२०७९ माघ १३, शुक्रबार

मेरि गोल्ड स्कुल २३ औं वर्षमा प्रवेश

फागुन १९, २०७५  | १४७२ पटक पढिएको
पूर्ण के.सी. फागुन १९, दाङ ।
तुलसीपुर ७ श्रीगैमा रहेको मेरिगोल्ड बोडिङ स्कुले आफ्नो २२ औं वार्सिक उत्सव आज एक विशेष कार्यक्रमगरि मनाएको छ ।
कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका शिक्षा समिति संयोजक देवराज बिश्वकर्माले स्वदेशमै बस्ने खालको व्यवहारीक शिक्षा दिनुपर्ने कुरामा जोड दिनुभएको छ । यस्तै बिधालयका प्राचार्य वासुदेव रिजालले स्कुलको प्रगति विवरण दिदै आगामी दिनमा मेरि गोल्ड बाटै उच्च शिक्षा दिने विषयमा छलफल भईरहेको बताउनुभएको छ । साथै उहाले स्कुलले प्राविधिक शिक्षालाई जोड दिदै आएको बताउनुभयो ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले तुलसीपुरलाई शैक्षिक हव बनाउने सवालमा लागीरहेको बताउनु भएको छ । पाण्डेले मेरि गोल्ड स्कुल नमुना स्कुल रहेको बताउनुभयो । बिधालय व्यवस्थापन समितीका अध्यक्ष हरि रिजालको अध्यक्षता , तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा तथा तुलसीपुर उपमहानगरपालिका शिक्षा समिति संयोजक देवराज बिश्वकर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा रिपोर्टस क्लब प्रदेश नम्बर ५ का अध्यक्ष शरद रेग्मी , तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य दिपक कुमाल , गोरखा ग्रुपका प्राचार्य बिजय जिएम, लगायतले बोल्नुभएको थियोे । शिक्षक सोमराज बस्नेतको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण विद्यालयकि शिक्षिका रन्जना लामिछाने र पत्रकार एवम् शिक्षक शरद शर्मा मजगैयाले गर्नुभएको थियो ।

साक्षी खबर अनलाइनमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।
यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस