपराधमा संग्लग्न बन्दीहरुलाई इलोक्ट्रोनिक चिप्स फिट गरिन्छ । उनीहरुलाई एरिया तोकेर प्रहरीले छोडिदिन्छ ।

निश्चित सिमाना भित्रमा रहने दोषीहरुलाई सिस्टमले मोनिटोरिङ गर्ने गर्दछ । तोकिएको सिमा बाहीर गएमा उनीहरु पक्राउ पर्ने छन् । इलोक्ट्रोनिक डिभाइस मार्फत रेडियो फ्रिक्वेन्सी सिंग्नल प्रहरीसँग जोडिने हुँदा अपराधीलाई जेलमा राखि राख्न जरुरी मानिदैन् । जसको कारण नेदरल्याण्डमा यस अघि थुप्रै जेलहरु बन्द भइसकेका छन् । सरकारको पछिल्लो निर्णय अनुसार, आगामी दिनमा बाँकी जेलहरु बन्द गरिने छन् ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस